This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Wednesday, November 24, 2010
एक्लै विवाह
ताइवानको एक कार्यालयमा कार्यरत ३० वर्षीया चेन वि-वेले आफ्नो विवाहको घोषणा गर्दै साथीहरूलाई निम्तो दिइन् । ३० जना घनिष्ठ मित्रलाई भोजको निम्तो दिएर चेन एक्लै विवाहस्थलमा पुगिन् । उनी एक्लै आएको देखेर निम्तालुहरू छक्क परे । उनले निम्तालुहरूको कौतूहलता शान्त पार्दै आफूले आफैंसँग विवाह गर्न लागेको घोषणा गरिन् । उनको कुरा सुनेर निम्तालुहरू हाँसे पनि उनले आफ्नो समस्या भने तत्काल भनिनन् ।
एसियाली मुलुकमा अझै पनि विवाह गर्न विपरीतलिङ्गी नै चाहिने मान्यता छ । आफूसरहका सबै साथीले विवाह गरेपछि आफूलाई पनि विवाह गर्ने रहर लागेको तर पुरुष जीवनसाथी पाउन नसकेपछि आफैंले आफैंसँग विवाह गर्नुपरेको उनले बताइन् । चेनले भनिन्- 'मेरो पढाइ राम्रो छ, मसँग कामको अनुभव पनि छ । पुरुष जीवनसाथी नपाउनु अरू युवतीहरूमा पनि देखा पर्ने समस्या हो । त्यसैले पनि मैले आफैंले आफैंसँग विवाह गर्ने निर्णय गरें ।' उनले आफ्नो विवाहका तस्बिर फेसबुकमा अपलोड गरेपछि एसियाली महिलाहरूले सकारात्मक रूपमा प्रतिक्रिया दिएका छन् । एक सुभेच्छुकले लेखेकी छन्- 'हामीले पहिले आफैंलाई प्रेम गर्न सिक्नुपर्छ अनि मात्र हामी अरूलाई प्रेम गर्न सक्छौं ।' विवाहपछि चेनले आफ्नो एकल हनिमुन अस्ट्रेलियामा बिताउने बताएकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment