Pages

Tuesday, December 6, 2011

दस वर्षमै आमा

 
मेक्सिकोमा एक १० वर्षीय बालिकाले ३१ साताको गर्भपछि शिशु जन्माएकी छिन्। चिकित्सकहरूका अनुसार आमा र बच्चा अहिले स्वास्थ्यका  दृष्टिकोणले खतरा मुक्त भए पनि कलिली आमाको भविष्य के हुने हो भन्ने कुरामा निश्चिन्त हुन सक्ने अवस्थामा छैन। मेक्सिकोमा १२ वषर् मुनिका बालिकाले आफूलाई यौन हिंसा भएको प्रमाणित नगरी गर्भपतन गर्न नसक्ने कानुन छ। त्यहाँ बालिकाले आफूविरुद्ध यौन हिंसा भएको  प्रमाणित नगरी गर्भपतन गरे आजीवन कारावासको सजाय भोग्नुपर्छ। यही कारणले यौन हिंसामा परेका बालिकाले हिंसा प्रमाणित गर्ने बे लासम्ममा आफूलाई आमाका रूपमा पाइसकेका हुन्छन्। ती १० वर्षीय बालिका-आमाको हकमा पनि यही कुरा लागू भएको छ। उनलाई  बलात्कार गर्ने पुरुष फेला पर्न नसक्दा मुद्दाले आकार लिन सकेन जसका कारण उनले निश्चित समयमा गर्भपतन गराउन पाइनन्। प्रहरीले  अहिले उनीमाथि यौन हिंसा गर्ने पुरुषको खोजी गरिरहेको छ। मेक्सिकोमा गत वर्ष पनि एक ११ वर्षीय बालिकाले एक शिशुलाई जन्म दिएकी  थिइन्। उनी आफ्नै सौतेलो बाबुबाट यौन हिंसाको सिकार भएकी थिइन्। यौन हिंसा भएको ३ महिनाभित्र बालिकाले उजुरी गर्नुपर्नेमा सन्तान  जन्माउने क्रममा ९ महिना नाघेका कारण मुद्दा खारेज भएको थियो।

No comments: