Pages

Sunday, November 28, 2010

चोर पत्ता लगाउने यन्त्र !



घरमा चोर पस्ने चिन्तामा तपाइर् हुनुहुन्छ ? हुनुहुन्छ भने अब निश्चिन्त हुनुहोस्। दाङका बालवैज्ञानिकले घरमा चोर पसे आफैँ बज्ने यन्त्रको आविष्कार गरेका छन्।

कक्षा ६ मा अध्ययनरत घोराहीका शंकर सुनार, दामोदर पौडेल र गोपाल रोकाले घरमा चोर पस्नेबित्तिकै जानकारी दिने यन्त्र बनाएर सबैलाई चकित पारििदएका छन्। तीन महिनाको प्रयासपछि उनीहरू आपmनो प्रयासमा सफल भएका हुन्। दाङका बजारहरूमा चोरी डकैतीका घटनाहरू बढ्न थालेपछि उनीहरूले यस्तो यन्त्र बनाउने योजना बनाएका थिए।

"अन्य सबैखाले यन्त्र बनिराखेका छन् तर चोर पत्ता लगाउने यन्त्र किन बन्दैन भन्ने कुराले मलाई सधँै खुल्दुली हुन्थ्यो," सुनार भन्छन्, "त्यसपछि मैले चोरले ढोका चलाउनेबित्तिकै घरमालिकलाई जानकारी दिनसक्ने यन्त्र बनाउने सोचँे।"







घरको ढोकामा जडान गरनिे यस्तो यन्त्रले चोर आएमा साइरन बजाएर सचेत बनाउने गर्छ। १२ भोल्टको एउटा ब्याट्री, बल्ब, अलार्म र तामाको तारबाट यन्त्र तयार हुन्छ। एउटा फ्ल्याकमा दुईवटा काँटी ठोकेर मसिनो तार जोडिन्छ। यस तारले करेन्ट प्रवाह गररिहेको हुन्छ। यसको सम्बन्ध विद्युतीय चुम्बकसँग हुन्छ। तार हल्लिनेबित्तिकै साइरन बज्छ। साइरनका साथ एउटा पहेँलो र एउटा रातो बल्ब जोडिन्छ। पहेलो बल्ब यन्त्रले काम गररिहेको जानकारी दिन निरन्तर बलिरहन्छ। रातो बल्ब साइरनका साथमा मात्रै बल्छ।

"साइरन र बल्ब आफू सुत्ने कोठामा राख्नुपर्छ। ढोकामा दुईवटा काँटी र तार मात्रै राखिन्छ," यन्त्र निर्माणकर्ता दामोदर पौडेल भन्छन्, "तार ढोकामा क्रस गरेर या ठाउँठाउँमा राख्न सकिन्छ। जसले गर्दा चोरले ढोका खोल्दा वा तारसँग कुनै किसिमले सम्पर्कमा आए साइरन बज्छ।" चार सय रुपियाँको लगानीमा यन्त्र तयार हुने अर्का निर्माणकर्ता गोपाल रोका बताउँछन्।

अरिंगालको टोकाइले ज्यान जान सक्छ

विभिन्न विषालु कीरामध्ये अरिंगाल एउटा विषालु कीरा हो, यो कीराका थुप्रै जाति-प्रजाति हुन्छन् । विश्वका विभिन्न भागमा यसको उपस्थिति पाइए पनि विभिन्न सवेर् क्षणअनुसार एसियामा यसका २० प्रजाति छन् ।

माहुरीले जस्तै अरिंगालले पनि आफ्नो चाका बनाएर सयौंको संख्यामा अन्डा लाभाहरू बनाएर आफ्नो संख्या विस्तार गर्छ । नेपालमा पनि यसका थुप्रै प्रजाति पाइन्छन् ।  गाउँघरमा तिनीहरूको गोला निकाली त्यस गोलाभित्र भएका लाभाहरू पकाएर वा भुटेर खाने प्रचलन पनि छ, यद्यपि यसको गोला झिक्न जाँदा वा यसलाई चलाउँदा  यसले टोके कति घातक हुन सक्छ भन्ने कुराको चेतना सबैमा भएको पाइँदैन ।

जाति-प्रजातिअनुसार अरिंगालको टोकाइको विषादीमा फरक पर्ने भए पनि अहिलेसम्म पनि यसको विषादी कम गर्ने प्रतिविष बन्न नसकेकाले अरिंगालको टोकाइ खतरनाक  मानिन्छ । अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार प्रतिवर्ष एक लाखमा शून्य दशमलव ०२ प्रतिशत मानिसको अरिङ्गालले टोकेको १ घण्टाभित्र मृत्यु हुने गरेको पाइएको  छ । त्यस्तै स्वीडेनको एउटा सर्वेक्षणअनुसार १० वर्षको अवधिमा कुल जनसंख्याको शून्य दशमलव ०२ प्रतिशत मृत्यु अरिंगालको टोकाइबाट भएको छ । यसको टोकाइ  वयस्कहरूको तुलनामा बालक र वृद्धहरूमा अझ बढी खतरनाक हुन्छ । अरिंगालमा पाइने विषमा प्रशस्त मात्रामा एमाइनस, पेप्टाइड र अन्य खालका इन्जाइमहरू हुन्छन्  जुन प्राणघातक असर गर्न जिम्मेवार हुन्छ । अरिंगालले टोकेका सबै व्यक्ति तुरुन्तै मर्छन् भन्ने होइन, यसको असर वा विषादीपन शरीरको विभिन्न अंगको टोकाइ, यसको  संख्या-मात्रा, शारीरिक क्षमता, यसको प्रजाति, मानिसको उमेर आदिका साथसाथै कति छिटो त्यो व्यक्तिले औषधी-उपचार पायो भन्ने कुरामा भर पर्छ । धेरै अरिंगालले  टोके विषादीपन बढी हुन्छ र ज्यान जाने खतरा पनि अझ बढ्छ ।

जब अरिंगालले कुनै व्यक्तिलाई टोक्छ तब विष शरीरभित्र प्रवेश गर्छ र तुरुन्तै विभिन्न एलर्जी उत्पन्न हुन्छ । सुरुमा छाला सुन्निने, चिलाउने, पोल्ने, दुख्ने हँुदै शरीरको  विभिन्न मुख्य प्रणालीमा बिस्तारै असर गर्न थाल्छ, जस्तै— स्वास फेर्न गाह्रो हुने, बोल्न गाह्रो हुने, मानिसले सहनै नसक्ने गरी दुख्ने, मुटुको चाल बढ्दै जाने, अत्यधिक  पसिना आउने, चिटचिटाहट बढ्ने, शरीर बेहोस हुने र बिस्तारै शरीरको मांसपेशी कडा हुने, रक्तकोषिकाहरू टुक्रा पर्ने हुन्छ । रक्तकोषिकाहरूमा विभिन्न परिर्वतन साथै  रगत जम्ने तत्त्वहरूमा पनि खराबी आउन थाल्छ र महत्त्वपूर्ण अंगहरू ज्ास्तै कलेजो , फोक्सो, मृगौलाले काम गर्न छाड्छ र तुरुन्तै मानिसको मुत्यु पनि हुन सक्छ ।  मानवशरीरको कुन अंगमा कति अरिंगालले टोकेको हो सोअनुसार पनि विषादीपन र खतराको सम्भावना पनि फरक हुन्छ, जस्तै— यदि मानिसको घाँटीमा वा वरिपरि मात्र  दुई-चार अरिंगालले टोके पनि टोकेको केही मिनटमै घाटीको श्वास-प्रश्वास नली सुन्निएर श्वास-प्रश्वास बन्द भै तुरुन्तै व्यक्तिको मृत्यु हुन सक्छ । यदि धेरै अरिंगालले  टाउकोमा टोकेको छ भने त्यो व्यक्तिको टाउकाको विभिन्न भाग सुन्निएर तुरुन्तै बेहोस भै कोमामा जान सक्छ ।

नेपालमा बर्सेनि अरिंगालको टोकाइबाट मानिसहरूको मृत्यु भएको, कतिलाई अस्पताल लैजाँदा-लैजाँदै बाटैमा मरेका समाचार प्रशस्त मात्रामा सुन्न आए पनि त्यसको ठोस  तथ्यांक कतै भेटिँदैन, तर विभिन्न अस्पतालमा ठूलो संख्यामा अरिंगालले टोकेका बिरामीहरू भर्ना भएको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी वार्डमा २०६५ सालको पहिलो छ महिनामा विभिन्न कारणले भर्ना भएका बिरामीहरूको तथ्यांक हेर्दा आठ जना  बिरामी अरिंगालले टोकेर तत्काल मृगौला खराब भै भर्ना भएका र ती बिरामीहरू विभिन्न मेडिकल उपचार, साथसाथै विभिन्न चरणमा हेमोडायल्यासिस गरेपछि पूर्ण रू पमा ठीक भै घर फर्किएको पाइन्छ ।

तत्काल सम्पूर्ण सुविधायुक्त ठूला अस्पतालमा अरिंगालले टोकेका व्यक्तिहरूलाई पुर्‍याउन र सघन उपचार पुर्‍याउन नसकेको अवस्थामा व्यक्तिको बाँच्ने सम्भावना निकै  कम हुन्छ । सयौं स्कुले बालबालिका स्कुल जाने-आउने वा खेल्ने क्रममा अरिंगालको गोलामा ढुङ्गाले हान्ने, तिनीहरूलाई जिस्क्याउने गर्दा अरिंगालले टोकी बाटैमा मृत्यु  हुने गरेको समाचार पनि सुन्नमा नआएको होइन । त्यसैले यस्ता घटनाबाट आफू बच्न र बचाउन आपmनो गाउँघर, छरछिमेक स्कुल सबै जनचेतना जगाउनुबाहेक अरू  विकल्प छैन ।

गर्नै नहुने वा सावधानी अपनाउनुपर्ने कुराः

अरिंगालको गोलालाई कुनै पनि हालतमा नचलाउने ।

अरिंगालको गोला घारी भएको ठाउँ वरिपरि नहिँड्ने ।

अरिंगालको गोलावरिपरि कुनै पनि अरिंगाललाई नजिस्क्याउने वा नमार्ने ।

अरिंगालको बाटो नछेक्ने ।

अरिंगालको गोलामा फुक्ने वा हावा फ्याँक्ने काम नगर्ने ।

अरिंगालले टोकेपछि सक्दो चाँडो नजिकको अस्पताल पुर्‍याउने वा पुग्ने ।

Wednesday, November 24, 2010

सकारात्मक आठ अक्षर




"POSITIVE THINKING" पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको 'पोजिटिभ' 'POSITIVE 'शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।



P-(Patience) पेटिएन्स अर्थात् धैर्य ः धैर्य सफलताको सबैभन्दा ठूलो हतियार हो । धैर्य छ भने स्वाभाविक रूपमै नकारात्मक विचार आउँदैन । मलाई अवसर प्राप्त भएन, यदि मेरा छोराछोरी पढाइमा राम्रो भैदिएको भए ? श्रीमान्को जागिर छैन ? आदि बिलौना गरेर मात्र केही प्राप्त हुँदैन । यस्तो अवस्थामा पनि धैर्य धारण गर्ने वा परिस्थितिसित लड्ने हो भने चिन्ता घटाउन सकिन्छ ।



O-(Optimastic) अप्टिमिस्टिक अर्थात् आशावादी ः आशावादीले नै सफलताको बाटो पहिल्याउँछ भने निराश व्यक्ति कुण्ठित हुन्छ। यसपटक अवसर मलाई नै प्राप्त हुन्छ भन्ने सोचको विकास गर्नु जरुरी छ । मेरो भाग्यमै छैन, सबैलाई मबाटै टेन्सन छ, म कुनै काम लाग्ने व्यक्ति होइन, म सबैमाथि बोझ हुँ, भन्ने सोच बनाउनु ठीक होइन । आशावादी बनेर वस्तुस्थितिलाई हेर्ने प्रयास गर्नुपर्छ, सबै कुरा सहज, सरल र सम्भावनायुक्त देखा पर्छन् ।



S-(Satisfaction) सेटिस्फेक्सन अर्थात् सन्तुष्टि ः जुन बेला आफ्नो मनमा सन्तोषको भाव जन्माइन्छ अनि तपाईं सकारात्मक सोच बनाइन्छ र अनावश्यक तनावबाट जोगिइन्छ । जे-जति प्राप्त भएको छ र जसरी प्राप्त भएको छ, त्यसमा सन्तुष्ट हुनुपर्छ, सन्तोष मान्नुपर्छ। 'सन्तोषम् परमं सुखम्' भनेझैं प्राप्तिबाट सन्तुष्ट भै सुखको अनुभव गर्नुपर्छ । यद्यपि सन्तोष त्यो प्राप्तिका लागि हो, अघि बढ्नु अझ आवश्यक छ भन्ने सोचलाई पनि जीवित राख्नुपर्छ । मनोचिकित्सकहरूका अनुसार अवसादको स्थितिबाट जोगिने एक मात्र उपाय सन्तोष हो ।



I- (Inisperation) इन्स्िपरेसन अर्थात् प्रेरणा ः हरेक व्यक्ति आफ्नो जीवनमा कोही न कोहीबाट प्रेरित हुन्छ। ती व्यक्तिलाई प्रेरणाको स्रोत मान्नुपर्छ जसले जीवनलाई उत्सवका रूपमा मनाउन जानेका छन्। हरेक व्यक्तिमा केही राम्रा पक्ष हुन्छन्। कोही व्यवस्थित हुन्छन् त कोही धैर्य धारण गर्दै सकारात्मक सोच राख्छन् त कोही जागरुक हुन्छन्। आफ्ना राम्रा पक्षबाट प्रेरित भएर सकारात्मक भाव जन्माउन अग्रसर हुनुपर्छ ।



T-(Target) टार्गेट अर्थात् लक्ष्य ः यदि आफ्नो लक्ष्य निर्धारित छ भने कहिल्यै निराशा वा असफलताको मुख हेर्नु पर्दैन। आफूले के काम गर्नुपर्छ, कस्तो घर बनाउनु छ, कुन ठाउँमा बस्नु छ, भन्ने निर्धारण गर्नु आवश्यक छ । बाँकी काम सजिलै सम्पन्न हुन्छ। साथै यसको विकल्प पनि तयार राख्नुपर्छ। लक्ष्य स्पष्ट छ भने त्यसको प्राप्ति पनि सहज हुन्छ। तर म इन्जिनियर बनिन भने चिकित्सक बन्छु वा संगीतमा लाग्छु, त्यो पनि भएन भने टिचिङ गर्छु नभए घरेलु जीवन जिउँछु भन्ने खालको लक्ष्य भने बनाउनुु हुँदैन।



I- (Idol) आइडल अर्थात् आदर्श ः  आफ्नो व्यक्तित्वलाई यसरी निखार्नुपर्छ कि अरूका लागि त्यो एक आदर्श बनोस्। कठिन परिस्थितिमा पनि आफ्नो मानसिक सन्तुलन कायम राख्नुपर्छ । हरेक स्थितिमा खुसी रहने, अरूको सुख-दुःखमा सहयोगका लागि तत्पर रहन हो भने आफू कोही आदर्श व्यक्तिभन्दा कम भइँदैन । हामी आफ्ना गुरु, आमाबुवालाई आदर्श किन मान्छौं ? पक्कै उनीहरूमा आफूलाई प्रभावित गर्ने गुण र विशेषता छ । यस्तो हो भने आफू पनि अरूका लागि आदर्श बन्ने प्रयास किन नगर्ने ?



V- (Victor) भिक्टर अर्थात् विजेता ः विजेता बन्न आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । सफलता प्राप्त नभए पनि निराश हुनु हुँदैन । पुनः पूर्ण जोस-जाँगरका साथ थप परिश्रमका साथ लक्ष्य प्राप्तिका लागि जुट्नुपर्छ । हार-जित जीवनभर चलिरहने प्रक्रिया हो। हारमा निराश हुनु तथा जितमा बढी खुसी र सन्तुष्ट हुनु उत्तिकै हानिकारक हुन्छ तसर्थ सफलता-असफलता व्यवस्थापन गर्न जान्नु आवश्यक छ ।

E-(Easy )इजी अर्थात् सहज ः जो सजिलै बाँच्छन्, तिनलाई नकारात्मक विचारले कहिल्यै घेर्दैन। बनावटी जीवन बाँच्नुभन्दा वास्तविकतामा जिउने प्रयास गर्नुपर्छ । यसबाट जीवनमा आइपर्ने कठिनाइहरूको सामना गर्न सकिन्छ। घरपरिवारदेखि प्रोफेसनल जीवनसम्म सहजता आवश्यक छ। असहजता सफलताको मार्गमा बाधक मात्र  होइन, यस प्रकारको व्यवहार अरूलाई समस्या हुन सक्छ र उनीहरू आफूबाट टाढिन्छन्। सामाजिक व्यवहारमा सहजता अत्यन्त आवश्यक छ ।
 
********************Best Of Luck*********************

खतरामा छ, पृथ्वीको भविष्य






पृथ्वी पनि अन्य ग्रह वा नक्षत्रहरू झैं हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, नियान, कार्वोन, सिलिकन, सोडियम, म्याग्नेसियम, फलाम, गन्धक आदि तत्वहरूद्वारा निर्मित ग्रह  हो । पृथ्वीलाई भूमण्डल, जलमण्डल र वायुमण्डल गरी मोटामोटी तीन भागमा वर्गीकरण गरिएको छ । जसअनुसार भूमि भएको भागलाई भूमण्डल, पानी भएको भागलाई  जलमण्डल र वायु भएको भागलाई वायुमण्डल भनिन्छ । पृथ्वीको भूमण्डल विभिन्न किसिमका चट्टान र धातुहरूद्वारा बनेको छ । जसमा पहाड, हिमाल, तराई, उपत्यका,  पठार आदि क्षेत्रहरू पर्छन् । त्यसैगरी पोखरी, ताल, नदी, सागर र महासागरहरूबाट जलमण्डल बनेको छ । दुई तिहाइ भाग पानीले ढाकिएको पृथ्वीको भित्रपट्टी पनि कैयौं  ठाउँमा पानी विद्यमान छ । प्रशान्त महासागर, एट्लान्टिक महासागर र आर्कटिक महासागर जलमण्डलका प्रमुख भाग मानिन्छन् ।

पृथ्वीको चारैतिर वायुमण्डल विद्यमान छ । वायुमण्डलका कारणले गर्दा नै पृथ्वीमा जीव अस्तित्व सम्भव भएको हो । पृथ्वीको सतहदेखि माथि लगभग १ हजार ६ सय  किलोमिटर टाढासम्म बायुमण्डल फैलिएको छ । वायुमण्डलमा हावा मात्र छ र हावामा अक्सिजन, नाइट्रोजन एवं कार्बन डाइअक्साइड नामक ग्यासहरू छन् । यसका  अतिरिक्त वायुमण्डलमा आर्गन, नियान, हाइड्रोजन र ओजोन आदि ग्यासहरू पनि केही मात्रामा विद्यमान छन् ।

वायुमण्डलमा लगभग ७८ प्रतिशत नाइट्रोजन र २१ प्ा्रतिशत अक्सिजन ग्यास छ भने बाँकी एक प्रतिशत अन्य ग्यास छ । पृथ्वीको माथिल्लो भाग बढ्दै गएपछि विस्तारै- विस्तारै हावाको मात्रा कम हुन्छ र सोहीअनुरूप पृथ्वीबाट लगभग ८ किलोमिटरमाथि पुगेपछि हावा निकै कम भैसक्छ । यसका साथै वायुमण्डलमा ओजोन तह पनि हुन्छ  जसले सूर्यको हानिकारक परावैजनी विकीरणहरूबाट हाम्रो रक्षा गर्छ । ओजोन तह पृथ्वीबाट लगभग १० देखि ५० किलोमिटरको उचाइमा हुन्छ । यसका अतिरिक्त पृथ्वीमा  जीवमण्डल पनि छ । खासगरी जीवहरू रहने ठाउँलाई जीवमण्डल भनिन्छ । जीवमण्डलमा मानिसलगायत असंख्य प्रकारका जीवजन्तु, बोटविरुवा एवं सूक्ष्मजीवहरू  विद्यमान छन् । जीवहरू जल, थल, वायु आदि सबै ठाउँमा हुन्छन् ।

पृथ्वीको ७१ प्रतिशत भाग पानी अर्थात् समुद्रमा डुबेको छ । पृथ्वीको यो विशाल भागमा विभिन्न किसिमका परिवर्तनहरू भैरहेका हुन्छन् जसको सबै जानकारी पाउन  सम्भव हुँदैन । पृथ्वीको गर्भबाट अहिले पनि पग्लिएका चट्टानहरू ज्वालामुखीको लावाका रूपमा कहिलेकाहीँ पृथ्वीको सतहमा आउँछन् र यसबाट पृथ्वीका केही भागमा  ठूलाठूला प्राकृतिक उथलपुथलहरू पनि हुने गरेको हामी पाउँछौं । पृथ्वीमा धेरैजसो परिवर्तनहरू समुद्रको गहिराइमा लुकेका हुन्छन् जुन हामीलाई थाहा हुँदैन । समुद्रभित्र  जुन ज्वालामुखी विष्फोट हुन्छ र त्यसबाट म्याग्मा निस्कन्छ त्यसको ज्वाला वा गर्मीले समुद्री जीवलाई मदत गर्छ । यसबाट निस्किएका लाभा एपं खरानीहरू समुद्री  सतहमा जमेर ठूलठूला पहाडजस्तै शिखर बन्छ । समुद्रभित्र यस प्रकारको परिवर्तन हुने भएकाले सम्पूर्ण धर्तीमा हरेक वर्ष लगभग तीन वर्गकिलोमिटर नयाँ समुद्र तयार  हुन्छ भन्ने वैज्ञानिकहरूले बताएका छन् ।

दुःखका साथ भन्नुपर्छ- हामीले बसोवास गरी आएको पृथ्वीप्रति हामीले न्याय गर्न सकिरहेका छैनौं । हामीले पृथ्वीमा भएको घना जंगललाई काटेर प्राकृतिक सन्तुलन  कायम गर्ने जीवजन्तुहरू नष्ट गरिरहेका छौं । जल, स्थल र वायु प्रदँषित गर्दैछौं तथा पर्यावरणीय प्रदँषण फैलाइरहेका छौं । यस्ता लापरबाहीपूर्ण मानवीय क्रियाकलापहरू लाई रोक्नु वा नियन्त्रण गर्नु आवश्यक मात्र नभई अपरिहार्य नै भैसकेको छ । हामीले बसोवास गर्दै आएको यो एक मात्र जीव अनुकूलको ग्रह पृथ्वीको रक्षा गरी भावी  सन्ततीलाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने परिस्थितिको सिर्जना गर्नु हामी सबै पृथ्वीवासीको साझा दायित्व र कर्तव्य होइन र ?

पढाउन गाह्रो भो



विद्यालयस्तरमा यौनशिक्षा लागू गरे पनि अहिले बेलायतका शिक्षक-शिक्षिकालाई पढाउन असहज हुने गरेको छ । प्रत्येक पाँच जना शिक्षिक-शिक्षिकामध्ये ४ जनाले यौनशिक्षा विद्यार्थीहरूलाई पढाउन असहज हुने बताए । कतिपय धार्मिक  कारणले गर्दा विद्यार्थीहरूलाई यौन, सम्बन्ध र जीवनयापनका विषयमा पढाउन कठिन हुने उनीहरूले महसुस गरेका छन् । त्यसबाहेक उनीहरूले यौनअंग र त्यसको कार्यका सम्बन्धमा बताउन पनि अप्ठ्यारो हुने गरेको बताए ।

बेलायतका विद्यालयहरूमा लागू गरिएको यौनशिक्षाका सम्बन्धमा हालै भएको अनुसन्धानमा १ हजार ४ सय शिक्षक-शिक्षिका, अविभावक एवं सरकारी निकायका व्यक्तिहरूले सहभागिता जनाएका थिए । यौन शिक्षाको उपयोगिताका  सम्बन्धमा गरिएको सर्वेक्षणमा अधिकांश अविभावकले शिक्षकहरूले यौनशिक्षा व्यावहारिक रूपमा भन्दा पनि विशेषज्ञका रूपमा सिकाइरहेको बताए । अधिकांश अविभावकले विद्यार्थीहरूलाई सुरक्षित यौन र यौन सुरक्षाका विषयमा जानकारी  दिनुपर्ने बताए । एडिनबर्ग युनिभर्सिटीले गरेको सर्वेक्षणमा विद्यार्थीहरूले पनि यौन शिक्षाका विषयमा विद्यालयमा भन्दा पनि साथीभाइ तथा अविभावकहरूबाट बढी जानकारी पाउने गरेको बताए । पहिलो पटक भएको यस्तो सर्वेक्षणमा  विद्यार्थीहरूले पनि यौनशिक्षा शिक्षक-शिक्षिकाहरूबाट भन्दा पनि साथीभाइहरूबाट बढी पाइको बताएका थिए ।

एक्लै विवाह



ताइवानको   एक कार्यालयमा कार्यरत ३० वर्षीया चेन वि-वेले आफ्नो विवाहको घोषणा गर्दै साथीहरूलाई निम्तो दिइन् । ३० जना घनिष्ठ मित्रलाई भोजको निम्तो दिएर चेन एक्लै विवाहस्थलमा पुगिन् । उनी एक्लै आएको देखेर निम्तालुहरू  छक्क परे । उनले निम्तालुहरूको कौतूहलता शान्त पार्दै आफूले आफैंसँग विवाह गर्न लागेको घोषणा गरिन् । उनको कुरा सुनेर निम्तालुहरू हाँसे पनि उनले आफ्नो समस्या भने तत्काल भनिनन् ।

एसियाली मुलुकमा अझै पनि विवाह गर्न विपरीतलिङ्गी नै चाहिने मान्यता छ । आफूसरहका सबै साथीले विवाह गरेपछि आफूलाई पनि विवाह गर्ने रहर लागेको तर पुरुष जीवनसाथी पाउन नसकेपछि आफैंले आफैंसँग विवाह गर्नुपरेको  उनले बताइन् । चेनले भनिन्- 'मेरो पढाइ राम्रो छ, मसँग कामको अनुभव पनि छ । पुरुष जीवनसाथी नपाउनु अरू युवतीहरूमा पनि देखा पर्ने समस्या हो । त्यसैले पनि मैले आफैंले आफैंसँग विवाह गर्ने निर्णय गरें ।' उनले आफ्नो  विवाहका तस्बिर फेसबुकमा अपलोड गरेपछि एसियाली महिलाहरूले सकारात्मक रूपमा प्रतिक्रिया दिएका छन् । एक सुभेच्छुकले लेखेकी छन्- 'हामीले पहिले आफैंलाई प्रेम गर्न सिक्नुपर्छ अनि मात्र हामी अरूलाई प्रेम गर्न सक्छौं ।'  विवाहपछि चेनले आफ्नो एकल हनिमुन अस्ट्रेलियामा बिताउने बताएकी छिन् ।

Saturday, November 20, 2010

रातभरि जाग्छन् महिला

हालै गरिएको एक सर्वेक्षणअनुसार पति-पत्नी दुवैले जागिर गर्दा रातिको समय बच्चालाई हेरचाह गर्न पत्नीले नै निद्राको बलि दिनुपर्ने हुन्छ । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले नयाँ अनुसन्धानमा जागिर गर्ने बुबाको दाँजोमा जागिर गर्ने आमाले नै राति बच्चालाई स्याहार गर्न आपmनो निद्रा बिगार्नुपर्ने औंल्याएको छ । 

बच्चाहरूका कारण जब राति महिला उठ्छन्, उनीहरू औसत ४४ मिनेटपछि सुत्न पाउँछिन्, जबकि यसको दाँजोमा पुरुष ३० मिनेटमा सुत्छन् । प्रमुख अनुसन्धानकर्ता साराह बर्गर्डका अनुसार निद्रा तोडेर रातभर जाग्ने भार धेरैजसो महिलामै पर्ने गरेको छ । यसले गर्दा महिलाको स्वास्थ्यमा मात्र प्रतिकूल प्रभाव पर्दैन उनीहरूको कमाइ र करिअरमा समेत प्रभावित तुल्याउँछ । अनुसन्धानकर्ताहरूले अमेरिकाको जनसंख्या ब्युरोबाट सन् २००३ देखि सन् २००७ सम्मका २० हजार कामकाजी पुरुषको तथ्यांक एकत्रित गरेका थिए ।

सुकुम्बासी 'राजा'

चीनगर- ४ मागुरमाडीको खेतमा मध्यदिनमा एक जना मानिस धमाधम धान काटिरहेका छन् । यिनको नाम भाविर किसान हो । र, उनी 'राजा' हुन् ।

राजा यिनको नाम होइन, यिनको पदवी हो । सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको किसान जातिका भाविर राजा हुन् ।

यिनलाई आपmनो उमेर थाहा छैन, खालि यति थाहा छ, 'म २१ साले हुँ' । यिनी कुनै दरबारमा बस्दैनन् । यिनको नारायणहिटी र नागार्जुन दुई धुर जमिनमा बनेको छ । काको जमिनमा दस वर्षअघि बनाएको त्यही कच्चा दरबार पनि कहिले भत्किने हो थाहा छैन । 'हावा चल्ने बेला अन्तै जान्छौ,' राजाले भने । यिनका बाबुबाजे कुनै बेला धुलाबारीको लीलाबस्तीमा जमिनदार थिए । तर, अहिले भाविर सुकुम्बासी राजा भएका छन् । कसरी सकियो होला त जमिन ? 'खोइ, केही ठूलाबडाले हप्काएरै लिए भन्छन्, अलिअलि त जाँडमा पनि साटे होलान्,' उनले अनुमान लगाए ।

'अर्काको खेत नजोते भोकै भइन्छ,' उनले मन नलागी नलागी मुस्काएर भने, 'अहिलेसम्म अर्काकै कामले जीविका चल्दै छ ।' राजधानीमा राजतन्त्र छँदा पनि यिनको हाल यस्तै थियो, अहिले पनि त्यस्तै छ । राजा भाविर र रानी थुप्री किसान दुवैले स्कुलको मुख देखेनन् । तर, यिनका छोराछोरी चाहिँ स्कुल गए । 'जेठी छोरीले ८ कक्षा पढेर छोडी, माहिलीको बिहे गरिदिएँ, कान्छी पढ्दै छ,' उनले भने ।

पुसमा उनी राजा भएको १५ वर्ष पुग्दै छ । यति नै वर्ष उनको विवाह भएको पनि भयो । छिमेककी थुप्रीलाई उनले बिहेअघि देखेका थिएनन् । 'मलाई त बिहे हुँदै छ भन्ने पनि थाहा थिएन, काकाले 'धोती लगा' भनेपछि बल्ल थाहा भयो,' उनले भने । उनका अनुसार किसान समुदायमा बिहेअघि २/३ दिन बेहुलालाई नचाउने चलन छ । धोती लगाएर काकाले उनलाई नाच्न भनेपछि बल्ल भाविरले आपmनो बिहेको खबर पाए ।

'बिहेपछि हप्तौंसम्म हामीबीच बोलचाल भएन,' उनले सुनाए । एक दिन भारतको नक्सलवाडी बजार जान लाग्दा मात्रै पतीपत्नीले एकअर्काको नाम थाहा पाए ।

नेपालकै अति सीमान्तकृत किसान जातिमा 'राजा' राख्ने व्यवस्था परम्परादेखिकै हो । यसअघि उनका काका ढोँडी किसान राजा थिए । उनको अचानक मृत्यु भएपछि भतिजा भाविर राजा भएका हुन् । ढोंडीका जेठा छोराको पहिल्यै मृत्यु भएको र कान्छालाई समाजले राजा नमानेपछि भाविरले यो जिम्मा पएका हुन् । किसान समुदायमा राजाले गाउँको मुखियाका साथै धार्मिक अनुष्ठानमा पनि मुख्य भूमिका निर्वाह गर्छ ।

राजाको निश्चित कार्याविधि हुँदैन । न्यायाधीश, दण्डाधिकारी र मुखिया सबैको काम राजाको हुन्छ । बिहे, जन्म र मृत्युका संस्कारमा राजा अनिवार्य चाहिन्छ । किसान समुदाय विकास प्रतिष्ठानकी कर्मचारी शान्ति किसान भन्छिन्, 'राजा नहुँदा हाम्रा सबै कर्म अपूरो हुन्छ ।' यसका साथै कुटपिट, लेनदेन, सम्बन्धविच्छेद र अन्तर्जातीय बिहेजस्ता मुद्दा छिनोफानो गर्न पनि राजा चाहिन्छ । कुटपिट गर्नेहरूबाट जरिवानाबापत जाँडर दुइटा धोती लिने चलन छ भने अन्तर्जातीय बिहे गर्नेले खसी र पैसा तिर्नुपर्छ ।

किसान समुदायमा राजासँगै मन्त्री र सिपाही पनि तोकिन्छ । खुयु किसान भाविरका मन्त्री र डुम्रा किसान सिपाही नियुक्त छन् । केही समयदेखि मन्त्री खुयु निष्त्रिmय रहेकाले समुदायले अहिले सिपाही डुम्रालाई कायममुकायम मन्त्री तोकेको छ । यसैले रति किसान सिपाही छन् । मुद्दामामिला छिनोफानोमा राजासँगै मन्त्री र सिपाही पनि अनिवार्य उपस्थित हुनुपर्छ ।

२०५८ को जनगणनाअनुसार नेेपालमा किसान समुदायको संख्या २ हजार ८ सय ७६ छ । किसानको जीविकाको मुख्यस्रोत खेती किसानी र माछा मार्नु हो । झापाको मेचीनगर, बाहुनडाँगी, धाइजन, अनारमनी र शान्तिनगर क्षेत्रमा किसानको बसोबास छ । सरकारले केही समय अघिदेखि लोपोन्मुख जातिको रूपमा जन्मनेबित्तिकै भत्ता दिँदै आएको छ । 


श्रोत कांतिपुर पत्रिका

Thursday, November 18, 2010

सोलारबाट चल्यो कार

 
 
बागलुङ, कार्तिक ११ - यहाँका एक किशोरले कारलाई सौर्य ऊर्जाबाट चलाएर मंगलबार बागलुङ बजार परिक्रमा गरेका छन् । उनले छतमा सोलार प्यानल जडान गरी विभिन्न सामान 'मोडिफाइ' बाट कारलाई फरक आकारमा ढालेका छन् । तर यो आविष्कार भने होइन ।   
अमृत आदर्श आवासीय मावि १० कक्षाका १६ वषर्ीय कुशल केसीले चलाएको कार हेर्न स्थानीयवासीको भीड लागेको थियो ।
तीनजना चढ्न मिल्ने गाडीलाई उनले 'कुशल सोलार कार' नामकरण गरेका छन् । उनले चार महिनाको प्रयासमा कारलाई सौर्य ऊर्जाबाट चल्न सक्ने बनाएका हुन् जसका लागि करिब ६ लाख रुपैयाँ खर्च भएको छ ।
३२ सय वाट क्षमताका तीनवटा मोटर जडित कारमा २० एम्पियरका १९ वटा ब्याट्री जडिएको छ । प्रतिघन्टा ६० किमि क्षमता दाबी गरिए पनि उनले पहिलो चरणमा ३० किमिको गतिमा कार चलाएर देखाएका हुन् । २० वाट क्षमताका ६ वटा सोलार प्यानल जडित कार एकपटक पूरा चार्ज भए २६ घन्टासम्म चल्न सक्ने दाबी उनले गरेका छन् ।
बागलुङको बिनामारे गाविसका भीमबहादुर र रुद्रकुमारीका छोरा कुशलले विद्यालयका पि्रन्सिपल महेशचन्द्र प्रधानलगायत शिक्षक र परिवारको प्रेरणाले कार निर्माण गर्न सफल भएको बताए । 
उनी सहयोगका लागि काठमाडौंमा मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा पुगेका थिए । तर नपाएपछि बुबाआमाले आफ्नै सम्पत्ति लगानी गरेका थिए ।
सानैदेखि विज्ञान र प्रविधिमा चासो राख्ने छोराले कार गुडाउँदा छेत्री दम्पती हर्षले गद्गद् थिए । कारलाई विद्यालयका शिक्षक र अभिभावकले फूलमाला लगाई पूजा गरेका थिए भने कुशललाई अभिनन्दन गरिएको थियो ।
प्रजिअ भरत पौडेल र जिल्ला शिक्षा अधिकारी मुक्तिसिंह ठकुरीले आगामी दिनमा कुशललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

फेसबुक साथीदेखि सावधान !

**नक्कली एकाउन्ट बनाएका अन्यमाथि पनि निगरानी **




फेसबुकको रिक्वेस्ट लिस्टमा झुल्किएको वा सामान्य चिनजानकै भरमा कसैलाई साथी बनाउनुभएको छ भने सचेत हुनुस् । त्यस्तो साथीले फेसबुकको फोटो र सूचना दुरुपयोग गरी तपाईंलाई फसाउन पनि सक्छ । प्रेमविवाहपछि सुमधुर दाम्पत्य सुरु गरेका ललितपुरका एक जोडी यस्तै घटनाबाट पीडित छन् ।
आफैंलाई पढाएको शिक्षकले फेसबुक दुरुपयोग गरी चरित्रहत्याको प्रयास गरेपछि ती युवती मानसिक तनावमा छिन् भने उनलाई विवाह गर्ने युवक त्यत्तिकै अलमल्ल छन् । फेसबुक मित्रताको दुरुपयोग गर्ने भोजराज सुब्बा भने हाल प्रहरी हिरासतमा छन् । उनी ललितपुरस्थित एक कलेजका कम्प्युटर अध्यापक हुन् ।
आफैंलाई पढाएका अध्यापक फेसबुकमा मित्रताको प्रस्ताव गर्ने सूचीमा झुल्किएपछि युवतीले उनलाई फेसबुकमा सजिलै स्वीकारिन् । मित्रता गाँसेपछि उनले फेसबुकमा राखेको तस्बिरमा अध्यापक सुब्बाको पहुँच पुग्यो । ती तस्बिर डाउनलोड गरी सुब्बाले अश्लील तस्बिरमा उनको टाउको जोडिदिने र विभिन्न व्यक्तिलाई इमेलमार्फत पठाइदिने गर्न थाले ।
ती तस्बिरहरू साथीभाइ र आफन्त सबैकोमा पुगेपछि यो दम्पतीबीच पारिवारिक मनमुटाव बढेको घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए ।
प्रहरीका अनुसार सुब्बाले ती युवतीको अश्लील फोटो नक्कली इमेलमार्फत विभिन्न व्यक्ति र उनकै श्रीमानको इमेलमा समेत पठाएका थिए । सुब्बाले ती युवतीकै नामबाट इमेलसमेत खोली विभिन्न व्यक्तिलाई आफू यौन व्यवसायी रहेको भन्दै सम्पर्कका लागि आह्वान गरेर अश्लील तस्बिर पठाउने गरेको प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए । 'सुब्बाले ती युवतीको घरको ठेगाना र फोन नम्बरसमेत सार्वजनिक गरी दुःख दिने गरेको पाइएको छ,' थापाले भने, 'दुई वर्षअघि अध्यापनका क्रममा सुब्बाले युवतीबारे सबै जानकारी संकलन गरेको देखिन्छ ।' ती युवतीप्रति आकषिर्त सुब्बा आफ्नो उद्देश्यमा सफल हुन नसकेपछि प्रतिशोध स्वरूप यो घटना गराएको प्रहरीको अनुमान छ ।
युवतीका पतिले यो घटनाका कारण आफ्नो परिवार चर्को मानसिक तनाव बेहोर्न बाध्य भएको बताए । 'अपरिचित ठाउँबाट गलत उद्देश्यले श्रीमतीको मोबाइलमा दिनहुँ फोन आउन थाले,' उनले भने, 'मान्छेले घर र कोठा सोध्दै आउन थालेपछि अति भएर प्रहरीमा खबर गरेको हुँ ।'
उजुरीपछि पीडित युवतीको इमेल र फेसबुक एकाउन्टमार्फत शंकास्पद व्यक्तिबारे निगरानी बढाइएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाको विशेष टोलीको सहयोगमा पीडक सुब्बालाई पक्राउ गर्न सकिएको उपरीक्षक थापाले जनाए ।
यो घटनामा सुब्बासँगै संलग्न भएको आशंकामा फेसबुकमा नक्कली एकाउन्ट बनाएका अन्य केहीमाथि पनि निगरानी बढाइएको उनले बताए । प्रहरी थुनामा रहेका सुब्बाले सञ्चारकर्मीसामु आफूले इमेल र फेसबुक दुरुपयोग गरेको स्वीकारेका छन् ।
प्रहरीका अनुसार सुमधुर सम्बन्धमा रहेको यो दम्पतीमा यो फेसबुक घटनाले नराम्रो फाटो ल्याएको छ । गलत आचरणकी युवतीलाई बिहे गरेको भन्दै उनका पतिलाई अभिभावकले सम्बन्ध विच्छेद गर्न दबाब दिएका छन् । तनावका कारण युवतीले हाल आफूले गरिरहेको काम छाडेर घरमै बसिरहेकी छन् ।
महानगरीय प्रहरी, अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दका अनुसार पछिल्लो समयमा लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्रहत्या गर्ने र अश्लील सामग्री राख्ने क्रम बढेको छ ।
'अरूको नाममा एकाउन्ट खोली फोटोसमेत उसैको राखी झुक्याउने चलन बढेको छ,' उनले भने, 'यसतर्फ प्रयोगकर्ता अत्यन्तै सजग हुनु जरुरी छ ।' अधिकांश लोकप्रिय व्यक्तिका एकाउन्ट नक्कली भेटिएका छन् । साइबर अपराध बढ्न थालेपछि प्रहरीले यससम्बन्धी अनुसन्धानका लागि छुट्टै सेल खडा गरेको छ । एक वर्ष अवधिमा ८/१० उजुरी परेकामा अधिकांशमा प्रहरी सफल भएको चन्दले बताए । प्रहरीका अनुसार ललितपुर प्रहरी परिसरमा थुनामा रहेका सुब्बामाथिको अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

Tuesday, November 16, 2010

घरकी देउता

अन्तिम भर्‍याङ पनि ओर्लिएपछि फर्केर हेरें । आमा माथि त्यही ठाउँमै अड्किरहेकी थिइन् । उनी संकटकालमा सुरक्षाकर्मीले खानतलासी गरेझैं आफ्नो ब्यागका खल्तीहरू खोतलखातल गर्दै थिइन् । म बूढानीलकण्ठ भगवान्को दर्शन गरेर घर र्फकने हतारमा थिएँ, त्यसैले फटाफट हिँडेकी थिएँ । भुराहरूलाई एक घन्टामै र्फकने सर्तमा हामी आमाछोरी बल्लबल्ल उम्केर यता लागेका थियौं । तर, आमाको अलमलले मेरो हतार झन् बढायो । ओर्लिसकेको अन्तिम भर्‍याङ उक्लिएर आमानजिक पुगें । उनी अझै केही खोजिरेकी थिइन् । हल्कासँग झकभक्याएर आफू आएको जनाउ दिएँ । आमा अलिकति झस्किइन्, कल्पनै नगरेको मान्छे झ्वास्स अगिल्तिर आएजस्तो । तर, आफ्नो सुर छोडिनन् । 'के खोजेकी

आमा ?' म सायद झर्किएँछु पनि । आमाले निधारमा गाँठो पारेर मतिर अनिच्छाभावले हेरिन् मात्र ।

'होइन, असर्फी नै खोजेजस्तो के खोजेको भन्या ?' मलाई छोराछोरीको याद आयो । खानाको चिन्ता थिएन, बिहान बनाइदिएर आएकी थिएँ, आफैं खान सकिहाल्थे । तर, हप्ताको एकदिन उनीहरू मलाई मिस गर्न चाहँदैनन्, म पनि उनीहरूलाई । त्यसैले आमासँग झर्किएँछु । आमा र म साथीजस्ता छौं । विवाह भएर गए पनि आमा र मबीचमा सुख-दुःख, घर-व्यवहार सबै कुरा साटासाट हुन्छ । गाउँतिर धेरैजसोका छोराछोरीले आमालाई तिमी नै भन्छन् । सहरतिर पसेपछि मात्र यो सम्बोधन तपाईं हुँदै हजुरसम्मको सभ्यतामा पुग्छ । म पनि आमालाई तिमी सम्बोधन गरेर हुर्किएँ । मैले आमालाई तिमीमै आत्मीय पाउँथें । सायद यो कुरामा हामीलाई सहरले सभ्य र आधुनिक बनाउन सकेन ।

'ए मलाई पाँच रुपैंयाँ दे त, मैले खुद्रा भेटिन ।' मेरो हडबडीको उनलाई वास्ता थिएन । यसले मेरो अधीरता अझ बढायो ।

'तिमीले सुनकै डल्लो कतै खसाएजस्तो मानेकी थिएँ ।' यति भन्नासाथ मलाई आफू आमासँग कुरा गर्दैछु भन्ने बोध भयो, मलाई हल्का पश्चाताप पनि भयो । मैले बोलीमा केही नरमपन ल्याउने प्रयास गर्दै सोधें, 'आमा Û तिमीलाई पाँच रुपैंयाँ किन चाहियो, त्यो पनि यतिबेलै ?'

उनी आफ्नै सुरमा थिइन् । स्वाभाविक रूपमा भनिन्, 'हेर न छोरी यी बूढी चिसो छिँडीमा कक्रक्क परेर माग्न बसेकी छिन् । आफन्त कोही नभएरै होला । केही पैसा दिऊँ भनेर ब्यागमा खोजेको खुद्रै पाइन । दे न बाबु पाँच रुपैंयाँ ।'

मैले आमाको हातमा पाँचको नोट राखिदिएँ । आमाले त्यो बूढीको हातमा राखिदिँदै  बूढानीलकण्ठतिर फकर्ेेर ढोगिन् । मानौं भगवान्लाई भनिरहेकी छन्, 'मैले पुण्य गरेको हेरिराख भगवान् Û पछि देखिन भन्न पाउँदैनौ ।' मैले पनि उनकै देखासिकी गरेर ढोगें तर मलाई यतिखेर भगवान्को भन्दा आफ्ना छोरीछोरीको बढी सुर्ता लागिरहेको थियो ।

हामी आमाछोरी तल झर्‍यौं र एउटा माइक्रो चढ्यौं । एकछिन सुस्ताएपछि आमासँग मैले सोधें, 'आमा ती बूढीलाई पैसा दिन किन यति हत्ते गरेकी ?' 'कस्तो कुरा गर्छे यो, माग्नेलाई किन पैसा दिने भनेर पनि सोध्छन् कसैले ? 'ल ल ठीक छ, अरूले नसोध्लान् तर मलाई भनिदेऊ । जाबो पाँच रुपैंयाँ दिन तिमीले यति हत्ते किन गरेकी ?'

'बूढी भैसकिस् तर पनि तँलाईं पाप-धर्मको हेक्का छैन ।' उनले मतिर हल्का व्यंग्य मिसाएर हेरिन्, मानौं म अबोध काखे बालक हुँ । भनिन्, 'बूढाबूढीलाई दान गर्‍यो भने धर्म हुन्छ ।'

आमा गाउँबाट मलाई भेट्न आएकी थिइन् । आमाहरू छोराछोरीलाई भेट्ने निहुँले भगवान्लाई पनि भेट्न मन्दिर धाउँछन् । आमा यही सिलसिलामा थिइन् र म धेरैजसो उनको 'लोकल गाइड' भएकी थिएँ । त्यसदिन आमाछोरीको वार्ता पनि त्यति लम्बिन पाएन । म घर पुग्ने हतारमा थिएँ, मेरो मन माइक्रोभन्दा तीव्रगतिमा दौडिरहेको थियो । आमा जति भगवान्प्रति आस्थावान् देखिन्छिन् र भगवान्का लागि माग्ने र अरू दुःखीहरूको समस्यालाई जति हार्दिक रूपले बुझ्छिन् । त्यसको विपरीत आफ्नै ८० वर्षे सासूका सम्बन्धमा भने त्यत्तिकै कठोर व्यवहार गर्छिन् । यो मलाई मन परेको थिएन ।

अर्को दिन मैले भनें, 'आमा माग्नेहरूप्रति तिमी किन यति दयालु हुन्छ्यौ ?'

आमाले अलि छक्क परेको भावले मतिर हेरिन् र भनिन्, 'धर्म हुन्छ नि, त्यति पनि बुझ्दिन यो लाटी त ।'

'ए-ए धर्मको कुरा पो Û', अब म आमाको नाडी छाम्न थालें, सोधें, 'तिमीले परत्र सुधार्न यसो गरेकी' 'हो नि, तिमीहरूलाई यस्ता कुरा ख्यालठट्टा लाग्छन् ।' मलाई लाग्यो, अब आमा पूरै खुल्ने जमर्कोमा छिन्, खिया लागेको ताल्चामा पेट्रोल हालिदियो भने कहिलेकाहीँ खुल्छ, हो अहिले आमाको मनको ताल्चा मेरा बचनको पेट्रोलले विस्तारै खुल्दै गएको अनुभव गरें ।

मेरो हातबाट सुन्तलाको केस्रा लिँदै भनिन्, 'यहाँ धर्म गर्‍यो भने त्यसको फल माथि  पाइन्छ ।'

अब मैले आमाको मनको खिया पूरै पुछिसकेको अनुभव गरें, आमाका अलिअलि फुल्न थालेका केशहरू विस्तारै उखेलिदिएको बहाना गर्दै भनें, 'उसो भए आमा तिम्रो घरमै भएकी आफ्नै सासूलाई चाहिँ तिमी किन हेला गछ्र्यौ ? खान पनि राम्रो दिन्नौ, बचन लगाइरहन्छ्यौ, तिनलाई राम्रो गर्दा नर्कको वास हुन्छ, हो तिमीलाई ?'

'तेरी हजुरआमाको कुरा गरेकी तैंले ? त्यो बूढीलाई राम्रो गर्‍यो भने पाप लाग्छ । म सुत्केरी हुँदा त्यो बूढीले मलाई खसीको टाउकाको मासु सालको पातमा हालेर दिएकी मैले कहाँ बिर्सेकी छु र, तँ १५ दिनकी मात्र थिइस्, न्वारन गरेको भर्खर ४ दिन भएको थियो । मलाई बूढीले निकै टाढा पानी लिन पठाइन्, गाग्रो बोकाएर । मलाई कस्तो भयो होला ? मेरो कुरा कसैले बुझ्दैनन् । यति हुँदाहुँदै पनि मैले तिनलाई आफ्नै घरमा सहारा दिएकी छु, यो नै ठूलो कुरो हो ।' आमा अहिले निकै कड्किएकी थिइन् । मैले उनको रौद्ररूप प्रकट हुनुअघि नै मत्थर पार्ने विचारले भनंे, 'आमा तिमीलाई सोधेको पो त, बूढीको सेवा गर त मैले भनेकी छैन । तिमी धर्मात्मा मान्छे, के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ, यसमा तिमीलाई जति जानकारी कसलाई छ र ?' आमा मेरो कुराले सन्तुलन गुम्न लागेको गाडी घुमाउरो बाटोमा आएजस्तो भइन् । तिमी 'रिसाउँदिनौ भने एउटा कुरा सोधौं है', मैले नजानिँदो गरी चाउरिन थालेको उनको अनुहारको भाव पढ्ने प्रयास गर्दै भनें ।

'सोध् न सोध्, तँसँग किन रिसाउनु ?'

'मेरी हजुरआमाले त तिमीलाई दुःख दिइछन् ल ठीकै छ । तर, ती माग्ने बूढीले तिमीलाई सुत्केरी हुँदा बटुकाभरि खसीको ह्याकुला पस्किएकी थिइन् ? मैले माग्नेलाई नदिनु भनेको होइन, देऊ तर घरकै बूढीलाई हेला गरेर माग्नेलाई दिएर धर्म कमाउँछु भन्नुको के अर्थ हुन्छ ?

वातावरण स्तब्ध भयो । मैले आमाको र आमाले मेरो अनुहार हेराहेर गर्‍यौं । लामो निस्तब्धतालाई आमाले नै चिरिन्, 'तेरी हजुरआमाको त सम्पत्ति छ नि, त्यो बूढीजस्तै हो र ?' मैले भनें, 'तर आमा हातगोडा बसेको अशक्त र जीर्ण मान्छेलाई जति नै सम्पत्ति भए पनि के हुन्छ र ? उनले मर्दा त्यो सम्पत्ति बोकेर जाने होइनन् । यो उमेरमा त सम्पत्ति होइन, एक गाँस मीठो खाना र न्यानो व्यवहार पो चाहिन्छ, होइन र ?' आमा यसपटक केही बोलिनन्, सायद मेरो कुराले उनी भित्रको संवेदनामा कतै छोयो वा चिमोट्यो ।

मैले थपें, 'आमा-बुवाको श्राद्धमा गाउँभरिका मान्छेलाई ख्वाउनुभन्दा ती बूढीआमैका लागि तिमीले अलिकति सोचिदियौ भने ठूलो पुण्य हुन्छ । तिमीले शास्त्रका कुरा धेरै सुनेकी छौ, रामायण-महाभारत पनि बुझेकी छौ । तिनमा पनि त आमा समानकी सासूलाई अपमान गर्दा राम्रो हुन्छ त भनेको छैन होला । क्षमा हि परमो धर्म भन्ने त तिमीले नै मलाई रटाएकी हौ' आमा केही बोलिनन्, टोलाइरहिन् मात्र । भोलि बिहानै आमालाई बसमा पुर्‍याउन कलंकी जानु थियो, त्यसैले पनि यो वार्ता अघि बढ्न सकेन । तर, पनि ओछ्यानमा ढल्किनुअघि आमाको अनुहारमा देखिएका भावहरूले उनी कुनै गम्भीर मन्थनमा छिन् भन्ने लाग्थ्यो । आमालाई ओछ्यानमै छोडेर म पनि आफ्नो कोठामा लागें ।

बिहान उठेर सबैभन्दा पहिले मेरा आँखा घडीको सुईमा परे । म आत्तिएँ, सात बज्नै लागेछ । जति ढिला गर्‍यो, त्यति बसमा भीड हुन्छ । सात बजे त कलंकी नै पुग्ने सोचेकी थिएँ । म आत्तिँदै आमालाई उठाएर बाथरुममा पसेँ । मैले सोचेँ म बाथरुमबाट निस्किसक्दा आमा पनि तयार हुन्छिन् । तर, त्यसो भएन । म आमाको कोठामा पस्दा उनी ओछ्यानमै पल्टिरहेकी थिइन् । 'ए आमा तिमीले यो के गरेको ? यति ढिला गर्‍यो भने राम्रो बस पाइँदैन । उठ न, छिटो  बाथरुम गइहाल ।' मैले आमालाई भनें-तर आमा उठिनन् । भनिन्, 'तेरा कुराले रातभरि सुत्न सकिन । म आज घर फर्किन्न छोरी ।' आमाको कुराले म फेरि छक्क परें । एकाबिहानै के भयो बूढीलाई ? उनको अनुहारमा हेरें, कुनै सन्ताप, रिस वा तनाव थिएन । 'के भनें त्यस्तो बिझाउने र मैले  ?' मैले आश्चर्य प्रकट गरें ।

उनले भनिन्, 'बिझाउने होइन, तैंले सम्झाउने कुरा गरिस् । म आज पशुपति गएर मात्र घर र्फकन्छु ।' यसपटक आमा अलिक हतारमा थिइन् । मैले अस्ति मात्र सोधेकी थिएँ, पशुपति जाने होइन, भनेर । तर उनले चासो देखाइनन् । भनिन्, 'होस् यसपटक नजिकका तीर्थ हेला हुने भए ।' बूढानीलकण्ठ र दक्षिणकाली टाढा भए पनि उनले दर्शन गरेकी थिइन्, पशुपति अर्को पालिलाई थाती राखेकी थिइन् । आमाको यो निर्णयले म फेरि आश्चर्यमा पर्नँ स्वाभाविक थियो । भनें, 'के भनेकी आमा तिमीले, हिजो त यस्तो कुरा भएको थिएन । तिमी त बित्यो, बित्यो, फर्किहाल्छु भन्थ्यौ ।'

आमा स्वाभाविक स्थितिमा थिइन् । आँखा मिच्दै नम्र भावमा भनिन्, 'मैले रातभरि तेरो कुरा सोचेँ र पशुपतिनाथ जाने टुङ्गोमा पुगें ।' उनले मेरो हात समाइन् र मलाई फकाउने भावमा भनिन्, 'म अब सासूका लागि पशुपतिको फूल-पर्सादी लिएर मात्र र्फकन्छु ।' मैले आमाको अनुहारमा हेरें, गहभरि आँसु टलपलाइरहेको थियो, पुछिदिएँ । उनी भनिरहेकी थिइन्, 'हामी सासू-बुहारीको साइनो पुरानै भए पनि व्यवहार भने आजदेखि आमा-छोरीको हुनेछ । आजदेखि म उनलाई छोरी भएर सेवा गर्नेछु ।'

मेरो मनले सोचेको कुरा भैरहेको थियो तर यसलाई बाहिर आउन नदिई अलिकति ठट्यौलो पारामा सोधें, 'तिमीमा रातारात यस्तो रूपान्तरण कसरी भयो ?' तर आज उनी ठट्टा गर्ने मुडमा थिइनन् । भनिन्, तैँले हिजो भनिस् नि, 'घरको पाको मान्छेलाई सास्ती दिएर पराइलाई दान गर्दैमा धर्म हुँदैन ।' मैले यस विषयमा रातभरि सोचें । हो छोरी म रातभरि लाटकोसेरो जस्तै ननिदाई छटपटाइरहें । म त घरमै भएका देउतालाई अनादर गरेर ढुंगाको मूर्तिलाई पो पुज्दै रहेछु तर, अब मेरा आँखा खुले ।' उनले मेरा पाखुरामा ट्याप्प समाएर आफ्नै छेउमा तानिन् र बसाइन् । आमाले भनिन्, 'ल अहिल्यै मलाई पशुपति पुर्‍याएर ल्या, म भोलि घरको देउतालाई चढाउने फूल-पर्सादी लिएर आउँछु ।' मेरो आँखामा अनायास खहरे रसायो, वाक्य फुटेन । मैले आमालाई गम्लङ्ग अँगालो हालें । उनकै बाहुलामा थाहा नपाउने गरी आफ्ना रसाएका आँखा पुछें अनि आमालाई डोर्‍याउँदै पशुपतिको यात्रामा निस्किएँ ।
श्रोत  :नारी पत्रिका

स्पोटी कार युवाहरूको सपना

वाष्प शक्तिले चल्ने पहिलो सवारी साधनलाई प|mान्सका निकोल जोसेफले सन् १७६९ मा द बि्रटिस रोयल अटोमोबाइल क्लबद्वारा चिनारी दिएका थिए तर सवारी साधनको इतिहासमा सबैले सन् १८८५/८६ का गोट्लिड ड्यामलर तथा कार्ल बेन्चको नाम मात्र किन लिन्छन् ? भन्ने प्रश्नसँगै उत्तर पनि छ-किनभने ड्यामलर र बेन्च कार विश्वभर सर्वाधिक बिक्री भएका प्रख्यात ब्रान्ड हुन्। तिनीहरू पेट्रोल, डिजेल, ग्यास तथा मटीतेलद्वारा चल्ने हालका सवारी साधनजस्तै थिए। त्यसको ४ वर्षपछि सन् १८८९ मा ड्यामलर तथा बेन्चले संसारकै पहिलो ४ पाङ्ग्रे सवारी साधन निर्माण गरे।

त्यसो त कारको डिजाइन सन् १६८० मा डेनमार्कका फिजिस्ट क्रिस्टियन ह्युगेन्सले गरिसकेको इतिहास छ। उनले डिजाइन गरे पनि कहिल्यै कार बनाएनन् तसर्थ उनको नाम सवारी साधनको इतिहासमा छायाँमा परेको छ। युरोप, अमेरिकालगायत अपि|mकी मुलुक हुँदै एसियामा छिरेको सवारी साधनको बजार अहिले आकासिएको छ। एसियामा सवारी साधनको उपलब्धता नहुँदा जंगबहादुर राणा महिनौं लगाएर बेलायत पुगेको इतिहास छ।

हिजोआज मानिससँग समय ज्यादै कम छ, सबै कुरा छिटो हुने साधन चाहिएको छ मानिसलाई। अत्यधिक व्यस्तताको आजको युगमा सबै मानिस प्रविधिमा निर्भर छन्। सबै कुरा मेसिनले गरिदिए हुन्थ्यो भन्ने चाहना हुन्छ। त्यसका अतिरिक्त मानिसहरू उत्तिकै शौखिन पनि भैसकेका छन्। आम्दानी ठीकै भए पनि संसारका हरेक सुविधा उपभोग गर्न चाहने आजको पुस्ताको रोजाइमा कार नपर्ने त कुरै भएन। इन्डियन आइडलको टप फाइभमा पुगेका शिवम्ले समेत आफ्ना ३ वटा महत्वपूर्ण डि्रममध्ये एक राम्रो गाडी चढ्नु रहेको बताएका थिए। निणर्ायकको कुर्सीमा अतिथिका रूपमा उपस्थित इन्डियन स्टार मिथुन चक्रवर्तीले उनको उक्त सपना पूरा गराउने बाचा गर्दै हलबाट बाहिर लिएर गएपछि सबैले अचम्म मानेका थिए। मिथुनले आफ्नो महँगो कारमा कुनै गल्लीको सयर गराएर शिवम्लाई पुनः कार्यक्रमस्थलमा फिर्ता लिएर आए। जसले शिवम्को मनभित्र कार किन्ने उत्साह अझ बढायो।

आजका युवाहरू आफ्नो कमाइको केही प्रतिशत सवारी साधनमा खर्च गर्ने बताउँछन्। कुपण्डोलका प्रशन भन्छन्-'देख्दा आकर्षक सवारी साधनले सबैको ध्यान खिच्ने मात्र होइन स्ट्याटस पनि माथि उठाउँछ। राम्रो गाडी लिएर हिँडेका व्यक्ति र थोत्रो बाइकमा सवार व्यक्तिप्रति गर्ने व्यवहारमा फरक पाइन्छ भने यसले हाम्रो स्ट्याटस मेन्टेन र विश्वासको मामिलामा पनि ठूलो भूमिका खेलेको हुन्छ।' प्रशनका अनुसार कार किन्नुअघि र किनिसकेपछि उनको जीवनस्तरमा आकाश-पातालको परिवर्तन आएको महसुस भएको छ। कार किनेपछि विभिन्न कामका कन्सल्टेन्सी संस्थाहरूले पनि उनलाई पत्याउन थालेका छन्। अहिले युवा वर्गमा स्पोटी कारको माग बढेकाले नेपालमा पनि बाहिर विभिन्न आर्टद्वारा डेकोरेसन गरिएका स्पोटी कार भारी मात्रामा भित्रिएको सिप्रदी टे्रडिङका डेपुटी म्यानेजर बताउँछन्। यसका अतिरिक्त डेकोरेसन गर्न डेढदेखि २ लाख रुपैंयाँ अतिरिक्त खर्च लाग्छ र पनि युवाहरू त्यस्तै डेकोरेसन चाहन्छन्। सिप्रदीको टाटा भिस्टा यस्तै डेकोरेसनमा आउन थालेको छ।

आगामी मिस नेपाललाई उपहारस्वरूप कार  दिने घोषणा गरेर चर्चामा आएको बामा मोटर्स प्रालि का चेरी ब्रान्डका कार पनि फुल अप्सन्स, सुविधा सम्पन्न मोडलमा नेपाल भित्रिएका छन्। बामा मोटर्सका म्यानेजर सुरज भट्टराईका अनुसार चेरीका गाडीहरू सुलभ मूल्यका तर धेरै सुविधायुक्त छन्।
बामा मोटर्स  प्रालि थापाथली






 गुणस्तरीय चाइनिज ब्रान्ड चेरीको नेपालस्थित सोल डिस्टि्रब्युटर्स बामा मोटर्स प्रालिले उक्त ब्रान्डका टिगो एसयुभी, ए-१ र क्युक्यु ३ गरी ३ किसिमका गाडीको बिक्री गरिरहेको छ। फुल अप्सन्सयुक्त यी गाडीहरू सम्पूर्ण सुविधा सम्पन्न छन्। मिस नेपाललाई प्रदान गर्न लागिएको क्युक्यु थ्री कारमा इलेक्ट्रोनिक विन्डो लकिङ सिस्टम, आरामदायी, ६ वटा विविध कलर तथा महिलामुखी अन्य थुप्रै सुविधा छन्। चाइनाको सरकारी कम्पनी चेरीका हरेक उत्पादन गुणस्तरीय भएको प्रालि का डेपुटी जेनेरल म्यानेजर सुरज भट्टराई बताउँछन्। चौबीसै घन्टा सर्भिस भ्यानको सुविधा दिएको बामाले गाडी खरिद गर्ने ग्राहकलाई ३ वर्ष वा ५० हजार किलोमिटरसम्म वारेन्टी सुविधा उपलब्ध गराएको छ। बालाजुमा वर्कसप/सर्भिस सेन्टर रहेको बामाका गाडी खरिदमा बजार प्रचलित ब्याजदरमा फाइनान्सको समेत सुविधा छ। विश्वका ८५ मुलुकमा चेरीका गाडीको बिक्री-बितरण भैरहेको बताउँदै भट्टराई भन्छन्-तसर्थ चेरी विश्वप्रसिद्ध ब्रान्ड हो भन्न करै लाग्छ। हामी ग्राहकलाई दिने सुविधा र गाडीको गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं। सुलभ मूल्यमा अतिरिक्त सुविधा हाम्रो गाडीका विशेषता हुन्। जुन पैसा तिरेर त्यतिका सुविधा अन्य गाडीमा कमै पाइएला।'

  भट्टराईका अनुसार आधुनिक जीवनशैली अपनाउँदै जाँदा सवारी साधन पनि आवश्यकता भैदियो। कतिपयको गाडी चढ्ने ठूलो सपना हुन्छ भने कतिपयको देखासिकी कारण हुन्छ। सहरी क्षेत्रमा रोजगारका अवसर बढ्दै जानु र बैंक तथा बित्तीय संस्थाको लगानी फैलँदै जानुले गाडीको बिक्री चुलिँदै गएको हो। चाडपर्वमा कुनै न कुनै विशेष स्किम ल्याइरहने बामाले यो वर्ष पनि एउटा नौलो स्किम लञ्च गर्दैछ। मासिक १५ वटा गाडी बिक्री गरिरहेको बामाले चाडपर्वका बेला त्यो भन्दा बढी गाडीे बिक्री गर्ने भट्टराईले
बताए।

 सिप्रदी टे्रडिङ प्रालि टेकु

१९९८ देखि नेपालमा टाटाका प्यासेन्जर कारको बिक्री सुरु गरेको सिप्रदी टे्रडिङ नेपालस्थित भारतीय कम्पनी टाटाको सोल डिस्टि्रब्युटर्स हो। टाटाका ८ प्रकारका गाडी हाल नेपाली बजारमा उपलब्ध छन्। सर्वाधिक बिक्री भैरहेको टाटा भिस्टा -डिजेल-पेट्रोल दुवैबाट चल्ने) यो वर्ष टाटाको कार अफ दि इयर भएको सिप्रदीका डेपुटी म्यानेजरको भनाइ छ। किनभने यसमा अन्य गाडीमा नभएका सीटलाई अग्लो, होचो, दायाँ-बायाँ गर्न मिल्ने, स्पोटी लुक्स, लन्डनको फकिए कम्पनीको इन्जिन, हाइवेमा २२ किलो मिटर माइलेज, सुलभ स्पेयर पार्टस्जस्ता अतिरिक्त सुविधा छन्। बेस मोडल, सेमी अप्सन तथा फुल अप्सन्सका गाडीहरू बिक्री गरिरहेकी सिप्रदीमा १२ देखि १५ कलरका गाडी उपलब्ध छन्। नेपालमै सर्वाधिक फराकिलो शोरुम भएको सिप्रदीका अधिराज्यभर ९ वटा शोरुम, २४ घन्टे मोबाइल हेल्पलाइन, ७५ किलोमिटर वा १८ महिनादेखि २ वर्षे वारेन्टी, १ वर्षे इन्स्योरेन्स, १ वर्षे रोड ट्याक्स, प्रचलित व्याजदरमा फाइनान्सको सुविधा, पि|m एसेसरिज, चाडपर्वलाई लक्षित गरेर विशेष स्किम आदि सुबिधा छन्। टाटा इन्डिगो-सिएस, सफारी, टाटा भिस्टा, इन्डिका भी २ लगायतका गाडीहरू सामान्यतया मासिक २ सय ५० तथा चाडपर्वको पिक सिजनमा ४ सय ५० वटा बिक्री गरिरहेको सिप्रदीले अहिले स्पोर्टी लुक्सको टाटा भिस्टा १९ लाखमा बिक्री गरिरहेको छ। यसपटकको कार एक्सचेन्ज अफरमा नेपालभरका टाटाका ९ वटा शोरुममार्फत १ सय १५ वटा गाडी एक्सचेन्ज गरिएको कम्पनीले जनाएको छ। संसार आर्थिक मन्दीले आक्रान्त परेका बेला भारतीय कम्पनी टाटाले ल्यान्डरोभर कम्पनी किनेको उदाहरण दिँदै त्यसैबाट आफ्नो गुणस्तर र सफलता आँकलन गर्न सकिने कम्पनीका निर्देशकले बताए। नेपालभर जहाँसुकै पनि टाटाका स्पेयर पार्टस सहज रूपमा उपलब्ध हुने र हरेक समय रिपेयर सर्भिस भ्यान उपलब्ध भएकाले यसका ग्राहकले अनावश्यक झन्झटबाट सहजै मुक्ति पाउने कम्पनीको दाबी छ। जुलाई ७ तारिख ट्राफिक दिवसका दिन स्कुल बस कसरी चढ्ने, सडकमा गाडी चलाउँदा दुर्घटनाबाट कसरी बच्न सकिन्छ, टर्नमा कसरी मोड्ने भन्ने जस्ता ज्ञानका लागि व्यापक क्याम्पियन गरेको सिप्रदीले नेपालको सामाजिक सेवामा समेत हात बढाएको छ।
         २ वर्षे अवधिमा १ लाख टाटा भिस्टा बिक्री भैसकेको नेपालमा स्पोर्टी कारको माग कति छ भन्ने कुरा यसले प्रमाणित गरेको छ। १६ लाखदेखि ४२ लाखसम्मका गाडी राखिएको सिप्रदीका डेपुटी म्यानेजर भन्छन्-'काठमाडौंको आवश्यकता, रुचि, स्ट्याटस मेन्टेन, बैंकिङ तथा कर्पोरेटहरूका कारण नेपालमा कारको माग बढ्दो छ।' 

वैद्य अर्गनाइजेसन, तीनकुने (टोयोटा):



अन्तर्राष्ट्रिय रूपमै लोकपि्रय तथा गुणस्तरीय जापानी ब्रान्ड टोयोटा ४० वर्षअघि नेपाल भित्रिएको हो। जापनिज टोयोटा ब्रान्डका १५ देखि १८ मोडलका गाडी नेपाली बजारमा उपलब्छ छन्। वाषिर्क  १ हजारदेखि १५ सय गाडी नेपाल भित्र्याउन सफल बैद्य अर्गनाइजेसनले ग्राहकको मागअनुरूपका गाडीहरू झिकाउने व्यवस्था मिलाएको छ। नेपालका सडकमा सर्वाधिक चल्ने हायसदेखि कोरोला, यारिस सेडान, ल्यान्ड क्रुजर स्टेशन वागन, ल्यान्ड क्रुजर प्राडो, एभेन्जा, हाइलक्स, कोस्टर आदि टोयटाका गाडीहरू नेपाली बजारमा देख्न पाइन्छ।

महिलाका लागि उपयुक्त मानिने यारिस, कोरोला तथा राभ-४ मा अन्य कारमा भन्दा अतिरिक्त सुविधा रहेको बताउँदै वैद्य अर्गनाइजेसनकी एक्ज्युकेटिभ डिभिजनल म्यानेजर सहारा केसी बस्न्यात भन्छिन्-यी कारहरूमा फुल अप्सन, महिलाका लागि आरामदायी सिट तथा स्टेयरिङका साथै उच्च गुणस्तरीय पाटपुर्जा प्रयोग गरिएको छ। त्यसैले नेपाली बजारमा यसको माग उच्च छ। टोयोटाका गाडीहरू केही महँगा भए पनि उच्च गुणस्तरीय, टिकाउ, हत्तपत्त नबिग्रने खालका भएको उनको दाबी छ। वाषिर्क रूपमा ९ देखि १२ सय गाडी बेच्न सफल वैद्य अर्गनाइजेसनका काठमाडौं, पोखरा र नेपालगञ्जमा ४ वटा डिलर छन् भने यसको मुख्यालय तथा सबैभन्दा ठूलो शोरुम काठमाडौंको तीनकुनेमा छ। शोरुम तथा डिलर भएका प्रत्येक स्थानमा सर्भिस सेन्टर रहेको टोयटा गाडीका पाटपुर्जा तीनकुनेमै स्टोर गरिएको छ। चाडपर्वलाई लक्षित गरी विशेष अफर तथा स्किम निकाल्ने यो अर्गनाइजेसनले व्यापारलाई मात्र बढावा नदिई महिला दिवसका दिन वुमन्स र्‍याली, खेलाडीलाई गाडी उपहार, विभिन्न कार्यक्रममा सहयोगजस्ता सामाजिक कार्यमा समेत हात बढाएको छ। गुणस्तरीय साधन, कस्टरमर प्रायोरिटी, पि्रभिलेज कार्ड -गोल्डेन टच मेम्बरसीप कार्ड, जुन विभिन्न सुपरमार्केटमा समेत डिस्काउन्डका लागि काम लाग्छ), कारको मोडल हेरी १ वर्षे पि|m सर्भिस, फाइनान्सको सुविधा टोयोटाले उपलब्ध गराउने थप सुविधा हुन्। गोल्डेन मेम्बरसीप कार्ड लिनेहरूका लागि गाडी मर्मत-सम्भार एवं केही निश्चित पार्टस्मा निश्चित छुटको सुविधाका साथै काठमाडौंका केही सुपर मार्केटमा सामान खरिद गर्दा समेत छुटको व्यवस्था छ।

  कार/गाडीको दुनियाँमा नेपालमा सबैभन्दा पहिले भित्रिएको अन्तर्राष्ट्रिय ब्रान्ड टोयटाले गुणस्तरमा आफ्नो ध्यान केन्दि्रत गरेको छ। सहाराका अनुसार गाँस, बास र कपासपछिको पहिलो आवश्यकता बनिसकेको गाडीको माग पछिल्लो समयमा ह्वात्तै बढ्नुमा मानिसहरू सुखपूर्वक आरामदायी जीवन जिउन चाहनु, स्तर मेन्टेन गर्ने टे्रन्डका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहयोग मुख्य हो।  




Monday, November 15, 2010

संसारका सर्वाधिक महँगा कार

सन् १९८७ मा बुगातीको रोयल केल्नर कार ८७ लाख डलरमा बिक्री हुँदा अन्य कार उत्पादकले आश्चर्य मानेका थिए। त्यो समयमा यत्रो मूल्यमा कार बिक्री हुनु एउटा आश्चर्य नै  मानिन्थ्यो। हुन त अहिलेसम्म पनि सम्भवतः यति उच्च मूल्यमा कमै कार बिक्री भएका छन्। कारको संसारमा धेरै थोरै कारले नसोचेको मूल्य पाएका छन्। यस्ता कार सडकमा कमै  गुड्छन् तर जति गुड्छन् ती कारले पारखीहरूको ध्यान आकृष्ट भने गरेकै हुन्छन्। यस्तै यो वर्ष अत्यधिक मूल्य तिरेर सडकमा गुड्न सफल कारहरूः


बुगाती भेरोन ः प|mान्समा निर्माण हुने इटोरी बुगाती कम्पनीले निर्माण गर्ने कार विश्वकै महँगो कारको श्रेणीमा पर्छ । यो कम्पनीले अन्य कार उत्पादकले जस्तो संख्यात्मक बिक्रीमा  जोड नदिइ गुणस्तर कायम गरेर थोरै कार मात्र बिक्री गर्छ । बुगातीको भेरोन मोडलको कारको अहिले अन्तर्राष्ट्रिय बजार मूल्य १७ लाख डलर -११ करोड ९० लाख रुपैयाँ) छ । यो  कारलाई अहिले सर्वाधिक तीव्र गतिमा गुड्ने कार पनि मानिन्छ । यसले २ दशमलव ६ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ । यसको गति २ सय ५३ किलोमिटर  प्रतिघन्टा छ ।


लाम्बोर्गिनी रेभेन्टोन इटालीको कार निर्माता कम्पनी लाम्बोर्गिनीले सन् २००८ मा उत्पादन गरेको लाम्बोर्गिनी रेभेन्टोन स्पोर्ट्स कार अहिले विश्वको दोस्रो महँगो कार मानिन्छ । यो  कार लाम्बोर्गिनीले उत्पादन गरेका कारहरूमध्ये दोस्रो महँगो कार हो । यो कारले ३ दशमलव ३ सकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने २ सय ११ किलोमिटर  प्रतिघन्टाको गतिमा गुड्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य १६ लाख डलर -११ करोड २० लाख रुपैयाँ) छ ।


फरारी इन्जो ः इटालीको कार निर्माता कम्पनी फरारीले उत्पादन गरेको इन्जो कार विश्वको चौथो सर्वाधिक महँगो कार मानिन्छ । २ सय १७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने  यो कार ४ सयवटा मात्र उत्पादन भयो । उत्पादन भएर बजारमा आउँदा ६ लाख ७० हजार डलर -४ करोड ६९ लाख रुपैयाँ) मा बिक्री भएको यो कारको मूल्य बढेर अहिले १०  लाख डलर -७ करोड रुपैयाँ) छ ।


म्याकलरेन एफ-१ बेलायतको रेसिङ कार निर्माता म्याक लरेनले सन् १९९४ मा सर्वाधिक तीव्र गतिमा कुद्ने कार निर्माण गरेर आफूलाई सर्वाधिक महँगो कार निर्माताका रूपमा  प्रस्तुत गरेको थियो । यो वर्ष भने यो कार निर्माता तेस्रो स्थानमा छ । म्याकलरेनले पछिल्लो समयमा निर्माण गरेको एफ १ कार ३ दशमलव २ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको  गति लिन सक्छ भने यो कार २ सय ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्छ । एफ-१ को अन्तर्राष्ट्रिय बजार मूल्य ९ लाख ७० हजार डलर -६ करोड ७९ लाख रुपैयाँ) छ ।


सलिन एस-७ ट्वीन टुर्बो ः अमेरिकीहरूको चाहनाअनुसार कार निर्माण गर्ने सलिन कम्पनीले निर्माण गरेको ट्वीन टुर्बो विश्वकै तेस्रो तीव्र गतिमा कुद्ने कार मानिन्छ । यो कार  चलाउँदा अमेरिकी नागरिक हुनुको गर्व महसुस हुने चर्चा चलेपछि यसले अझ लोकपि्रयता पायो । २ सय ४८ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय मूल्य ३  करोड ८८ लाख रुपैयाँ छ ।


एसएससी अल्टिमेट एरो ः अमेरिकी कार निर्माता एसएससीले निर्माण गरेको अल्टिमेट एरोको उत्पादन पनि निकै कम संख्यामा गरियो । बुगातीको जस्तै २ दशमलव ७ सेकेन्डमै ६०  किलोमिटर प्रतिघन्टाको स्पिड लिने यो कार २ सय ५७ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ५८ लाख रुपैयाँ छ ।


पागानी जोन्डा सी-१२ एफ ः इटालीका कार निर्माताहरूमध्ये त्यति ठूलो नमानिने कम्पनी पागानीले निर्माण गरेको सी-१२ एफ पाँचौं तीव्र गतिको कार हो । २ सय १५ किलोमिटर  प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ४ करोड ६७ लाख रुपैयाँ छ ।


कोइनिगसेग सिसिएक्स ः स्वीडेनको कार निर्माता कम्पनी कोइनिगसेसले उत्पादन गरेको सिसिएक्स मोडलको कार अहिले विश्वको चौथो तीव्र गतिमा कुद्ने कार मानिन्छ । २ सय ४५  किलोमिटर प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड ८२ लाख रुपैयाँ छ ।




मर्सिडिज बेन्ज म्याकलरेन रोडस्टेर ः जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले उत्पादन गरेको रोडस्टेरलाई तीव्र गतिको अटोमेटिक कार मानिन्छ । २ सय ६ किलोमिटर  प्रतिघन्टाको गतिमा कुद्ने यो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड ४६ लाख रुपैयाँ छ ।


पोर्चे कारेरा जिटी ः जर्मनीको कार निर्माता कम्पनी पोर्चेले उत्पादन गरेको करेरा जिटी विश्वको १० औं महँगो कार मानिन्छ । रेसिङ कारको स्टाइलमा निर्माण गरिएको यो कार २  सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । यो कारको अन्तर्राष्ट्रय बजार मूल्य ३ करोड ८ लाख रुपैयाँ छ ।

दैनिक चार सयसम्म एसएमएस

एक दिनमा एक जनाले मोबाइल फोनबाट कति वटासम्म एसएमएस गर्लान् ? रेडियो कार्यक्रमहरूमा पुरस्कार जित्न केहीले सय पटकसम्म एसएमएस गर्लान्, तर विराटनगरका एक युवकले दैनिक सयदेखि ४ सय वटासम्म एसएमएस  गर्दै आएका छन् । उनी हुन् पत्रकार महासंघ मोरङका कार्यालय सचिव दीपक फुयाँल । उनले पत्रकारहरूलाई कुनै पनि कार्यक्रमको निम्तो दिन यसरी एसएमएस गर्ने गरेका हुन् । विराटनगरमा हुने प्रायः सबैजसो कार्यक्रमका लागि  पत्रकारलाई बोलाउनुपर्‍यो भने आयोजकले दीपकको सहयोग लिने गरेका छन् । २ सय रुपैयाँको रिचार्ज कार्ड दिएपछि दीपकले एउटा कार्यक्रमका लागि सय जना पत्रकारलाई एसएमएस गरिदिन्छन् ।

'एक दिनमा चारवटासम्म कार्यक्रम पर्छ, चारवटा कार्यक्रमको निम्तो दिन दिनमा चार सय पटकसम्म एसएमएस गर्नुपर्ने हुन्छ, ' दिपकले भने-'पहिलेको तुलनामा मोबाइल फोन आएपछि निम्तो पुर्‍याउन निकै सजिलो भएको छ ।' ३२ वषीर् य दीपकले एक वर्ष अघिबाट यसरी एसएमएसमार्फत निम्तो दिन थालेका हुन् । १ सय वटा एसएमएस पठाउन आधा घण्टा लाग्ने बताउने दिपकले कहिलेकाहीँ त दुई घण्टा एसएमएसमै खर्चनुपर्ने हुन्छ ।

रमाइला ट्रक साहित्य

सवारी साधनबिना गन्तव्यसम्म पुग्न गाह्रो छ। आफ्नो सवारी साधन भए पनि लामो यात्रामा हिँड्न भाडाका सवारी साधन चाहिन्छ। यद्यपि यी सवारी साधन गन्तव्यमा पुर्‍याउने साधन मात्र रहेनन्, यो साहित्यको खानी पनि भैसकेको छ। ट्रक-बसका पछि लेखिएका रमाइला कविता-सायरीले कहिलेकाहीँ राम्रैसँग हँसाउँछन् भने कहिले भित्रैदेखि कुतकुती लगाइदिन्छन्। केहीमा गम्भीर सन्देश हुन्छ भने कतै रमाइला व्यंग्य पनि देख्न पाइन्छ। सधैं यात्रामा रहने सवारी साधनका चालक एवं सहयोगीहरूको मनोविज्ञान पनि यी मुक्तक-सायरीमा पाइन्छन्। सायद त्यसैले विश्लेषकहरूले यसलाई ट्रक साहित्यको छुट्टै विधाका रूपमा व्याख्या गरेका छन्। भारतीय लेखक अमर यादवले गाडीपछाडि लेखिएका यस्ता चुट्किला र सायरीहरू संकलन गरेर एउटा पुस्तक नै तयार पारेका छन्। सानो मुलुक र कम सवारी साधन भए पनि नेपालमा ट्रक साहित्यको प्रभाव राम्रैसँग परेको देखिन्छ। आउनुहोस्, दसैंको फुर्सदमा साप्ताहिकले फेला पारेका केही रमाइला कविता, मुक्तक, सायरी तथा टुक्काहरूको स्वाद लिऔं।


फूल सम्भिmए बास्ना दिन्छु,


सिस्नु सम्भिmए काँडा ।


आफ्नो सम्भिmए माया दिन्छु,


विरानो सम्भिmए टाढा ।।

उकाली होस् वा ओराली होस्

बाटैमा ससुराली होस् ।

गोरी होस् वा काली होस्

ससुरालीमा एउटी साली होस् ।।



जलादे उन हसिनोको

जो खुदपे नाज करती है,

गिराके जुल्फ गाल पे

जो ड्राइभरको बदनाम करती है।



जनकपुरको माछा मलेखुमा पिस ।

अरूलाई मुस्कान ड्राइभरलाई किस ।।



तिम्री छोरी नै आँखा लाउँछिन् त

हाम्रो गुरुजीको के दोष ?



जँड्याहालाई खोज्ने केवल दुई ठेगाना

कि त भट्टीमा कि त पुलिसचौकीमा ।



ढिलो गए साहूले पैसा कमाउने

छिटो गए त्रिशूलीको माछा रमाउने ।



राजनीतिको कुरा नगर यहाँ,

यो गाडी हो देश होइन ।

झूटो बोल्ने बानी छैन

म खलासी हुँ प्रचण्ड होइन ।



ब्रेक लगाए गाडी रोकिन्छ

कन्डम लगाए एड्स जोगिन्छ ।



गाडी चलाऊ होसमा

कन्डम लगाऊ जोसमा ।



हर्न मै छ तिम्रो भाऊ

अगाडि जाने छ, तिम्रो दाउ

बिस्तारै आउ भन्दिया छ,

कारण उताबाट आउँदैछ, तिम्रो बाउ ।

जल्ने जलिरहन्छ

२३४२ चलिरहन्छ ।



चल्ती है गाडी उड्ती है धूल

ड्राइभरसे प्यार करना लड्कीका भूल ।



ओ ब्रो बालै भएन,

स्वास्नी पोइला गै थाहै भएन ।



वान वान टर्निङ, वान वान वाइफ

ड्राइभरको जिन्दगी गोल्डेन लाइफ ।



तरुनी मुसुक्कै, पैसा भुसुक्कै ।



श्रीमती राख्नु टिपटप

दुइटा बच्चापछि फुलिस्टप ।



जिन्दगी त खलासीको राम्रो ।

खलासी ?

ख माने खायो

ला माने लायो

सी माने सिध्यायो ।



फूल दिउ“m भने पात छैन

मुस्कान दिउ“m भने

अगाडिको दाँत छैन ।

बुरी नजरबाले तेरा बच्चा जिए

ठूला भएपछि तेरै खुन पिए ।



रगत दिने भए अस्पतालमा देऊ

सडकमा होइन ।



बार्‍हको फूल, चौबीसको माला

साहूको छोरा, ड्राइभरको साला ।



दम है तो क्रस कर,

नही तो बरदास्त कर ।



मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन

ड्राइभरका केटी धेरै हुन्छन्, खलासीको हुँदैन ।



मत सताओ लड्कीको पाप लगेगा

तु भि एकदिन लड्कीका बाप बनेगा ।



खुदा तु ने पलती कम्मर क्यो बनाइ

क्या चमडी कम था ?



वह किताब क्या किताब

जिसपे कोही कभर नही

वो लड्की क्या लड्की

जिसका कोही लभर नही ।



चाँदनी रात बितति जा रहि है

उल्लुकी पठ्ठी तुम कव आरहि है ?

आँखामा आँसु भए पनि

मुस्कान दिएर चढ

तिमी मेरी कान्छी बूढी भए पनि

भाडा दिएर झर।



जीवन हो कहिलेकहीँ मोज गर्नु

तर हरेक मोडमा परिवारलाई याद गर्नु ।



मैले तिमीलाई माया गरे अबला सम्झेर

तिम्रो बुवाले कुट्यो मलाई तबला सम्झेर ।



रिसाएर आँखा तरे तरे जस्तो लाग्छ,

होइन फेरि एकछिनमा

माया गरे गरे जस्तो लाग्छ ।



याद गर्नुपर्ने कुरा

राम्रो व्यवहार गर्नू ः नोकर गरिब र ठूला व्यक्तिलाई ।

गर्न नभुल्नू ः उपकार, उद्देश्य र उदारता ।

याद राख्नू ः सत्य वचन र कर्मलाई ।

सम्मान गर्नू ः माता, पिता र गुरुलाई ।

सानो नसम्झनू ः रोग, कर्जा र सत्रुलाई ।

टाढा रहनू ः हिंसा र निद्राबाट ।



पहाडको बाटो ड्राइभरको मर्म बुझेन कसैले

ट्रकमै जाऊँ है भनेको कान्छीलाई लगेछ बसैले ।



भजन गाउने ओठभन्दा

परिश्रम गर्ने हात पवित्र हुन्छन् ।



आयु

केही साथीभाइको हिसाबमा गयो,

केही अंशबन्डामा गयो ।

केही जिन्दगीको भोगाइले निकालिदियो

बाँकी तिम्रो सिन्दुरले पुछिदियो ।



आँखा लाइस् कि जुत्ता खाइस् ।

सपिङको नयाँ स्टाइल

जापानमा रहँदा मोबाइल फोनबाटै बस वा प्लेनको टिकट, सपिङ मलमा उपभोग्य वस्तु खरिद, रेस्टुराँमा खाएको बिल पेमेन्टजस्ता सबै सुविधा लिएका दिनेश मानन्धर नेपाल फर्किएपछि अचम्ममा परे । 'यहाँ त मोबाइलफोन म्युजिक र इन्टरनेटका लागि मात्र उपयोग गरिँदो रहेछ ।' अमेरिकाको नासाजस्तै जापानको जाक्साका रिसर्चर डाक्टर दिनेश मानन्धरले नेपाल फर्किएपछि सुनाए- 'नेपालमा मोबाइल फोनको प्रयोग बढे पनि अझै जीवनशैली बन्न केही समय लाग्ने रहेछ ।' दिनेशका अनुसार विकसित मुलुकहरूमा मोबाइल फोनलाई नै डेविट कार्डसरह उपयोग गर्न सकिन्छ । सबै कामका लागि मोबाइल फोन उपयोग गर्ने र मोबाइल फोन सेवामार्फत नै एकमुस्ट भुक्तानी गर्न पाउने सुविधा त्यहाँ छ । 'मैले यहाँको मोबाइल फोनबाट फोन उठाउनेबाहेकको सर्भिस लिएको छैन,' उनले भने-'इन्टरनेट नै एकदमै स्लो भएकाले अन्य कामका लागि मोबाइल उपयोग गर्ने कुरा सोच्न पनि सकिँदैन ।' उनले नेपालमा मोबाइल बैंकिङ सुरु भएकाले अब मोबाइल फोनमार्फत कारोबार बढ्न सक्ने बताए ।

सम्भवतः दसैंअघि भाटभटेनी अनलाइन डटकम सञ्चालन आए कसैले सपिङ गर्न बजार निस्कनु पर्दैन । भाटभटेनी अनलाइन डटकममा गएर आफूलाई चाहिएका सामान अर्डर गरे ती सामान केही समयभित्रै घरमै आइपुग्नेछन् । 'यो सेवाका लागि लगभग सबै तयारी पुरा भैसकेको छ, अब त्यसले औपचारिकता मात्र पर्खिरहेको छ ।' भाटभटेनी अनलाइन डटकमका लागि विद्युतीय माध्यमबाट कारोबार सञ्चालनको सहयोगमा काम गरिरहेको ई-सेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने- 'केही उत्पादनको लिस्ट छुटेकाले थप्ने काम भैरहेको छ, प्राविधिक कार्य पूरा भैसकेपछि भाटभटेनी अनलाइन डटकम सञ्चालनमा आउनेछ ।' सपिङ मलका रूपमा ख्याति कमाएको भाटभटेनीमा नुनदेखि सुनसम्म र जीरादेखि हीरासम्म पाइन्छ । यी सबै सामग्री खरिद गर्न भाटभटेनी पुग्नु नपरोस् भनेर अनलाईनमार्फत सर्भिस दिन लागिएको ई-सेवाका विश्वास ढकालले बताए । ढकालका अनुसार यो सेवाअन्तर्गत १० हजारभन्दा कम पैसा बिलिङ भए उपभोक्ताले सर्भिस चार्जबापत २ सय ५० रुपैयाँ बुझाउनुपर्नेछ भने १० हजारभन्दा माथिको कारोबार भए भाटभटेनीले निःशुल्क डेलिभरी सेवा दिनेछ ।

अहिले कुमारी बैंकले सुरु गरेको मोबाइल बैंकिङले पनि सपिङका लागि नयाँ ट्रेन्ड विकास गरेको छ । कुमारी बैंकमा खाता रहेका उपभोक्ताले नगद बोकेर सपिङ मल पुग्नुपर्दैन । ग्राहकले सपिङ गरेको ठाउँबाटै बैंकलाई एउटा एसएमएस पठाए, बैंकले इ-पेमार्फत पेमेन्ट गरिदिन्छ । भाटभटेनी सपिङ मलमा यसको सफल प्रयोग भैसकेको छ । अहिले लगभग एक दर्जन बैंक मोबाइल बैंकिङमा जाने तयारी गरिरहेका छन् । 'मोबाइलमार्फत नै सबै प्रकारका कारोबार गर्न मिल्छ,' कुमारी बैंकका प्रशासकीय प्रमुख सुरेश कुमार कर्णले भने- 'मोबाइल बैंकिङको पूर्ण तहको सेवा तिहारअघि सुरु हुनेछ ।' कुमारी बैंकको खातामा भएको पैसा अहिले नै मोबाइल फोनमा ट्रान्सफर गर्न सकिन्छ, जुन उपभोक्ताले आफ्नो कामका लागि उपयोग गर्ने तथा चाहेको समयमा विड्र गर्न सक्छन् ।

नेपालमा ई-सेवाले लोकल पेमेन्ट गेटवे ई-पे तयार गरेपछि विद्युतीय माध्यमका आर्थिक कारोबार सहज भएको हो । ई-पे लोकल पेमेन्ट गेट वे हो, ई-पेका लागि उपभोक्ताले ई-सेवाको सदस्य भएर त्यहाँ आफ्नो रकम बैंकमार्फत जम्मा गरे पनि सबै प्रकारका कारोबार सम्भव हुन्छ । ई-सेवाले हाल अनलाइनमार्फत नेपाल टेलिकम, खानेपानी तथा विद्युत् प्राधिकरणको बिल तिर्ने सुविधा पनि उपलब्ध गराएको छ । ई-सेवाअन्तर्गत भीआईपी कल कार्ड, स्कुल कलेजको बिल भुक्तानी, आईएसपी बिल पेमेन्ट, इन्स्युरेन्स पि्रमियम पेमेन्ट, क्रेडिट कार्ड बिल पेमेन्ट, चिकित्सक अनलाइन अप्वाइन्टमेन्ट आदि सुविधा लिन सकिन्छ ।

करिब एक दशकअघि ठमेल डटकम तथा मुन्चा डटकममार्फत अनलाइन पेमेन्ट गेटवेमार्फत विदेशमा भएकाहरूले नेपालमा हुनेहरूलाई उपहार पठाउने चलन सुरु भएको थियो । ई-कमर्सको यो अवधारणा लोकल पे-पाल सिस्टम नहुँदा राम्रोसँग फस्टाउन सकेको थिएन । ई-सेवाले ई-पे लोकल पे-पाल विकास गरेपछि अहिले १ सय २५ वटा ट्रेड तथा सेवा प्रदायकको भुक्तानी अनलाइनमार्फत सहज भएको हो । 'हामीले आठ वर्षअघि विदेशमा भएकाहरूले पेमेन्ट गर्दा काठमाडौंमा बस्नेहरूलाई दसैंमा खसी-बोका पुर्‍याएका थियौं,' ठमेल डटकमका कार्यकारी प्रमुख वालकृष्ण जोशीले भने- 'ई-कमर्सको यो अवधारणा अहिले विस्तार त भएको छ, तर यसको सीमितता छ, हामी अहिले आफ्नो स्रोत संरचनाभन्दा बढीको व्यवसाय गरिरहेका छौं, तर आमउपभोक्ताको हकमा भने यो सेवा अझै पुग्न सकेको छैन ।'

'जुनसुकै ई-कमर्स वेबसाइटमा भएका उपभोग्य सामग्री खरिद गर्न चाहे अब ई-सेवा ई-पेलाई सम्भिmए पुग्छ ।' इसेवाका प्रबन्ध निर्देशक ढकाल भन्छन्- 'ई-पेमार्फत ई-कमर्स व्यवसाय गर्नेले भुक्तानी पाउने भएकाले उनीहरूले उपभोक्तालाई सहज ढंगले सामग्री पुर्‍याउन सक्छन् ।' ढकालका अनुसार लोकल पे पाल नहुँदा उपभोक्ताले ई-कमर्स व्यवसायीको वेबसाइट हेरेर मात्र चित्त बुझाउनुपथ्र्यो ।

ठमेल डटकम, इ बे डटकम, मुन्चा डटकमजस्ता आधा दर्जन ई-कमर्स व्यवसायीले अहिले पनि आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, दसैं, नयाँ वर्ष तथा भ्यालेन्टाइन डेमा आफन्तलाई उपहार पठाउन चाहने विदेशमा रहेका नेपालीहरूका लागि सेवा उपलब्ध गराइरहेका छन् । आमाको मुख हेर्ने दिन हामीले एक दिनमै १ हजार १ सय उपभोक्ताको घरमा उपहार पुर्‍याएका छौं, ठमेल डटकमका जोशी भन्छन्- 'यो ठमेल डटकमको स्रोत-साधनअनुसार ठूलो उपलब्धि हो ।'

ई-सेवाको खातामा पैसा जम्मा हुनेहरूका लागि अर्को खुसीको खबर छ, उनीहरूले केही दिनभित्रै एसएमएसमार्फत सबै किसिमका कारोबार गर्न पाउनेछन् । 'हो, हामी अब एम-सेवा पनि ल्याउँदैछौं,' ई सेवाका ढकालले भने- 'एम सेवा अर्थात् मोबाइल सेवा भच्र्युअल पर्स हो, जसमा भएको पैसा जुनसुकै प्रयोजनमा भुक्तानी गर्न मिल्ने खालको हुने ढकालले बताए । हाल एम सेवाको परीक्षण भैरहेको छ । एमसेवासँगै ११ वटा बैंकसंगको आर्थिक कारोबार पनि सहज हुनेछ, उपभोक्ताले चाहेको खण्डमा बैंकको पैसा एम सेवामा ट्रान्सफर गरे घर बसीबसी सबै सुविधा हासिल गर्न सकिन्छ ।

ठूला चाडपर्व आउँदा बजारमा जुन किसिमको भीड हुन्छ, त्यसलाई नियन्त्रण गर्न अनलाइन ई-कमर्स ट्रेडको व्यवसायले सहयोग पुर्‍याउने व्यवसायीहरू बताउँछन् । तपाईंलाई कुनै मोबाइल मन पर्‍यो भने तुरुन्तै पे-पालमार्फत पेमेन्ट गर्दा जुन स्थानमा हुनुहुन्छ त्यही पुर्‍याउने सुविधा पनि उपलब्ध भैसकेको छ । ठमेल डटकमले इन्टरनेट भएका केही स्थानमा मानिस बेखर्ची भएको अवस्थामा इन्टरनेटमार्फत डेबिट क्रेडिट कार्ड सर्भ गरेर पैसा निकाल्न मिल्ने सुविधा पनि मिलाएको छ । खासगरी महावीर पुनले इन्टरनेट पुर्‍याएका स्थानमा पदयात्रामा निस्किएकाहरू बेखर्ची भएको अवस्थामा पदयात्रीले कार्डमार्फत पैसा लिन सक्छन् ।

विदेशमा रहेकाहरूलाई लक्षित गरेर  दसैंमा खसी बोका उपहार पठाउन खसीबोका डटकम पनि सञ्चालनमा आएको छ । दसैं तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूलाई मध्यनजर गरी खसीबोका र सन्देश पुर्‍याउने उद्देश्यले जानकी टेक्नोलोजीले यो वेबसाइटको विकास गरेको हो । यसअघि मुन्चा र ठमेलले उपलब्ध गराइसकेको यो सुविधामा विशुद्ध खसी-बोकाको मात्र अनलाइन कारोबार गर्नेमा जानकी पहिलो भएको जानकीका प्रमुख कार्यकारी अमित अग्रवाल बताउँछन् । अमेरिका, अस्ट्रेलिया, युरोप, खाडी मुलुकजस्ता क्षेत्रमा रहेका नेपालीहरूले खसीबोका डटकममार्फत आफ्नो घरमा खसी-बोकासमेत उपहार पठाउन सक्छन् ।

अनलाइन ई-कमर्स बेवसाइटहरूले वेबसाइटबाटै दसैं उपहार कार्यक्रम पनि सुरु गरेका छन् । ठमेल, मुन्चा हाउस डटकमका अतिरिक्त, काठमाडौं मार्ट डटकम, नेटफर नेपाल डटकमलगायतका आधा दर्जन इकमर्स वेबसाइटले यो सेवा सञ्चालनमा ल्याएका हुन् । यो खासगरी एनआरएनहरूलाई लक्षित कार्यक्रम हो, व्यवसायीहरूका अनुसार तर ई-सेवामार्फत नेपालमा बस्ने नेपालीहरूले पनि यो सेवा उपयोग गर्न सक्छन् । व्यवसायीहरू बजार मूल्यमै घरघरमा सामग्री पुर्‍याइदिने दाबी गर्छन् । मुन्चा हाउसले सामान अर्डर आएको ७२ घण्टाभित्र सेवा उपलब्ध गराइसक्ने बताएको छ । गत वर्ष अनलाइन सपिङमार्फत ३० करोडको कारोबार भएको बताउने व्यवसायीहरू यो वर्ष त्यसमा उल्लेख्य वृद्धि हुने अनुमान गर्छन् ।

बडादसैंको प्रसाद जमराको वैज्ञानिक महत्त्व

बडादसैंको पहिलो दिन दसैंघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरूपको पूजा  गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दसैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप टीकासहित  लगाउने परम्परा छ ।


संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र  प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा  मानिएको छ । गीतामा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् औषधीहरूमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमद्भागवत् महापुराणमा  पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्त्व परापूर्वकालदेखि नै थियो ।


वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम छैन । आयुर्वेदिक ग्रन्थहरूमा जांै र अंकुरित जौबाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ । विविध  रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो  भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर  भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ ख्वाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् । हाम्र्रा गाउँघरमा अझै  पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ ।


अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा  पौष्टिक तत्त्व तुलनात्मक रूपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरूले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूको सफल उपचार गरिसकेका छन् ।  प्रशस्त औषधीय गुण पाइने हुनाले


पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रूपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

आपत्कालीन अवस्थाको ब्रा

सन् २००९ मा इग नोबेल पब्लिक हेल्थ पुरस्कार पाउन सफल डा. एलिना ब्रोडनरले तयार पारेको ब्राले लोकप्रियता पाइरहेको छ । ब्रोडनरले तयार पारेको ब्रा महिलालाई  आकर्षक देखाउन मात्र सफल छैन, यो आपत्कालीन अवस्थामा मास्कका रूपमा समेत प्रयोग गर्न सकिने किसिमको छ । सन् १९८६ मा भएको चेर्नोविल ग्यास दुर्घटना  तथा सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट पाठ सिकेर ब्रोडनरले दोहोरो प्रयोग गर्न सकिने किसिमको ब्रा निर्माण गरेकी हुन् । उनले निर्माण गरेको  ब्रा सामान्य अवस्थामा महिलाले लगाउन मिल्छ भने आपत्कालीन अवस्थामा मास्कका रूपमा प्रयोग गर्न सकिन्छ । यो ब्राले धूवाँ, धूलो र केही हानिकारक ग्यासहरूलाई  समेत फिल्टर गर्न सक्छ । यो ब्राको मूल्य अन्तर्राष्ट्रिय बजारमा २ हजार २ सय रुपैयाँ पर्छ ।

Thursday, November 4, 2010

परदेसी भाईको दुख


आउछुँ बहिनी तिहारमा , फूल माला गाँस्नु
रमाई रमाई देउसी भैलो , सगैं तिमी नाच्नु
धानका बाला खेतहरुमा ,पाखोबारी कोदो
मखमली फूल राम्रो , गर्नु बहिनी जोहो



महिना बर्ष गन्दै थिएँ , धरै बर्ष देखि
छुट्टी माग्दा नदिएर , झारयो साहुले सेखी
काम धन्दा सबै छोडि , बहिनी म आउदैछु
पासपोर्ट टिकट पाउनलाई , अफिस धाउदैछु



फुलबारीमा फुले होलान , ढकमक्क फूल
देउसी भैलो खेल्न गाउले , बाध्दै होलान हुल
आमा बुबा बाटो हेर्लान ,भारी मन पारी
आउछु बहिनी दुई चार दिनमै , बस्नु मनलाई खारी






भाई , बुबा आमा , खुशी हुनु अब
दीपावली गरौला नि , मिलि हामी सब
हास्दै खेल्दै रमाइलोमा , देउसी भैलो गाउला
टीका लगाई खुशी बाड्दै , पिङ खेल्न जाउला






फुलै फूलको माला बहिनी , मिलाई मिलाई गास्नु
सप्तरंगी टीका लगाई , चेली माइती हास्ने
सबै मिली रमाउला , दिदी बहिनी साथमै
विदेश अब जान्न चेली ,बस्छु सधै गाथमै