
गुरुपूणिर्माका अवसरमा मनोक्रान्ति योद्धा कृपासुले मनोक्रान्ति म्याटि्रक्स गुरुकुल गोदावरीमा भेला भएका सयौं मानिसलाई चकित तुल्याए। उनले उनीहरूबीच क्रमशः ५० वटा नम्बर प्रत्यक्ष सम्झेर सुनाएका थिए। संख्याहरू सबै छ्यासमिसे रूपमा राखिएको थियो। कृपासुले प्रथमतः दर्शकले दिएका सबै संख्या वाइटबोर्डमा ५० नम्बर टिपेका थिए। त्यसपछि उनले आफ्नो मस्तिष्कको हार्डडिस्कमा त्यसलाई सेभ गरेर पुनः त्यसलाई नहेरी खरखर्ती सुनाएका थिए। उनले सबै नम्बर भन्न १० मिनेट समय लगाएका थिए। सुपर लर्निङको माध्यमबाट आफूले यस्तो गर्न सकेको कृपासुले बताए। दोस्रो चरणमा उनले उपस्थित सबैलाई धेरै संख्या भएको कापी दिए। जसमा विभिन्न अंकमा रहेका ५० वटा नम्बर थिए।
कृपासुले दर्शकलाई जहाँबाट सोधे पनि ५० नम्बर खरखर्ती सुनाएका थिए। आगामी दिनमा १० हजार यस्ता नम्बर आफूले कण्ठस्थ पारी भन्न सक्ने कृपासुले बताए। यो कामलाई गिनिज बुक वल्र्ड रेकर्डमा पनि दर्ता गराउने उनले जनाए। बितेका ५ वर्षदेखि मनोक्रान्तिमा लागेका यी विद्यार्थी आफ्नो मस्तिष्क पेन्टियम फोर कम्प्युटरभन्दा छिटो चल्ने दाबी गर्छन्। कृपासु भन्छन्- 'हाम्रो मस्तिष्क १० लाख मेमोरी पावरबराबर छ। यसको सदुपयोग गर्ने जानकारी व्यक्तिमा हुनुपर्छ। उनले यसअघि धेरै नमुना अभ्यास गरेका थिए। संसारमा यति धेरै संख्या कण्ठ गर्नेहरू निकै कम छन्। उनको यो क्षमता गिनिज बुकमा नाम लेखिने सम्भावना छ। २३ वर्षीय कृपासु दक्षिणकाली, छैमले गाविसका हुन्।
No comments:
Post a Comment