सन् १९८७ मा बुगातीको रोयल केल्नर कार ८७ लाख डलरमा बिक्री हुँदा अन्य कार उत्पादकले आश्चर्य मानेका थिए। त्यो समयमा यत्रो मूल्यमा कार बिक्री हुनु एउटा आश्चर्य नै मानिन्थ्यो। हुन त अहिलेसम्म पनि सम्भवतः यति उच्च मूल्यमा कमै कार बिक्री भएका छन्। कारको संसारमा धेरै थोरै कारले नसोचेको मूल्य पाएका छन्। यस्ता कार सडकमा कमै गुड्छन् तर जति गुड्छन् ती कारले पारखीहरूको ध्यान आकृष्ट भने गरेकै हुन्छन्। यस्तै यो वर्ष अत्यधिक मूल्य तिरेर सडकमा गुड्न सफल कारहरूः
बुगाती भेरोन ः प|mान्समा निर्माण हुने इटोरी बुगाती कम्पनीले निर्माण गर्ने कार विश्वकै महँगो कारको श्रेणीमा पर्छ । यो कम्पनीले अन्य कार उत्पादकले जस्तो संख्यात्मक बिक्रीमा जोड नदिइ गुणस्तर कायम गरेर थोरै कार मात्र बिक्री गर्छ । बुगातीको भेरोन मोडलको कारको अहिले अन्तर्राष्ट्रिय बजार मूल्य १७ लाख डलर -११ करोड ९० लाख रुपैयाँ) छ । यो कारलाई अहिले सर्वाधिक तीव्र गतिमा गुड्ने कार पनि मानिन्छ । यसले २ दशमलव ६ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ । यसको गति २ सय ५३ किलोमिटर प्रतिघन्टा छ ।
लाम्बोर्गिनी रेभेन्टोन ः इटालीको कार निर्माता कम्पनी लाम्बोर्गिनीले सन् २००८ मा उत्पादन गरेको लाम्बोर्गिनी रेभेन्टोन स्पोर्ट्स कार अहिले विश्वको दोस्रो महँगो कार मानिन्छ । यो कार लाम्बोर्गिनीले उत्पादन गरेका कारहरूमध्ये दोस्रो महँगो कार हो । यो कारले ३ दशमलव ३ सकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने २ सय ११ किलोमिटर प्रतिघन्टाको गतिमा गुड्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख डलर -११ करोड २० लाख रुपैयाँ) छ ।
फरारी इन्जो ः इटालीको कार निर्माता कम्पनी फरारीले उत्पादन गरेको इन्जो कार विश्वको चौथो सर्वाधिक महँगो कार मानिन्छ । २ सय १७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कार ४ सयवटा मात्र उत्पादन भयो । उत्पादन भएर बजारमा आउँदा ६ लाख ७० हजार डलर -४ करोड ६९ लाख रुपैयाँ) मा बिक्री भएको यो कारको मूल्य बढेर अहिले १० लाख डलर -७ करोड रुपैयाँ) छ ।
म्याकलरेन एफ-१ ः बेलायतको रेसिङ कार निर्माता म्याक लरेनले सन् १९९४ मा सर्वाधिक तीव्र गतिमा कुद्ने कार निर्माण गरेर आफूलाई सर्वाधिक महँगो कार निर्माताका रूपमा प्रस्तुत गरेको थियो । यो वर्ष भने यो कार निर्माता तेस्रो स्थानमा छ । म्याकलरेनले पछिल्लो समयमा निर्माण गरेको एफ १ कार ३ दशमलव २ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यो कार २ सय ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्छ । एफ-१ को अन्तर्राष्ट्रिय बजार मूल्य ९ लाख ७० हजार डलर -६ करोड ७९ लाख रुपैयाँ) छ ।
सलिन एस-७ ट्वीन टुर्बो ः अमेरिकीहरूको चाहनाअनुसार कार निर्माण गर्ने सलिन कम्पनीले निर्माण गरेको ट्वीन टुर्बो विश्वकै तेस्रो तीव्र गतिमा कुद्ने कार मानिन्छ । यो कार चलाउँदा अमेरिकी नागरिक हुनुको गर्व महसुस हुने चर्चा चलेपछि यसले अझ लोकपि्रयता पायो । २ सय ४८ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय मूल्य ३ करोड ८८ लाख रुपैयाँ छ ।
एसएससी अल्टिमेट एरो ः अमेरिकी कार निर्माता एसएससीले निर्माण गरेको अल्टिमेट एरोको उत्पादन पनि निकै कम संख्यामा गरियो । बुगातीको जस्तै २ दशमलव ७ सेकेन्डमै ६० किलोमिटर प्रतिघन्टाको स्पिड लिने यो कार २ सय ५७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ५८ लाख रुपैयाँ छ ।
पागानी जोन्डा सी-१२ एफ ः इटालीका कार निर्माताहरूमध्ये त्यति ठूलो नमानिने कम्पनी पागानीले निर्माण गरेको सी-१२ एफ पाँचौं तीव्र गतिको कार हो । २ सय १५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ६७ लाख रुपैयाँ छ ।
कोइनिगसेग सिसिएक्स ः स्वीडेनको कार निर्माता कम्पनी कोइनिगसेसले उत्पादन गरेको सिसिएक्स मोडलको कार अहिले विश्वको चौथो तीव्र गतिमा कुद्ने कार मानिन्छ । २ सय ४५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड ८२ लाख रुपैयाँ छ ।
मर्सिडिज बेन्ज म्याकलरेन रोडस्टेर ः जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले उत्पादन गरेको रोडस्टेरलाई तीव्र गतिको अटोमेटिक कार मानिन्छ । २ सय ६ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड ४६ लाख रुपैयाँ छ ।
पोर्चे कारेरा जिटी ः जर्मनीको कार निर्माता कम्पनी पोर्चेले उत्पादन गरेको करेरा जिटी विश्वको १० औं महँगो कार मानिन्छ । रेसिङ कारको स्टाइलमा निर्माण गरिएको यो कार २ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । यो कारको अन्तर्राष्ट्रय बजार मूल्य ३ करोड ८ लाख रुपैयाँ छ ।
No comments:
Post a Comment