
इंग्ल्यान्डको स्रोपसायरस्थित स्वास्थ्य जनचेतनासम्बन्धी काम गर्ने एक सामाजिक संस्थाले प्रकाशित गर्ने क्यालेन्डरका लागि निर्वस्त्र तस्बिर खिचाउने युवतीको माग गरेको छ। प्राइमरी केयर ट्रस्टले मुटु र मृगौलाको नियमित परीक्षण गरौं भन्ने विषयमा जनचेतना जगाउन मोडलको माग गरेको हो। ४० देखि ७४ वर्षका व्यक्तिमा मुटु तथा मृगौलासम्बन्धी समस्या बढी देखा पर्ने हुनाले नियमित परीक्षण गर्दा त्यस्ता रोगबाट हुने मृत्युलाई कम गर्न सकिन्छ भन्ने मान्यता उक्त संस्थाको छ। स्रोपसायरको पब्लिक हेल्थका निर्देशक रुड थोम्सनका अनुसार हामीले आफ्नो शरीरलाई सधैं ढाकेर राख्नुभन्दा खुलेर परीक्षण गराउनुपर्छ भनेर यो अवधारणा ल्याइएको हो। थोमसनका अनुसार उनीहरूलाई चर्चित मोडल वा नायिकाको खाँचो छैन, स्थानीय युवती भए पुग्छ।
No comments:
Post a Comment