
इन्टरनेटका पारखीहरूलाइ नयाँ नयाँ स्वाद चखाउँदै आएको गुगलले फेसबुकलाई चुनौति दिँदै सोसियल साइट लन्च गरेको छ ।
गुगलको आधिकारिक ब्लगमा यस्तो घोषणा गरिएअनुसार ‘गुगल प्लस’ नामक नयाँ वेवसाइटमा आफ्नो तस्वीर, सन्देश तथा प्रतिक्रिया बाँढ्ने सुविधा उपलव्ध छ । साथै गुगलको नामचित्र र तस्वीर पनि यसमा जोड्न सकिनेछ । वेवसाइटमा उपभोक्ताभित्र आफ्नो समूह खोज्न पनि सहज सुविधा छ ।
यसअघि पनि गुगलले फेसबुकलाइ चुनोति दिन नखोजेको होइन । उसले ल्याएको गुगल वेव र गुगल बजले उसले सोचेजति लोकप्रियता कमाउन सकेनन् ।
गुगलले आफ्नो नयाँ सेवालाई स्थापित गर्न चार विशेषता राख्रेको दावी गरेको छ ।
सर्कल्सः ‘गुगल +’ मा एउटा यस्तो सुविधा छ, जसको माध्यमबाट आफ्ना साथीहरुलाई एक समूहमा राख्न सकिन्छ र आपसाम सामाग्रीहरुको आदान प्रदान गर्ने सुविधा छ । यसमा साथीहरु र नातेदारहरुको विभिन्न समूह बनाउने सुविधा हुनेछ। यसमा तपाईँले एउटा समूहमा बाँडिने विषय अर्को समूहमा नदेखिने बनाउन सकिनेछ। उदाहरणका लागि तपाईँले नातेदारहरुको समूहमा बाँडेको फोटो साथीहरुको समूहले हेर्न नपाउने बनाउन मिल्छ।
ह्याङआउटः यस सुविधा अन्तरगत उपभोक्ताहरुले एक साथ भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।
हडलः यस सुविधामा आफ्नो समूहमा रहेकाहरलाई तत्काल सन्देश पठाउन सकिनेछ ।
स्पार्कस् : यसले इन्टरनेटमा भेटिएका लिङ्कहरु बाँड्ने सुविधा दिनेछ ।
गुगल प्लसको मोबाइलले भने सुरुमा एन्ड्रोइड प्रयोग भएका स्मार्टफोनले खिचेका फोटोहरु मात्र बाँड्ने सुविधा दिनेछ।
No comments:
Post a Comment