
ब्राजिलको एक ग्रामीण क्षेत्रमा गरिएको सर्वेक्षणअनुसार पशुकरणी गर्ने पुरुषहरूमा क्यान्सरको खतरा बढी हुन्छ। जीवनमा एक पटक मात्र भए पनि पशुकरणी गर्ने पुरुषको लिंगमा क्यान्सर हुने खतरा बढी रहेको उक्त सर्वेक्षणले देखाएको छ। १८ देखि ८० वर्षका ४ सय ९२ पुरुषमा गरिएको सर्वेक्षणअनुसार पशुकरणी गर्ने पुरुषहरूमध्ये ३५ प्रतिशतमा लिंगको क्यान्सरको खतरा रहेको सर्वेक्षणकर्ताहरूले जनाएका छन्। सवेर् क्षणकर्ताको समूहले ब्राजिलका १२ सहरका १६ ग्रामीण क्षेत्रका स्वास्थ केन्द्रहरूको निरीक्षण गरेर उक्त तथ्य सार्वजनिक गरेको हो। लिंगको क्यान्सर भएका १ सय १८ पुरुषमध्ये ४५ प्रतिशतले पशु करणी गरेको स्वीकार गरेका थिए भने ३२ प्रतिशत स्वस्थ पुरुषले उक्त कार्य नगरे को बताएका थिए। पशुकरणी गर्ने ५९ प्रतिशत पुरुषले उक्त कार्य पछिल्लो ५ बर्षको अवधिमा गरेको बताए भने २१ प्रतिशतले उक्त कार्यलाई अझै निरन्तरता दिइरहेको समेत बताए।
No comments:
Post a Comment