Pages

Tuesday, December 6, 2011

पानीमा मोबाइल डुबे

 
मोबाइल कुनै पनि बेला टोइलेट होस वा बाथरुममा गोजी वा हातबाट खसेर पानीमा डुब्न सक्छ। यतिवेला जतिसक्दो चाँडो मोबाइललाई  पानीबाट झिक्नुपर्छ। पानीबाट झिक्नासाथ चाँडोभन्दा चाँडो मोबाइलको स्विचअफ नगरी सीधै ब्याट्री झिक्नुपर्छ जसले गर्दा मोबाइलको भित्री  सर्किट बिग्रन पाउँदैन। त्यसपछि टावेलले पुछेर सुकाउनुपर्छ। यसबाहेक कटनले पनि पुछ्न सकिन्छ। यदि मोबाइल राम्रोसँग खोल्न र प्याक गर्न  आउने भए भित्री भाग पनि पुछ्न सकिन्छ। भरसक मोबाइलको सम्पूर्ण भिजेको पानी वाष्पीकरण हुन दिनुपर्छ। ब्याट्रीले पुनः काम गर्न सक्छ  कि सक्दैन निक्र्योल गर्नुपर्छ। यदि काम गरे पनि भविष्यमा एसिड चुहावट हुने भएकाले नयाँ ब्याट्री प्रयोग गर्नु नै राम्रो हुन्छ।

No comments: