
ताइवानको संसद सर्वाधिक पुरानो पेसाका रूपमा रहेको यौन व्यवसायलाई कानुनी मान्यता दिने अन्तिम तयारीमा पुगे पनि यो पेसाप्रति आबद्ध व्यवसायी भने अझै खुल्न सकेका छैनन्। स्थानीय आचारसंहिता संशोधनअनुसार यही मंसिर महिनाभित्र उक्त कानुन कार्यान्वयन गर्ने तयारीमा सरकार छ, जसमा निश्चित स्थानमा यौनव्यवसाय सञ्चालन गर्न अनुमति दिने प्रावधान छ। सरकार पनि व्यवसायीहरू छरिएर बस्नुभन्दा निश्चित स्थानमा यौन व्यवसायको क्षेत्र निर्धारण गर्ने योजनामा छ। उक्त क्षेत्रभन्दा बाहिर यौनजन्य गतिविधि गरे कानुनी कारबाहीसमेत भोग्नुपर्ने नियम बनाइनेछ। अहिले त्यस्तो क्षेत्र कहाँ बनाउने भन्ने द्विविधा स्थानीय अधिकारीहरू बीच छ। त्यस्तो क्षेत्र वरपर हिंसाका घटना बढ्ने हुनाले जहाँकही राख्न नहुने सुझाव केहीको छ भने कसैले त्यहाँको यौन व्यवसायलाई स्वीडेनको जस्तो बनाउनुपर्ने सल्लाह दिएका छन्। स्वीडेनको कानुनअनुसार त्यहाँ यौनकर्मीले सेवा बेच्न पाउँदैन तर ग्राहकले किन्न भने पाउँछ। अहिले ताइवानका प्रतिबन्धित क्षेत्रमा यौन व्यवसाय सञ्चालन गरे यौनकर्मीले करिब ७० हजार रुपैयाँ एवं सञ्चालकले १ लाख ४० हजार रुपैयाँ जरिवना तिर्नुपर्छ।
No comments:
Post a Comment