
स्वीजरल्यान्डको राजधानी ज्युरिचस्थित एक रेडियो स्टेसनले वयस्क रेडियो कार्यक्रम प्रसारण गर्न थालेको छ। दुईवटा फ्रिक्वेन्सीबाट प्रसारण थालिएको उक्त कार्यक्रमले दम्पतीहरू बीच माया प्रगाढ बनाउने खालका कार्यक्रमहरू प्रसारण गर्छ। राति ५ घन्टा प्रसारण हुने उक्त कायर् क्रममा क्लासिकल संगीतका साथै यौन उत्तेजना बढाउने कार्यक्रमहरू पनि प्रसारण हुन्छन्। त्यसबाहेक यौन समस्यामा रहेका व्यक्तिहरूका लागि चिकित्सकको परामर्शसमेत प्रदान गरिन्छ। स्वीट्जरल्यान्डवासी प्रेममा लिप्त हुन् भनेरै उक्त कार्यक्रम तयार पारिएको निर्माता ओलिभर स्कोटोनी बताउँछन्।
No comments:
Post a Comment