वाष्प शक्तिले चल्ने पहिलो सवारी साधनलाई प|mान्सका निकोल जोसेफले सन् १७६९ मा द बि्रटिस रोयल अटोमोबाइल क्लबद्वारा चिनारी दिएका थिए तर सवारी साधनको इतिहासमा सबैले सन् १८८५/८६ का गोट्लिड ड्यामलर तथा कार्ल बेन्चको नाम मात्र किन लिन्छन् ? भन्ने प्रश्नसँगै उत्तर पनि छ-किनभने ड्यामलर र बेन्च कार विश्वभर सर्वाधिक बिक्री भएका प्रख्यात ब्रान्ड हुन्। तिनीहरू पेट्रोल, डिजेल, ग्यास तथा मटीतेलद्वारा चल्ने हालका सवारी साधनजस्तै थिए। त्यसको ४ वर्षपछि सन् १८८९ मा ड्यामलर तथा बेन्चले संसारकै पहिलो ४ पाङ्ग्रे सवारी साधन निर्माण गरे।
त्यसो त कारको डिजाइन सन् १६८० मा डेनमार्कका फिजिस्ट क्रिस्टियन ह्युगेन्सले गरिसकेको इतिहास छ। उनले डिजाइन गरे पनि कहिल्यै कार बनाएनन् तसर्थ उनको नाम सवारी साधनको इतिहासमा छायाँमा परेको छ। युरोप, अमेरिकालगायत अपि|mकी मुलुक हुँदै एसियामा छिरेको सवारी साधनको बजार अहिले आकासिएको छ। एसियामा सवारी साधनको उपलब्धता नहुँदा जंगबहादुर राणा महिनौं लगाएर बेलायत पुगेको इतिहास छ।
हिजोआज मानिससँग समय ज्यादै कम छ, सबै कुरा छिटो हुने साधन चाहिएको छ मानिसलाई। अत्यधिक व्यस्तताको आजको युगमा सबै मानिस प्रविधिमा निर्भर छन्। सबै कुरा मेसिनले गरिदिए हुन्थ्यो भन्ने चाहना हुन्छ। त्यसका अतिरिक्त मानिसहरू उत्तिकै शौखिन पनि भैसकेका छन्। आम्दानी ठीकै भए पनि संसारका हरेक सुविधा उपभोग गर्न चाहने आजको पुस्ताको रोजाइमा कार नपर्ने त कुरै भएन। इन्डियन आइडलको टप फाइभमा पुगेका शिवम्ले समेत आफ्ना ३ वटा महत्वपूर्ण डि्रममध्ये एक राम्रो गाडी चढ्नु रहेको बताएका थिए। निणर्ायकको कुर्सीमा अतिथिका रूपमा उपस्थित इन्डियन स्टार मिथुन चक्रवर्तीले उनको उक्त सपना पूरा गराउने बाचा गर्दै हलबाट बाहिर लिएर गएपछि सबैले अचम्म मानेका थिए। मिथुनले आफ्नो महँगो कारमा कुनै गल्लीको सयर गराएर शिवम्लाई पुनः कार्यक्रमस्थलमा फिर्ता लिएर आए। जसले शिवम्को मनभित्र कार किन्ने उत्साह अझ बढायो।
आजका युवाहरू आफ्नो कमाइको केही प्रतिशत सवारी साधनमा खर्च गर्ने बताउँछन्। कुपण्डोलका प्रशन भन्छन्-'देख्दा आकर्षक सवारी साधनले सबैको ध्यान खिच्ने मात्र होइन स्ट्याटस पनि माथि उठाउँछ। राम्रो गाडी लिएर हिँडेका व्यक्ति र थोत्रो बाइकमा सवार व्यक्तिप्रति गर्ने व्यवहारमा फरक पाइन्छ भने यसले हाम्रो स्ट्याटस मेन्टेन र विश्वासको मामिलामा पनि ठूलो भूमिका खेलेको हुन्छ।' प्रशनका अनुसार कार किन्नुअघि र किनिसकेपछि उनको जीवनस्तरमा आकाश-पातालको परिवर्तन आएको महसुस भएको छ। कार किनेपछि विभिन्न कामका कन्सल्टेन्सी संस्थाहरूले पनि उनलाई पत्याउन थालेका छन्। अहिले युवा वर्गमा स्पोटी कारको माग बढेकाले नेपालमा पनि बाहिर विभिन्न आर्टद्वारा डेकोरेसन गरिएका स्पोटी कार भारी मात्रामा भित्रिएको सिप्रदी टे्रडिङका डेपुटी म्यानेजर बताउँछन्। यसका अतिरिक्त डेकोरेसन गर्न डेढदेखि २ लाख रुपैंयाँ अतिरिक्त खर्च लाग्छ र पनि युवाहरू त्यस्तै डेकोरेसन चाहन्छन्। सिप्रदीको टाटा भिस्टा यस्तै डेकोरेसनमा आउन थालेको छ।
आगामी मिस नेपाललाई उपहारस्वरूप कार दिने घोषणा गरेर चर्चामा आएको बामा मोटर्स प्रालि का चेरी ब्रान्डका कार पनि फुल अप्सन्स, सुविधा सम्पन्न मोडलमा नेपाल भित्रिएका छन्। बामा मोटर्सका म्यानेजर सुरज भट्टराईका अनुसार चेरीका गाडीहरू सुलभ मूल्यका तर धेरै सुविधायुक्त छन्।
बामा मोटर्स प्रालि थापाथलीत्यसो त कारको डिजाइन सन् १६८० मा डेनमार्कका फिजिस्ट क्रिस्टियन ह्युगेन्सले गरिसकेको इतिहास छ। उनले डिजाइन गरे पनि कहिल्यै कार बनाएनन् तसर्थ उनको नाम सवारी साधनको इतिहासमा छायाँमा परेको छ। युरोप, अमेरिकालगायत अपि|mकी मुलुक हुँदै एसियामा छिरेको सवारी साधनको बजार अहिले आकासिएको छ। एसियामा सवारी साधनको उपलब्धता नहुँदा जंगबहादुर राणा महिनौं लगाएर बेलायत पुगेको इतिहास छ।
हिजोआज मानिससँग समय ज्यादै कम छ, सबै कुरा छिटो हुने साधन चाहिएको छ मानिसलाई। अत्यधिक व्यस्तताको आजको युगमा सबै मानिस प्रविधिमा निर्भर छन्। सबै कुरा मेसिनले गरिदिए हुन्थ्यो भन्ने चाहना हुन्छ। त्यसका अतिरिक्त मानिसहरू उत्तिकै शौखिन पनि भैसकेका छन्। आम्दानी ठीकै भए पनि संसारका हरेक सुविधा उपभोग गर्न चाहने आजको पुस्ताको रोजाइमा कार नपर्ने त कुरै भएन। इन्डियन आइडलको टप फाइभमा पुगेका शिवम्ले समेत आफ्ना ३ वटा महत्वपूर्ण डि्रममध्ये एक राम्रो गाडी चढ्नु रहेको बताएका थिए। निणर्ायकको कुर्सीमा अतिथिका रूपमा उपस्थित इन्डियन स्टार मिथुन चक्रवर्तीले उनको उक्त सपना पूरा गराउने बाचा गर्दै हलबाट बाहिर लिएर गएपछि सबैले अचम्म मानेका थिए। मिथुनले आफ्नो महँगो कारमा कुनै गल्लीको सयर गराएर शिवम्लाई पुनः कार्यक्रमस्थलमा फिर्ता लिएर आए। जसले शिवम्को मनभित्र कार किन्ने उत्साह अझ बढायो।
आजका युवाहरू आफ्नो कमाइको केही प्रतिशत सवारी साधनमा खर्च गर्ने बताउँछन्। कुपण्डोलका प्रशन भन्छन्-'देख्दा आकर्षक सवारी साधनले सबैको ध्यान खिच्ने मात्र होइन स्ट्याटस पनि माथि उठाउँछ। राम्रो गाडी लिएर हिँडेका व्यक्ति र थोत्रो बाइकमा सवार व्यक्तिप्रति गर्ने व्यवहारमा फरक पाइन्छ भने यसले हाम्रो स्ट्याटस मेन्टेन र विश्वासको मामिलामा पनि ठूलो भूमिका खेलेको हुन्छ।' प्रशनका अनुसार कार किन्नुअघि र किनिसकेपछि उनको जीवनस्तरमा आकाश-पातालको परिवर्तन आएको महसुस भएको छ। कार किनेपछि विभिन्न कामका कन्सल्टेन्सी संस्थाहरूले पनि उनलाई पत्याउन थालेका छन्। अहिले युवा वर्गमा स्पोटी कारको माग बढेकाले नेपालमा पनि बाहिर विभिन्न आर्टद्वारा डेकोरेसन गरिएका स्पोटी कार भारी मात्रामा भित्रिएको सिप्रदी टे्रडिङका डेपुटी म्यानेजर बताउँछन्। यसका अतिरिक्त डेकोरेसन गर्न डेढदेखि २ लाख रुपैंयाँ अतिरिक्त खर्च लाग्छ र पनि युवाहरू त्यस्तै डेकोरेसन चाहन्छन्। सिप्रदीको टाटा भिस्टा यस्तै डेकोरेसनमा आउन थालेको छ।
आगामी मिस नेपाललाई उपहारस्वरूप कार दिने घोषणा गरेर चर्चामा आएको बामा मोटर्स प्रालि का चेरी ब्रान्डका कार पनि फुल अप्सन्स, सुविधा सम्पन्न मोडलमा नेपाल भित्रिएका छन्। बामा मोटर्सका म्यानेजर सुरज भट्टराईका अनुसार चेरीका गाडीहरू सुलभ मूल्यका तर धेरै सुविधायुक्त छन्।

गुणस्तरीय चाइनिज ब्रान्ड चेरीको नेपालस्थित सोल डिस्टि्रब्युटर्स बामा मोटर्स प्रालिले उक्त ब्रान्डका टिगो एसयुभी, ए-१ र क्युक्यु ३ गरी ३ किसिमका गाडीको बिक्री गरिरहेको छ। फुल अप्सन्सयुक्त यी गाडीहरू सम्पूर्ण सुविधा सम्पन्न छन्। मिस नेपाललाई प्रदान गर्न लागिएको क्युक्यु थ्री कारमा इलेक्ट्रोनिक विन्डो लकिङ सिस्टम, आरामदायी, ६ वटा विविध कलर तथा महिलामुखी अन्य थुप्रै सुविधा छन्। चाइनाको सरकारी कम्पनी चेरीका हरेक उत्पादन गुणस्तरीय भएको प्रालि का डेपुटी जेनेरल म्यानेजर सुरज भट्टराई बताउँछन्। चौबीसै घन्टा सर्भिस भ्यानको सुविधा दिएको बामाले गाडी खरिद गर्ने ग्राहकलाई ३ वर्ष वा ५० हजार किलोमिटरसम्म वारेन्टी सुविधा उपलब्ध गराएको छ। बालाजुमा वर्कसप/सर्भिस सेन्टर रहेको बामाका गाडी खरिदमा बजार प्रचलित ब्याजदरमा फाइनान्सको समेत सुविधा छ। विश्वका ८५ मुलुकमा चेरीका गाडीको बिक्री-बितरण भैरहेको बताउँदै भट्टराई भन्छन्-तसर्थ चेरी विश्वप्रसिद्ध ब्रान्ड हो भन्न करै लाग्छ। हामी ग्राहकलाई दिने सुविधा र गाडीको गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं। सुलभ मूल्यमा अतिरिक्त सुविधा हाम्रो गाडीका विशेषता हुन्। जुन पैसा तिरेर त्यतिका सुविधा अन्य गाडीमा कमै पाइएला।'
भट्टराईका अनुसार आधुनिक जीवनशैली अपनाउँदै जाँदा सवारी साधन पनि आवश्यकता भैदियो। कतिपयको गाडी चढ्ने ठूलो सपना हुन्छ भने कतिपयको देखासिकी कारण हुन्छ। सहरी क्षेत्रमा रोजगारका अवसर बढ्दै जानु र बैंक तथा बित्तीय संस्थाको लगानी फैलँदै जानुले गाडीको बिक्री चुलिँदै गएको हो। चाडपर्वमा कुनै न कुनै विशेष स्किम ल्याइरहने बामाले यो वर्ष पनि एउटा नौलो स्किम लञ्च गर्दैछ। मासिक १५ वटा गाडी बिक्री गरिरहेको बामाले चाडपर्वका बेला त्यो भन्दा बढी गाडीे बिक्री गर्ने भट्टराईले
बताए।
सिप्रदी टे्रडिङ प्रालि टेकु

१९९८ देखि नेपालमा टाटाका प्यासेन्जर कारको बिक्री सुरु गरेको सिप्रदी टे्रडिङ नेपालस्थित भारतीय कम्पनी टाटाको सोल डिस्टि्रब्युटर्स हो। टाटाका ८ प्रकारका गाडी हाल नेपाली बजारमा उपलब्ध छन्। सर्वाधिक बिक्री भैरहेको टाटा भिस्टा -डिजेल-पेट्रोल दुवैबाट चल्ने) यो वर्ष टाटाको कार अफ दि इयर भएको सिप्रदीका डेपुटी म्यानेजरको भनाइ छ। किनभने यसमा अन्य गाडीमा नभएका सीटलाई अग्लो, होचो, दायाँ-बायाँ गर्न मिल्ने, स्पोटी लुक्स, लन्डनको फकिए कम्पनीको इन्जिन, हाइवेमा २२ किलो मिटर माइलेज, सुलभ स्पेयर पार्टस्जस्ता अतिरिक्त सुविधा छन्। बेस मोडल, सेमी अप्सन तथा फुल अप्सन्सका गाडीहरू बिक्री गरिरहेकी सिप्रदीमा १२ देखि १५ कलरका गाडी उपलब्ध छन्। नेपालमै सर्वाधिक फराकिलो शोरुम भएको सिप्रदीका अधिराज्यभर ९ वटा शोरुम, २४ घन्टे मोबाइल हेल्पलाइन, ७५ किलोमिटर वा १८ महिनादेखि २ वर्षे वारेन्टी, १ वर्षे इन्स्योरेन्स, १ वर्षे रोड ट्याक्स, प्रचलित व्याजदरमा फाइनान्सको सुविधा, पि|m एसेसरिज, चाडपर्वलाई लक्षित गरेर विशेष स्किम आदि सुबिधा छन्। टाटा इन्डिगो-सिएस, सफारी, टाटा भिस्टा, इन्डिका भी २ लगायतका गाडीहरू सामान्यतया मासिक २ सय ५० तथा चाडपर्वको पिक सिजनमा ४ सय ५० वटा बिक्री गरिरहेको सिप्रदीले अहिले स्पोर्टी लुक्सको टाटा भिस्टा १९ लाखमा बिक्री गरिरहेको छ। यसपटकको कार एक्सचेन्ज अफरमा नेपालभरका टाटाका ९ वटा शोरुममार्फत १ सय १५ वटा गाडी एक्सचेन्ज गरिएको कम्पनीले जनाएको छ। संसार आर्थिक मन्दीले आक्रान्त परेका बेला भारतीय कम्पनी टाटाले ल्यान्डरोभर कम्पनी किनेको उदाहरण दिँदै त्यसैबाट आफ्नो गुणस्तर र सफलता आँकलन गर्न सकिने कम्पनीका निर्देशकले बताए। नेपालभर जहाँसुकै पनि टाटाका स्पेयर पार्टस सहज रूपमा उपलब्ध हुने र हरेक समय रिपेयर सर्भिस भ्यान उपलब्ध भएकाले यसका ग्राहकले अनावश्यक झन्झटबाट सहजै मुक्ति पाउने कम्पनीको दाबी छ। जुलाई ७ तारिख ट्राफिक दिवसका दिन स्कुल बस कसरी चढ्ने, सडकमा गाडी चलाउँदा दुर्घटनाबाट कसरी बच्न सकिन्छ, टर्नमा कसरी मोड्ने भन्ने जस्ता ज्ञानका लागि व्यापक क्याम्पियन गरेको सिप्रदीले नेपालको सामाजिक सेवामा समेत हात बढाएको छ।
२ वर्षे अवधिमा १ लाख टाटा भिस्टा बिक्री भैसकेको नेपालमा स्पोर्टी कारको माग कति छ भन्ने कुरा यसले प्रमाणित गरेको छ। १६ लाखदेखि ४२ लाखसम्मका गाडी राखिएको सिप्रदीका डेपुटी म्यानेजर भन्छन्-'काठमाडौंको आवश्यकता, रुचि, स्ट्याटस मेन्टेन, बैंकिङ तथा कर्पोरेटहरूका कारण नेपालमा कारको माग बढ्दो छ।'
वैद्य अर्गनाइजेसन, तीनकुने (टोयोटा):
अन्तर्राष्ट्रिय रूपमै लोकपि्रय तथा गुणस्तरीय जापानी ब्रान्ड टोयोटा ४० वर्षअघि नेपाल भित्रिएको हो। जापनिज टोयोटा ब्रान्डका १५ देखि १८ मोडलका गाडी नेपाली बजारमा उपलब्छ छन्। वाषिर्क १ हजारदेखि १५ सय गाडी नेपाल भित्र्याउन सफल बैद्य अर्गनाइजेसनले ग्राहकको मागअनुरूपका गाडीहरू झिकाउने व्यवस्था मिलाएको छ। नेपालका सडकमा सर्वाधिक चल्ने हायसदेखि कोरोला, यारिस सेडान, ल्यान्ड क्रुजर स्टेशन वागन, ल्यान्ड क्रुजर प्राडो, एभेन्जा, हाइलक्स, कोस्टर आदि टोयटाका गाडीहरू नेपाली बजारमा देख्न पाइन्छ।
महिलाका लागि उपयुक्त मानिने यारिस, कोरोला तथा राभ-४ मा अन्य कारमा भन्दा अतिरिक्त सुविधा रहेको बताउँदै वैद्य अर्गनाइजेसनकी एक्ज्युकेटिभ डिभिजनल म्यानेजर सहारा केसी बस्न्यात भन्छिन्-यी कारहरूमा फुल अप्सन, महिलाका लागि आरामदायी सिट तथा स्टेयरिङका साथै उच्च गुणस्तरीय पाटपुर्जा प्रयोग गरिएको छ। त्यसैले नेपाली बजारमा यसको माग उच्च छ। टोयोटाका गाडीहरू केही महँगा भए पनि उच्च गुणस्तरीय, टिकाउ, हत्तपत्त नबिग्रने खालका भएको उनको दाबी छ। वाषिर्क रूपमा ९ देखि १२ सय गाडी बेच्न सफल वैद्य अर्गनाइजेसनका काठमाडौं, पोखरा र नेपालगञ्जमा ४ वटा डिलर छन् भने यसको मुख्यालय तथा सबैभन्दा ठूलो शोरुम काठमाडौंको तीनकुनेमा छ। शोरुम तथा डिलर भएका प्रत्येक स्थानमा सर्भिस सेन्टर रहेको टोयटा गाडीका पाटपुर्जा तीनकुनेमै स्टोर गरिएको छ। चाडपर्वलाई लक्षित गरी विशेष अफर तथा स्किम निकाल्ने यो अर्गनाइजेसनले व्यापारलाई मात्र बढावा नदिई महिला दिवसका दिन वुमन्स र्याली, खेलाडीलाई गाडी उपहार, विभिन्न कार्यक्रममा सहयोगजस्ता सामाजिक कार्यमा समेत हात बढाएको छ। गुणस्तरीय साधन, कस्टरमर प्रायोरिटी, पि्रभिलेज कार्ड -गोल्डेन टच मेम्बरसीप कार्ड, जुन विभिन्न सुपरमार्केटमा समेत डिस्काउन्डका लागि काम लाग्छ), कारको मोडल हेरी १ वर्षे पि|m सर्भिस, फाइनान्सको सुविधा टोयोटाले उपलब्ध गराउने थप सुविधा हुन्। गोल्डेन मेम्बरसीप कार्ड लिनेहरूका लागि गाडी मर्मत-सम्भार एवं केही निश्चित पार्टस्मा निश्चित छुटको सुविधाका साथै काठमाडौंका केही सुपर मार्केटमा सामान खरिद गर्दा समेत छुटको व्यवस्था छ।
कार/गाडीको दुनियाँमा नेपालमा सबैभन्दा पहिले भित्रिएको अन्तर्राष्ट्रिय ब्रान्ड टोयटाले गुणस्तरमा आफ्नो ध्यान केन्दि्रत गरेको छ। सहाराका अनुसार गाँस, बास र कपासपछिको पहिलो आवश्यकता बनिसकेको गाडीको माग पछिल्लो समयमा ह्वात्तै बढ्नुमा मानिसहरू सुखपूर्वक आरामदायी जीवन जिउन चाहनु, स्तर मेन्टेन गर्ने टे्रन्डका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहयोग मुख्य हो।
No comments:
Post a Comment