एक दिनमा एक जनाले मोबाइल फोनबाट कति वटासम्म एसएमएस गर्लान् ? रेडियो कार्यक्रमहरूमा पुरस्कार जित्न केहीले सय पटकसम्म एसएमएस गर्लान्, तर विराटनगरका एक युवकले दैनिक सयदेखि ४ सय वटासम्म एसएमएस गर्दै आएका छन् । उनी हुन् पत्रकार महासंघ मोरङका कार्यालय सचिव दीपक फुयाँल । उनले पत्रकारहरूलाई कुनै पनि कार्यक्रमको निम्तो दिन यसरी एसएमएस गर्ने गरेका हुन् । विराटनगरमा हुने प्रायः सबैजसो कार्यक्रमका लागि पत्रकारलाई बोलाउनुपर्यो भने आयोजकले दीपकको सहयोग लिने गरेका छन् । २ सय रुपैयाँको रिचार्ज कार्ड दिएपछि दीपकले एउटा कार्यक्रमका लागि सय जना पत्रकारलाई एसएमएस गरिदिन्छन् ।
'एक दिनमा चारवटासम्म कार्यक्रम पर्छ, चारवटा कार्यक्रमको निम्तो दिन दिनमा चार सय पटकसम्म एसएमएस गर्नुपर्ने हुन्छ, ' दिपकले भने-'पहिलेको तुलनामा मोबाइल फोन आएपछि निम्तो पुर्याउन निकै सजिलो भएको छ ।' ३२ वषीर् य दीपकले एक वर्ष अघिबाट यसरी एसएमएसमार्फत निम्तो दिन थालेका हुन् । १ सय वटा एसएमएस पठाउन आधा घण्टा लाग्ने बताउने दिपकले कहिलेकाहीँ त दुई घण्टा एसएमएसमै खर्चनुपर्ने हुन्छ ।
No comments:
Post a Comment