विभिन्न विषालु कीरामध्ये अरिंगाल एउटा विषालु कीरा हो, यो कीराका थुप्रै जाति-प्रजाति हुन्छन् । विश्वका विभिन्न भागमा यसको उपस्थिति पाइए पनि विभिन्न सवेर् क्षणअनुसार एसियामा यसका २० प्रजाति छन् ।
माहुरीले जस्तै अरिंगालले पनि आफ्नो चाका बनाएर सयौंको संख्यामा अन्डा लाभाहरू बनाएर आफ्नो संख्या विस्तार गर्छ । नेपालमा पनि यसका थुप्रै प्रजाति पाइन्छन् । गाउँघरमा तिनीहरूको गोला निकाली त्यस गोलाभित्र भएका लाभाहरू पकाएर वा भुटेर खाने प्रचलन पनि छ, यद्यपि यसको गोला झिक्न जाँदा वा यसलाई चलाउँदा यसले टोके कति घातक हुन सक्छ भन्ने कुराको चेतना सबैमा भएको पाइँदैन ।
जाति-प्रजातिअनुसार अरिंगालको टोकाइको विषादीमा फरक पर्ने भए पनि अहिलेसम्म पनि यसको विषादी कम गर्ने प्रतिविष बन्न नसकेकाले अरिंगालको टोकाइ खतरनाक मानिन्छ । अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार प्रतिवर्ष एक लाखमा शून्य दशमलव ०२ प्रतिशत मानिसको अरिङ्गालले टोकेको १ घण्टाभित्र मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै स्वीडेनको एउटा सर्वेक्षणअनुसार १० वर्षको अवधिमा कुल जनसंख्याको शून्य दशमलव ०२ प्रतिशत मृत्यु अरिंगालको टोकाइबाट भएको छ । यसको टोकाइ वयस्कहरूको तुलनामा बालक र वृद्धहरूमा अझ बढी खतरनाक हुन्छ । अरिंगालमा पाइने विषमा प्रशस्त मात्रामा एमाइनस, पेप्टाइड र अन्य खालका इन्जाइमहरू हुन्छन् जुन प्राणघातक असर गर्न जिम्मेवार हुन्छ । अरिंगालले टोकेका सबै व्यक्ति तुरुन्तै मर्छन् भन्ने होइन, यसको असर वा विषादीपन शरीरको विभिन्न अंगको टोकाइ, यसको संख्या-मात्रा, शारीरिक क्षमता, यसको प्रजाति, मानिसको उमेर आदिका साथसाथै कति छिटो त्यो व्यक्तिले औषधी-उपचार पायो भन्ने कुरामा भर पर्छ । धेरै अरिंगालले टोके विषादीपन बढी हुन्छ र ज्यान जाने खतरा पनि अझ बढ्छ ।
जब अरिंगालले कुनै व्यक्तिलाई टोक्छ तब विष शरीरभित्र प्रवेश गर्छ र तुरुन्तै विभिन्न एलर्जी उत्पन्न हुन्छ । सुरुमा छाला सुन्निने, चिलाउने, पोल्ने, दुख्ने हँुदै शरीरको विभिन्न मुख्य प्रणालीमा बिस्तारै असर गर्न थाल्छ, जस्तै— स्वास फेर्न गाह्रो हुने, बोल्न गाह्रो हुने, मानिसले सहनै नसक्ने गरी दुख्ने, मुटुको चाल बढ्दै जाने, अत्यधिक पसिना आउने, चिटचिटाहट बढ्ने, शरीर बेहोस हुने र बिस्तारै शरीरको मांसपेशी कडा हुने, रक्तकोषिकाहरू टुक्रा पर्ने हुन्छ । रक्तकोषिकाहरूमा विभिन्न परिर्वतन साथै रगत जम्ने तत्त्वहरूमा पनि खराबी आउन थाल्छ र महत्त्वपूर्ण अंगहरू ज्ास्तै कलेजो , फोक्सो, मृगौलाले काम गर्न छाड्छ र तुरुन्तै मानिसको मुत्यु पनि हुन सक्छ । मानवशरीरको कुन अंगमा कति अरिंगालले टोकेको हो सोअनुसार पनि विषादीपन र खतराको सम्भावना पनि फरक हुन्छ, जस्तै— यदि मानिसको घाँटीमा वा वरिपरि मात्र दुई-चार अरिंगालले टोके पनि टोकेको केही मिनटमै घाटीको श्वास-प्रश्वास नली सुन्निएर श्वास-प्रश्वास बन्द भै तुरुन्तै व्यक्तिको मृत्यु हुन सक्छ । यदि धेरै अरिंगालले टाउकोमा टोकेको छ भने त्यो व्यक्तिको टाउकाको विभिन्न भाग सुन्निएर तुरुन्तै बेहोस भै कोमामा जान सक्छ ।
नेपालमा बर्सेनि अरिंगालको टोकाइबाट मानिसहरूको मृत्यु भएको, कतिलाई अस्पताल लैजाँदा-लैजाँदै बाटैमा मरेका समाचार प्रशस्त मात्रामा सुन्न आए पनि त्यसको ठोस तथ्यांक कतै भेटिँदैन, तर विभिन्न अस्पतालमा ठूलो संख्यामा अरिंगालले टोकेका बिरामीहरू भर्ना भएको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी वार्डमा २०६५ सालको पहिलो छ महिनामा विभिन्न कारणले भर्ना भएका बिरामीहरूको तथ्यांक हेर्दा आठ जना बिरामी अरिंगालले टोकेर तत्काल मृगौला खराब भै भर्ना भएका र ती बिरामीहरू विभिन्न मेडिकल उपचार, साथसाथै विभिन्न चरणमा हेमोडायल्यासिस गरेपछि पूर्ण रू पमा ठीक भै घर फर्किएको पाइन्छ ।
तत्काल सम्पूर्ण सुविधायुक्त ठूला अस्पतालमा अरिंगालले टोकेका व्यक्तिहरूलाई पुर्याउन र सघन उपचार पुर्याउन नसकेको अवस्थामा व्यक्तिको बाँच्ने सम्भावना निकै कम हुन्छ । सयौं स्कुले बालबालिका स्कुल जाने-आउने वा खेल्ने क्रममा अरिंगालको गोलामा ढुङ्गाले हान्ने, तिनीहरूलाई जिस्क्याउने गर्दा अरिंगालले टोकी बाटैमा मृत्यु हुने गरेको समाचार पनि सुन्नमा नआएको होइन । त्यसैले यस्ता घटनाबाट आफू बच्न र बचाउन आपmनो गाउँघर, छरछिमेक स्कुल सबै जनचेतना जगाउनुबाहेक अरू विकल्प छैन ।
गर्नै नहुने वा सावधानी अपनाउनुपर्ने कुराः
अरिंगालको गोलालाई कुनै पनि हालतमा नचलाउने ।
अरिंगालको गोला घारी भएको ठाउँ वरिपरि नहिँड्ने ।
अरिंगालको गोलावरिपरि कुनै पनि अरिंगाललाई नजिस्क्याउने वा नमार्ने ।
अरिंगालको बाटो नछेक्ने ।
अरिंगालको गोलामा फुक्ने वा हावा फ्याँक्ने काम नगर्ने ।
अरिंगालले टोकेपछि सक्दो चाँडो नजिकको अस्पताल पुर्याउने वा पुग्ने ।

No comments:
Post a Comment