Pages

Tuesday, December 6, 2011

गिनिज बुक रेकर्डको पर्खाइमा

 
'बोल्न त सजिलै हुन्छ तर मिलाएर भन्दै लम्ब्याएर बोल्न अझ कठिन हुँदो रहेछ।' गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन ३६ घण्टा  निरन्तर भाषण गरेको २३ वषर्ीया युवती प्रमिला देउजाले भनिन्, 'पढेर, बुुझेर तयार भएपछि कुरा त सकिँदो रहेनछ।' करिब चार महिनाअघि  मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा अभ्यासस्वरूप २४ घण्टा भाषण गरेकी देउजाले गिनिज बुकमा नाम रेकर्ड गराउन ३६  घण्टे भाषण गरेकी हुन्।

तालामाराङ, सिन्धुपाल्चोकमा जन्मिएकी देउजा विकासानन्दकी चेली हुन्। अमेरिकाको माइक प|mेजियरले सन् २००९ मा गरेको २८ घण्टे  भाषणको रेकर्ड तोड्न देउजाले बैतडीमा १२ र मोरङ शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा २४ घण्टा निरन्तर अभ्यास भाषण गरेकी  थिइन्।

अभ्यास भाषणसँगै गिनिज बुुक अफ वल्ड रेकर्डका लागि इमेलमार्फत प्रक्रिया सुुरु गरेकी देउजाले गिनिज बुकको कार्यालय, लन्डनको  सल्लाहअनुसार काठमाडौं बानेश्वरस्थित इपिएस बोर्डिङ स्कुलको मैदानमा २०६८ असोज ६ गते बिहान ८ बजेदेखि ७ गते बेलुका ८  बजेसम्म निरन्तर ३६ घण्टा भाषण गरेर अमेरिकी नागरिक प|mेजियरको रेकर्ड तोडेकी हुन्। भाषण कार्यक्रमको उद्घाटनमा प्रहरी अतिरिक्त  महानिरीक्षक कुुबेरसिंह राना तथा समापनमा ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको उपस्थिति थियो।

सफलताको कथा, सकारात्मक सोच, योग, स्वास्थ्य, बाँच्ने कला, मेमोरी पावर, आध्यात्म कथा, इतिहास, मानव मस्तिक आदि विषयमा  निरन्तर ३६ घण्टासम्म सफल भाषण गरेकी देउजा भन्छिन्, 'कुनै सामान उचाल्दाभन्दा बोल्दा बढी इनर्जी खर्च हुन्छ, तर संकल्प भए पनि  ३६ घण्टा भाषण सकिँदो रहेछ।'

१ घण्टामा ५ मिनेट ब्रेक गर्न पाउने र भाषण दोहोर्‍याउन नपाउने नियमअनुसार पानी र जुुसमात्र खाएर भाषण गरेको देउजाले बताइन्।  गिनिज बुकमा नाम लेखाउन गरिएको अभ्यासको जानकारी र काठमाडौंमा भएको अन्तिम भाषणको भिडियो रेकर्डसहित सम्पूर्ण सामग्री  गिनिज बुकको कार्यालय पठाइसकेकाले पुरानो रेकर्ड तोडिएको प्रमाणपत्रको पर्खाइमा छिन् देउजा।

काठमाडौंमा ३६ घण्टे भाषण गरेर पूर्व आएकी देउजाले एक घण्टापछि पाँच मिनेट पानी पिउन, शौचालय जान समय उबार्नुपर्ने भएकाले  समयको महत्वका बारेमा आफूले नयाँ ज्ञान पाएको बताइन्।

No comments: