
अमेरिकाबाट नेपालमा विवाह गर्न आएकी कोर्टेनी मिचेल र सराह बेल्टनले दक्षिणकालीमा नेपाली परम्पराअनुसार विवाह सम्पन्न गरे। ढाकाको दौरा-सुरुवाल, टोपी र कम्मरमा पटुको बाँधेर दुलाहका रूपमा कोर्टेनी प्रस्तुत भएकी थिइन् भने सितारा जडित रातो साडीमा घुम्टो ओडेर सराह दुलही भएकी थिइन्। विदेशीले नेपाली शैली र संस्कारमा गरेको विवाहले निम्तालुहरूलाई मात्र नभएर दक्षिणकालीको दर्शन गर्न आएका श्रद्धालुहरूलाई समेत आकषिर्त गरेको थियो। झट्ट हेर्दा यो विवाह आफैंमा नौलो देखिए पनि कोर्टेनी र सराहले पहिलो पटक दक्षिणकाली हातामा समलिंगी विवाह गरेपछि यो विवाहप्रतिको कौतूहलता थप बढेको थियो।
पिस कोरको स्वयंसेवक भएर ६ वर्षअघि नेपाल आएकी कोर्टेनीलाई यहाँका मानिसको मिजासिलो बानीले गर्दा नै नेपालमा आएर विवाह गर्ने सोच पलाएको थियो। अमेरिकाबाटै १२ जना आफन्त लिएर आए पनि उनीहरूको विवाहमा सभासद् सुनिलबाबु पन्तले अभिभावकको भूमिका निभाएका थिए। कोर्टेनी र सराहको भेट ५ वर्षअघि एक पार्टीमा भएको थियो। कोर्टेनीले आफूभन्दा ७ वर्षले जेठी सराहसमक्ष प्रेम प्रस्ताव राखेपछि उनले त्यसलाई सहर्ष स्वीकार गरेकी थिइन्।
No comments:
Post a Comment