व्यक्तिगत विवरण बनाउँदा
कुनै पनि सरकारी तथा निजी क्षेत्रमा जागिर खान आफ्नो व्यक्तिगत विवरण अनिवार्य हुन्छ। व्यक्तिगत विवरणको प्रभावले पनि कुनै पनि जागिरमा आफूलाई उभ्याउन सहज हुन्छ। व्यक्तिगत विवरण बनाउँदा त्यसको उद्देश्यलाई मध्यनजर गर्नु अपरिहार्य हुन्छ। व्यक्तिगत विवरणमा निवेदकको सम्पूर्ण विवरण हुने भएकाले निकै विचार पुर्याउनुपर्छ। बायोडाटा पढ्न सजिलो हुने किसिमको बनाउनुपर्छ। यसको प्रस्तुतिले पनि प्रभाव पार्छ। यसको स्टाइल छान्दा चलनचल्तीमा रहेको फम्र्याटलाई नै पछयाउनु उपयुक्त हुन्छ। व्यक्तिगत विवरण क्रमानुसार सिलसिलेवर रूपमा मिलाएर प्रस्तुत गर्नुपर्छ। आफूलाई आवश्यक सामग्रीको पनि ख्याल गर्नुपर्छ। धेरै लामो विवरण पनि राम्रो मानिदैन त्यसैले विवरण बनाउँदा के-के राख्ने पहिल्यै ध्यान पुर्याउनु उपयुक्त हुन्छ। अनावश्यक कुरा राखेर विवरणलाई भद्दा बनाउनु राम्रो मानिँदैन। यसका लागि भरसक कालो मसीको प्रयोग गर्नुपर्छ। विवरणलाई रिचेक गर्नुपर्छ। केका लागि विवरण तयार गरिएको हो ध्यानमा राख्नुपर्छ। खामको रंग र विवरण पत्रको रंग मिल्नुलाई राम्रो मानिन्छ। भरसक विवरणलाई आकर्षक र रमाइलो बनाउँदा त्यसको प्रभावकारिता बढ्छ।
No comments:
Post a Comment