This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Monday, November 15, 2010
आपत्कालीन अवस्थाको ब्रा
सन् २००९ मा इग नोबेल पब्लिक हेल्थ पुरस्कार पाउन सफल डा. एलिना ब्रोडनरले तयार पारेको ब्राले लोकप्रियता पाइरहेको छ । ब्रोडनरले तयार पारेको ब्रा महिलालाई आकर्षक देखाउन मात्र सफल छैन, यो आपत्कालीन अवस्थामा मास्कका रूपमा समेत प्रयोग गर्न सकिने किसिमको छ । सन् १९८६ मा भएको चेर्नोविल ग्यास दुर्घटना तथा सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट पाठ सिकेर ब्रोडनरले दोहोरो प्रयोग गर्न सकिने किसिमको ब्रा निर्माण गरेकी हुन् । उनले निर्माण गरेको ब्रा सामान्य अवस्थामा महिलाले लगाउन मिल्छ भने आपत्कालीन अवस्थामा मास्कका रूपमा प्रयोग गर्न सकिन्छ । यो ब्राले धूवाँ, धूलो र केही हानिकारक ग्यासहरूलाई समेत फिल्टर गर्न सक्छ । यो ब्राको मूल्य अन्तर्राष्ट्रिय बजारमा २ हजार २ सय रुपैयाँ पर्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment