आफ्नो सामुन्नेको निजी पर्दामा गीतसंगीत र चलचित्र हेर्न पाउँदा हवाईयात्रा निकै रोमाञ्चक हुन्छ। एयरलाइन्सहरूले यात्रुका लागि नयाा- नयाा गीतसंगीतका भिडियो तथा भर्खरै रिलिज भएका चलचित्र राखिदिए भने त झनै उत्तम, तर अब यात्रुहरूले हवाईजहाजमा यात्रा गर्दा अश्लील चलचित्रसमेत हेर्न पाउनेछन्।
सस्तो भाडाका लागि विश्वचर्चित बेलायतको रायन एयरले आफ्ना उडानमा यात्रुहरूलाई अश्लील चलचित्र देखाउने योजना बनाएको हो। एयरलाइन्सका प्रमुख माइकल ओ लेरीले कम्पनीले हवाईजहाजभित्र सशुल्क अश्लील चलचित्र हेर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिएका छन्। वेबसाइटमार्फत प्रदान गरिने उक्त सेवामा यात्रुहरूले पैसा तिरेपछि चाहेको गीतसंगीत तथा अश्लील चलचित्र हेर्न पाउनेछन्।
अश्लील चलचित्र हरेक सिटको पछाडि हुने स्क्रिनमा भने हेर्न पाइनेछैन। त्यस्तो चलचित्र हेर्न चाहनेहरूलाई एउटा हाते उपकरण प्रदान गरिनेछ, जसमा गोप्य रूपमा हेर्नुपर्नेछ। विश्वका धेरै होटलमा यस्तो सेवा भएकाले आफूहरूले पनि विमानभित्रै अश्लील चलचित्र हेर्न किन नदिने भनेर यसको व्यवस्था गर्न लागेको रायन एयरले जनाएको छ। अबको एक वर्षभित्रमा रायन एयरबाट यात्रा गर्नेहरूले विमानभित्रै अश्लील चलचत्रि हेर्न पाउने कम्पनीको दाबी छ।

No comments:
Post a Comment