Pages

Tuesday, December 6, 2011

पैदलै पृथ्वीको परिक्रमा

 
क्यानाडाका एक व्यक्तिले  हिँडेरै पृथ्वीको परिक्रमा गरेका छन्। ५६ वर्षका जिन बेलिव्यूले ११ वर्ष पैदल हिँडेर पृथ्वीको परिक्रमा गरेको दाबी  गरेका छन्। आफ्नो ४५ औँ जन्मदिनका अवसरमा सन् २००० बाट पृथ्वीको पैदलयात्रा सुरु गरेका जिनले हालै यो परिक्रमा पूरा गरेका हुन्।

जिनले पृथ्वीको परिक्रमाका क्रममा लामो मरुभूमि र अप्ठेरा पहाड पनि पार गर्नुपर्‍यो। मेक्सिकोमा जिनको एक युवतीसँग प्रेमसमेत बस्यो।  सुडानमा हुँदा उनले दार्‍ही पाले र पगरीसमेत लगाए। अझ रोचक कुरा त के भने चीनमा हुँदा उनले खानाको अभावमा सर्पसमेत खाए।  फिलिपिन्समा जिनले गुरिल्ला विद्रोहीसँग जोगिन सैनिक सुरक्षामा सीमा पार गरेका थिए। जिनको पृथ्वी भ्रमणको पूरै खर्च उनकी गर्लप|mेन्डले  उठाएकी थिइन्।

No comments: