This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Monday, December 27, 2010
ठूलो स्तन रहेन
शेला हर्से विश्वमै सर्वाधिक ठूलो स्तन भएकी महिला मानिन्थिन् । ब्राजिलियन मूलकी हर्सेले आफ्नो स्तनलाई विश्वकै सर्वाधिक ठूलो बनाउन ३० पटक प्लास्टिक सर्जरी गरेकी थिइन् । ठूलो स्तनको मोह राख्ने हर्सेले विभिन्न पटक आफ्नो स्तनमा सिलिकन प्रत्यारोपण गरेर आफूलाई विश्वकै सर्वाधिक ठूलो स्तन भएकी महिलाका रूपमा परिचित गराएकी थिइन् । पटक-पटक स्तन बढाउन गरिएको प्रत्यारोपणका कारण उनलाई स्तन पीडा हुन थालेको थियो । अमेरिकाको टेक्सासमा बस्दै आएकी हर्सेले अमेरिकाको मापदण्डअनुसार प्लास्टिक सर्जरी गरिसकेका कारण थप उपचार नहुने भएपछि उनी ब्राजिल नै फर्किएकी थिइन् । ब्राजिलका चर्चित प्लास्टिक सर्जनले उनको स्तन घटाउने उपचार गरेका थिए । पहिलो चरणको उपचारमा उनको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि चिकित्सकहरूले उनको थप उपचारलाई केही समय स्थगित गरेका छन् । उनको स्तन घटाउन चिकित्सकले न्यूनतम पनि चार पटक शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment