Pages

Friday, July 29, 2011

क्यालेन्डरका लागि

 
       इंग्ल्यान्डको स्रोपसायरस्थित स्वास्थ्य जनचेतनासम्बन्धी काम गर्ने एक सामाजिक संस्थाले प्रकाशित गर्ने क्यालेन्डरका लागि निर्वस्त्र तस्बिर खिचाउने युवतीको माग गरेको छ। प्राइमरी केयर ट्रस्टले मुटु र मृगौलाको नियमित परीक्षण गरौं भन्ने विषयमा जनचेतना जगाउन मोडलको माग गरेको हो। ४० देखि ७४ वर्षका व्यक्तिमा मुटु तथा मृगौलासम्बन्धी समस्या बढी देखा पर्ने हुनाले नियमित परीक्षण गर्दा त्यस्ता रोगबाट हुने मृत्युलाई कम गर्न सकिन्छ भन्ने मान्यता उक्त संस्थाको छ। स्रोपसायरको पब्लिक हेल्थका निर्देशक रुड थोम्सनका अनुसार हामीले आफ्नो शरीरलाई सधैं ढाकेर राख्नुभन्दा खुलेर परीक्षण गराउनुपर्छ भनेर यो अवधारणा ल्याइएको हो। थोमसनका अनुसार उनीहरूलाई चर्चित मोडल वा नायिकाको खाँचो छैन, स्थानीय युवती भए पुग्छ।

कम्प्युटर कृपासु

 
गुरुपूणिर्माका अवसरमा मनोक्रान्ति योद्धा कृपासुले मनोक्रान्ति म्याटि्रक्स गुरुकुल गोदावरीमा भेला भएका सयौं मानिसलाई चकित तुल्याए। उनले उनीहरूबीच क्रमशः ५० वटा नम्बर प्रत्यक्ष सम्झेर सुनाएका थिए। संख्याहरू सबै छ्यासमिसे रूपमा राखिएको थियो। कृपासुले प्रथमतः दर्शकले दिएका सबै संख्या वाइटबोर्डमा ५० नम्बर टिपेका थिए। त्यसपछि उनले आफ्नो मस्तिष्कको हार्डडिस्कमा त्यसलाई सेभ गरेर पुनः त्यसलाई नहेरी खरखर्ती सुनाएका थिए। उनले सबै नम्बर भन्न १० मिनेट समय लगाएका थिए। सुपर लर्निङको माध्यमबाट आफूले यस्तो गर्न सकेको कृपासुले बताए। दोस्रो चरणमा उनले उपस्थित सबैलाई धेरै संख्या भएको कापी दिए। जसमा विभिन्न अंकमा रहेका ५० वटा नम्बर थिए।

कृपासुले दर्शकलाई जहाँबाट सोधे पनि ५० नम्बर खरखर्ती सुनाएका थिए। आगामी दिनमा १० हजार यस्ता नम्बर आफूले कण्ठस्थ पारी भन्न सक्ने कृपासुले बताए। यो कामलाई गिनिज बुक वल्र्ड रेकर्डमा पनि दर्ता गराउने उनले जनाए। बितेका ५ वर्षदेखि मनोक्रान्तिमा लागेका यी विद्यार्थी आफ्नो मस्तिष्क पेन्टियम फोर कम्प्युटरभन्दा छिटो चल्ने दाबी गर्छन्। कृपासु भन्छन्- 'हाम्रो मस्तिष्क १० लाख मेमोरी पावरबराबर छ। यसको सदुपयोग गर्ने जानकारी व्यक्तिमा हुनुपर्छ। उनले यसअघि धेरै नमुना अभ्यास गरेका थिए। संसारमा यति धेरै संख्या कण्ठ गर्नेहरू निकै कम छन्। उनको यो क्षमता गिनिज बुकमा नाम लेखिने सम्भावना छ। २३ वर्षीय कृपासु दक्षिणकाली, छैमले गाविसका हुन्।

Thursday, July 28, 2011

तन्नेरीहरु बुलेटमा सरर

 
स्टाइलिस्ट पहिरनसँगै महँगो बाइक। सौखिन तन्नेरीहरू आफ्नो बाइक अरूको भन्दा नयाँ र महँगो होस् भन्ने चाहन्छन्। फेसनेबल तन्नेरी हुन् वा सौखिन लाहुरेहरू, सबै महँगो र स्टाइलिस्ट बाइक रोज्न थालेका छन्। हिजोआज सहरमा बेग्लै आवाज आउने बाइक कुदेको देखिन्छ। बाइकको आवाजले सडकमा हिँडिरहेका हरेकको नजर एकपटक त्यतै पुग्छ। पोखरासँगै धरान, काठमाडौं, विराटनगर आदि सहरमा पनि यस्ता बाइकको क्रेज बढ्दो छ।

अहिले पोखरामा बुलेट बाइकको क्रेज देखिन्छ। गलफ्रेन्डलाई स्टाइलिस्ट बाइकको पछाडि राखेर हिँड्न पाउँदा तन्नेरीहरू गर्व अनुभव गर्छन्। पामेमा भेटिएका प्लस टुका एक तन्नेरी भन्दै थिए, 'उनको पनि फेबरेट अनि मेरा लागि पनि आनन्द।'

केही वर्षअघि लेकसाइडमा आउने विदेशी पर्यटकले मात्र चलाउने बुलेट बाइक देखेर सबै दंग पर्थे। विदेशी पर्यटकहरूले मात्र चढने बाइक अहिले हरेक नेपालीको पहुँचमा छ। केही वर्षअघिसम्म उच्छ्खल युवाहरूले मात्र चढ्ने वाइक भनेर धेरैले टीकाटिप्पणी गदै आएको बुलेट अहिले विभिन्न अफिसमा कार्यरत युवाहरूले पनि चढ्ने गरेका छन्।

केही वर्ष अघिसम्म पल्सर र भीआरले सौखिन तन्नेरीहरूको मन ताने पनि पछिल्लो समयमा बुलेटप्रति बढी आकर्षण देखिन्छ। लाहुरे सहर पोखरामा प्रवेशिका उत्तीर्ण तन्नेरीहरू अभिभावकलाई बुलेट बाइक किन्न अनुरोध गरिहाल्छन्। ध्वनि प्रदूषण गरेको भन्दै पछिल्लो पटक बुलेट बाइकको आवाज सानो पारिएको छ।

३ सय ५० र ५ सय सिसिमा उपलब्ध यो बाइक अहिले ३ लाख २५ हजार देखि ५ लाख रूपैयाँसम्म बजारमा पाइन्छ। जतिसुकै मूल्य भए पनि सौखिन तन्नेरीहरू बुलेट बाइक चढन हिचकिचाउँदैनन्। पोखरामा बुलेट बाइक भित्रँदा स्थानीय विक्रेतालाई बिक्री गर्न निकै हम्मे-हम्मे पर्‍यो। 'सुरुमा त एउटा बाइक बिक्री गर्न पनि गारो भयो, पृथ्वीचोकस्थित बुलेट शोरुमका सञ्चालक प्रेम गुरुङले भने, 'अहिले त हरेक तन्नेरी बुलेट बाइक नै खोज्दै आउँछन्।'

पोखरामा अहिले ५ सयभन्दा बढी बुलेट बाइक छन्। अहिले पनि त्यत्तिकै माग छ। गुरुङले वाषिर्क १ सय ५० भन्दा बढी बुलेट बाइक विक्री गदै आएका छन्। कुनै बेला बुलेट बाइक चलाउन हिचकिचाउनेहरू अहिले त्यही चढेर हिँड्ने गरेका छन्।

रामबजारका तन्नेरी विजय पुनले चार वर्षदेखि बुलेट बाइक हुइँक्याउँदै आएका छन्। स्टाइलिस्ट पुन बुलेट बाइक कुदाएर हिँड्दाको आनन्द बेग्लै भएको बताउँछन्। 'बाइक बलियो त छ नै, स्टाइलिस्ट पनि छ, ' पुनले भने, 'आरामको त कुरै नगरौ।' उनले अहिले आफूजस्ता तन्नेरीहरूका लागि बुलेट वाइक रोजाइ भएको बताए।

बेलायती सेनामा ब्रिटिस बुलेट बाइक कुदाएर आएकाहरू स्वदेशमा फर्किएपछि त्यस्तै बाइकको खोजी गर्छन्। एक निजी बैंकमा कार्यरत तन्नेरीले पनि भर्खर मात्र बुलेट वाइक किनेका छन्। राम्रो दौडने र माइलेज राम्रो छ नै, उनले भने, 'स्टाइलिस्ट पनि त छ।'



रेसिङ र स्टन्टमा युवाहरू


नेपाली युवाहरूमा मोटरसाइकल मोह कति छ भन्ने जान्न, चोभार पुगे हुन्छ। त्यहाँ बिदाको दिनमा युवाहरू मोटरसाइकल रेसिङ र स्टन्टका लागि पुगेका हुन्छन्। स्टन्टका लागि चोभार पुग्ने भएकाले सहरमा जथाभावी सवारी कुदाउनेहरू अहिले क्रमश कम हुँदै गएका छन्, नेपाली स्टन्ट म्यान छिरिङ फुन्सोक ठकुरी भन्छन्- 'ग्रुप नेमिसिससँगको सहकार्यमा यामाहा कम्पनीले राइड टेक च्यालेन्ज सुरु गरेपछि आफ्नो क्षेत्रभित्रै कुनै खाली स्थानमा विभिन्न ग्रुपहरूले अभ्यास सुरु गरेका छन्।' टिम नेमिसिस अहिले स्टन्ट गर्न चोभार नगएको उनले बताए। चोभारमा स्टन्ट गर्नु जोखिम पूर्ण पनि थियो। अहिले युवाहरूले अन्डरग्राउन्ड रहेर नै स्टन्ट प्राक्टिस गरिरहेका छन्। अबको केही समय भित्र थुप्रै नेपाली युवा खतरनाक स्टन्टम्यानका रुपमा देखा पर्ने छिरिङले बताए। नेपालमा १२५ सीसीदेखि १५० सीसीसम्मको बाइकमा स्टन्ट गरिएपनि हेभी बाइकमा स्टन्ट गर्ने कोही छैनन्, उपयुक्त ज्ञानको अभाव यसको कारण हो। 

केही समयअघि काठमाडौंमा सम्पन्न 'यामाहा राइड टेक च्यालेन्ज' मा पनि थुप्रै नेपाली युवाले आफ्नो मोटरसाइकल कला प्रस्तुत गरेका थिए। दोस्रो संस्करणको उक्त कार्यक्रममा राजधानीसहित मुलुकका  विभिन्न स्थानका युवा बाइक रेसरको सहभागिता थियो। हजारौं दर्शक सहभागी भएको रामशाहपथ बग्गीखानास्थित नेसनल ट्रेडिङ लिमिटेडको ट्रयाकमा ९३ जना युवाले स्पीड, ब्यालेन्स तथा सेफराइडिङको कला  देखाउँदै प्रतिस्पर्धा गरेका थिए। यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक मोरङ अटो वक्र्सको प्रायोजन तथा स्टन्ट प्रदर्शन गर्ने समूह टिम नेमिसिसको आयोजनामा राइड टेक च्यालेन्ज-२ सम्पन्न भएको हो। जसमा भारतका प्रोफेसनल बाइक राइडर फरहाद खान कार्यक्रमका प्रमुख आकर्षण थिए। हेभी बाइक चलाउने अन्तर्राष्ट्रिय नियम पनि छुट्टै छ। जहाँ १९ देखि २१ वर्षसम्मकाले १२५ सीसी बाइक मात्र चलाउन पाउँछन् भने २१ वर्ष नाघेपछि इच्छाअनुसार क्रमशः हेभी बाइक चलाउन सक्छन्।



स्टाइलिस्ट बाइकको ट्रेन्ड


स्पोर्ट्स बाइकको ट्रेन्ड आजभन्दा ४० वर्षअघि नै सुरु भएको देखिन्छ। जतिबेला नेपालमा मोटरसाइकल बजार विस्तार पनि भएको थिएन। विभिन्न राष्ट्रमा लाहुरेका रुपमा पुगेका नेपालीहरूले नेपाल र्फकने क्रममा स्टाइलिस्ट स्पोर्ट्स बाइक भित्र्याएका थिए। भन्सार छुटमै ल्याउन पाउने सुविधा हुनुले पनि सिंगापुर, जापान, थाइल्यान्ड, बेलायत तथा हङकङमा लाहुरे एवं व्यापारीका रूपमा पुगेर फर्किएकाहरू नेपाल फर्कंदा देखाउन नै भए पनि आकर्षक बाइक लिएर आउँथे। स्पोर्टिज बाइकको इतिहास खोज्ने हो भने खासगरी मनाङे र मुस्ताङेहरूका थुप्रै किस्सा भेटिन्छन्। अहिले पनि मनाङेहरूको एउटा ठूलो समूह छ, जो स्टाइलिस्ट बाइकमा मोह राख्छ। हेलिकप्टरमा लगेर मनाङ र मुस्ताङमा स्टाइलिस्ट बाइक कुदाउने एउटा ट्रेन्ड नै छ। पुरानो घर मुस्ताङ बताउने छिरिङ फुन्सोक ठकुरी सम्झन्छन्- 'बुबा र काकाहरूले हेलिकप्टरमा मुस्ताङ पुर्‍याएको स्पोर्टिज बाइक चलाएदेखि नै ममा पनि यस्तो बाइकप्रति लगाव बढेको हो।' स्टाइलिस्ट बाइक चलाउनेहरू पैसावाला मानिन्छन्, स्टाइलिस्ट हेभीका दुईपांग्रे बाइकको मूल्य ४ पाङ्ग्रे गाडीको भन्दा महँगो भए पनि बाइक चलाउनुमै उनीहरू आफ्नो इज्जत मान्छन्। सुरु-सुरुमा हेभी बाइक डन (ग्यांगस्टर) तथा उसका साथीहरूले चलाउने बाइक मानिन्थ्यो। अहिले आर्थिक पृष्ठभूमि बलियो भएका जो सुकैले स्टाइलिष्ट स्पोर्ट्स बाइक किनिरहेका हुन्छन्। 'अहिले स्टाइलिस्ट बाइक चलाउनेहरूको समूहलाई ग्याङ होइन, ग्रुप भन्न थालिएको छ,' छिरिङ भन्छन्- 'ग्याङ भन्नेबित्तिकै गुन्डागर्दी जस्तो बुझिन्छ, त्यसैले अहिले बाइकर्स ग्रुप भनिन्छ। घरमा राम्रो ब्रान्डको ४ पांग्रे सवारी भएपनि स्पोर्टिज बाइक हुनेहरू थुप्रै छन्। स्पोर्ट्स बाइककै सेरिज, जुन विदेशबाट आयात गरिन्छ, का उपभोक्ता मात्रै अनुमानित ५ सयभन्दा बढी छन्। यो संख्या दिनहुँ बढ्दो छ।



एम जेनरेसन


अहिलेको पुस्ता एम जेनरेसन हो। मोर्डन सोसाइटीलाई मनिटरिङ गर्दा एमटिभी पुस्ताको विभिन्न लगाव देखिन्छ। मोटरसाइकल उनीहरूको प्रिय साधन हो। एमटिभी जेनरेसनले नै मिनिस्कर्टको आकर्षण बढाएको हो, हुन त सोसाइटीकै युवाहरू मिनिस्कर्ट, माइक्रोस्कर्ट हुँदै डन्ट बेन्ड  ओभर माइक्रोस्कर्टसम्म आइपुगेका छन्। युवक तथा युवती दुवैका लागि मिनिस्कर्ट प्रिय छ। एम जेनरेसन स्टाइलिष्ट मोटरबाइक किन्न मनि म्यानेज गर्न पनि उत्तिकै खप्पिस हुन्छ। कम्युनिकेसनका लागि मोबाइल खल्तीमै छ। भोक लाग्यो मोटरसाइकलमा हुत्तिएर क्याफेको मःम हान्यो। म्युजिक नभए त जीवन नै छैन, उनीहरू भन्छन्, एमटिभी हेर्ने अनि मोबाइलमा सित्तैमा पाएको म्युजिकचाहिँ किन नसुन्ने ? ए तिम्रोमा कति जीबिको मेमोरी कार्ड छ नि, म्युजिक डाउनलोड गर्नुअगावै मेमोरीको ख्याल पनि गर्नैपर्‍यो। मेमोरी सफिसेन्ट नभए त बिजोग भैहाल्छ नि। मोटरबाइकमा मिनिस्कर्टसँगै युवतीले च्याप्प समाएर बस्ने संस्कृति मौलाएको छ। जसलाई साहित्यकार डा. ध्रुवचन्द्र गौतमले च्याप्प संस्कृति नामाकरण गरेका छन्। रियल मोटरसाइकलमा मोह बढ्नुको कारण बाल्यकालदेखि नै मनिटरमा थि्रडी मोटरबाइक हुइँक्याउने लत बसेकाले पनि हो। अहिले केटाकेटीहरू भच्र्युअल थ्रीडी मोटरबाइक रेसिङ भनेपछि हुरुक्कै हुन्छन्, वास्तवमा हेभी सीसी बाइक चलाउने अधिकांश युवा भच्र्युअल रेसिङ पनि उत्तिकै रोमान्चक हुने बताउँछन्। एम जेनरेसनले फेसबुक टि्वटरमा पनि आफ्नो मोटरबाइक प्रेम दर्साएको छ, विभिन्न ग्रुप बनाएर। निष्कर्ष के हो, भने एम जेनरेसन महँगो सौख पाल्नेहरूको समूह हो, जो इच्छाअनुसारको सुविधा उपयोग गर्न पछि पर्दैन।



स्टाइलिस्ट बाइक


स्याकार कम्पनीले होन्डाका तीनवटा स्पोर्ट्स सेरिजका बाइक बजारमा ल्याएको छ। सिबी ६०० एफ हर्नेट सन् २०११ को पछिल्लो संस्करणको मोडल बाइक हो। जसको मूल्य १७ लाख रुपैयाँजति छ। यस्तै होन्डा सीबी १००० आरको मूल्य २२ लाखजति पर्छ। स्याकारले युवा पुस्तालाई नै लक्षित गरेर सिबिआर ६ सय आरआर बाइक पनि नेपाली बजारमा उतारेको छ। जसको मूल्य २० लाख रुपैयाँजति छ। स्याकारले नेपालमा महँगा बाइकका उपभोक्ता भएको थाहा पाएर नै स्पोर्ट्स तथा स्टाइलिस्ट सेरिजका बाइक भित्र्याएको बताएको छ। दुई साताअघिदेखि बिक्री प्रारम्भ गरेको भए पनि छोटो समयमै दुई दर्जन बाइक बिक्री भएको स्याकार सम्बद्ध सूत्रले साप्ताहिकलाई बतायो। स्याकारले चाँडै नै ७५० सीसीको होन्डा क्रुजर पनि नेपाल भित्र्याउने तयारी गरेको छ।

हुने होइन स्टाइलिस ?

 
स्टाइलिस्ट बाइक, साथमा गर्लफ्रेन्ड, हातमा ल्यापटप, कानमा तार, पकेटमा मल्टिफंक्सनल मोबाइल आजका युवाहरूको रहर भने पनि बाध्यता भने पनि यिनै हुन्। कुनै बेला हाम्रो समाजमा एउटा उखान प्रचलित थियो- रातो राम्रो गुलियो मिठो बैंस छँदाखेरि। यो उखान अझै पनि सार्थक छ तर त्यससँगै प्रविधिले उपलब्ध गराएका ग्याजेटहरू पनि जोडिएर आएका छन्। युवाहरूको यस्ता रहरहरूलाई प्रविधिले थप उचाइ दिएको मात्र नभै त्यसलाई सजिलैसँग पूरा गर्न सकिने आधारहरूसमेत उपलब्ध गराएको छ। आजको युगमा हामी मोबाइलबिनाको जीवन ल्यापटपबिनाको दैनिकी र मोटरसाइकलबिनाको घुमफिरको कल्पना गर्न सक्दैनौँ। मोबाइल, बाइक र ल्यापटपको सर्वव्यापकता देखेर कतिलाई लाग्दो हो- आजका युवाहरु विलासी हुँदै गएका छन्, तर तिनको उपयोगितालाई हेर्ने हो भने जोकसैले पनि तिनको आवश्यकता अनुभव गर्न सक्छन्। कुनै बेला कल्पनाको संसारमा सीमित हाते फोन यतिबेला यथार्थमात्र होइन अनिवार्य आवश्यकता हुन पुगेको छ भने काखे कम्प्युटरले मानिसलाई क्षणभंगुरको महत्त्व अवगत गराइरहेको छ। अझ स्टाइलिस बाइकको के कुरा गर्नु ? यो साधन यात्रा वा सफरका लागि होइन, आफ्नो रहरलाई पखेटा दिने माध्यम भएको छ। आजका यिनै यान्त्रिक ग्याजेटका बारेमा

सुपर राइडर बन्ने होड

 
उनी 'जिनियस' भनेर चिनिन्छन्। जिनियसको बाइकमा फोर्टिसिक्स नम्बर ट्याग गरिएको छ। दरबारमार्गमा होसुङ ब्रान्डको रेसिङ बाइक तीन राउन्ड घुमाए पछि जिनियसको रेसिङ स्टाइललाई उनका ग्रुप मेम्बरले खुलेर प्रशंसा गरे। मोटरसाइकल रेसिङ ग्याङका लिडर हुन जिनियस, उनको ग्रुपमा १४ जना मेम्बर छन्, जो स्पोर्टिज लुक्सका विभिन्न मोटरबाइक खुला सडकमा हुइँक्याउने इच्छा राख्छन्।

'मलाई गधा होइन, घोडा चाहिएको थियो,' सामान्य मध्यमवर्गीय जीवनशैलीमा प्रयोग हुने बाइकलाई प्रतिकात्मक रूपमा गधा भन्दै जिनियसले बताए- 'यो मेरो घोडामा दम छ, जसले धेरैको ध्यान खिच्छ।' जिनियस अर्थात् मनसुन गिरीले बाइकको पछाडि 'द डक्टर' पनि लेखेका छन्। फोर्टिसिक्स र द डक्टर राख्नुको अर्थ सुपर राइडर भ्यालेन्टिनो रोसी उनको आदर्श भएकाले हो। 'इटालियन सुपर राइडर भ्यालेन्टिनो रोसीको बाइक रेसको नम्बर हो, फोर्टिसिक्स' जिनियस गिरीले भने-  'हामी रोसीका फ्यान फलोअर हौं।' रोसी ग्रान्ड पिक्स च्याम्पियन हुन्छन्। १२५ सीसी, २५० सीसी तथा ५०० सीसी हेभी बाइक च्याम्पियनसिपका विनर रोसी बाइकर्सहरूका रोल मोडल हुन्।

द डक्टरचाहिँ किन नि? जिनियस अलमलिए। उनकै ग्रुपका सञ्जयले भने- 'किन होला हगि, मलाई पनि थाहा छैन' ग्रुप मेम्बरकै चार्लीका अनुसार उनी एकेडेमिक डिग्री होल्डर भएकाले र प्रतिस्पर्धामा पनि सधैं सर्वोत्कृष्ट भएकाले उनलाई द डक्टर उपनाम दिइएको हो।

प्लस टु सिध्याएको यो जिनियस जेनरसन मोटरसाइकल रेसिङमा आफ्नो अस्तित्वको खोजी गर्छ। बजारमा आएको नयाँ लुक्सको स्पोर्टिज बाइक खरिद गर्नेदेखि आपसमै रेसिङ गरेर आफ्नै प्रकारको मनोरन्जनको खोजी गर्छ।

जिनियस ग्रुप मात्र होइन, सामाखुसीको बाइकर ब्वाइज, काठमाडौंकै केटिएम ट्रुपर्ज, केटिएम नाइट्स, भक्तपुरको राइडर अफ भक्तपुर आरओबी स्टाइलिस स्पोर्ट्स बाइकर्सहरूको ग्रुप हो, जो स्वच्छन्द शैलीमा हावाको संसारमा बतासिन चाहन्छ। 'लुक्स नै डेड्ली भएको बाइक हुइक्याउँदा आफूलाई भ्यालेन्टिनो रोसीको प्रतिविम्ब लाग्छ' उज्जन शेर्पा भन्छन्- 'स्टाइलिस्ट बाइक गुडाउँदाको सान नै भिन्न छ।'

नेपालमा यतिखेर स्पोर्ट्स लुक्सको बाइकको बजार छ। बजाजको पल्सर, सुजुकीको निन्जा, यामाहाको आरवानफाइभ, हिरोहोन्डाको करिज्मा, टिभिएसको अपाचे, होन्डाको युनिकर्न, आउन लागेको सिबिआर, स्पोर्ट्स लुक्सको बाइक चढ्न चाहनेहरूको जमात बढेकैले कम्पनीहरूले नेपाली बजारमा ल्याएका मोटरबाइक हुन्, जबकि माथि उल्लेखित कम्पनीहरूले कामकाजी मध्यमवर्गलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादन गर्छन्। स्पोर्ट्स र स्टाइलिस्ट लुक्सका लागि भने छुट्टै ब्रान्डका मोटरसाइकल पनि नेपाली बजारमा पाइन्छन्। हार्डली डेभिड्सन, होसुङ, डुकाटी, डिमक, डेलिम, बुलेट, हायाबुसा, बि-किङ आदि ब्रान्ड स्पोर्टिज मोडलका बाइकका हुन्।

केही समय अघिसम्म युवा पुस्ताले आफुले रुचाएजस्तो बाइक नपाउँदा मोडिफाइको नाममा साइलेन्सर पाइप झिक्ने, हेन्डिल बंग्याउनेजस्ता गतिविधि गरेको देखिन्थ्यो, ट्राफिकको कडाइका बाबजुद मोडिफाइ बाइक सहरमा हुइँकिरहेकै छन् तर ठूलो बजार लिएका मध्यमस्तरका कामकाजी बाइक उत्पादन गर्ने कम्पनीहरूले युवा पुस्तालाई लक्षित गरेर बाइक बजारमा ल्याउनु तथा अन्तराष्ट्रिय बजारका ख्यातिप्राप्त स्टाइलिष्ट स्पोर्ट्स लुक्सका बाइक नेपाली बजारमा भित्रिनुले युवा मनोकांक्षाले क्रमश स्थान पाएको अनुभव गर्न सकिन्छ। यसले मोडिफाइ गर्ने ट्रेन्ड पनि घटाएको छ।  

यामाहा राइड टेक च्यालेन्जमार्फत रेसिङ, स्टन्ट र अन्य कला प्रस्तुत गर्ने प्रतिस्पर्धा सुरु भएकाले पनि युवाहरू स्टाइलिस्ट बाइकतर्फ थप मोहित भएको छिरिङ फुन्सोक ठकुरी बताउँछन्। स्टन्ट ग्रुप नेमिसिसका संस्थापक तथा यामाहा ब्रान्डका बजार व्यवस्थापक ठकुरीका अनुसार स्टाइलिस्ट बाइकमा हुइकिन हुरुक्क हुनेहरूको संख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। यामाहा राइड टेक काठमाडौंका अतिरिक्त मोफसलमा पनि आयोजना हुन थाल्नु तथा हरेक वर्ष राइड टेकमा सहभागी हुनेहरूको संख्या बढ्नुले पनि स्पोर्टिज लुक्सको महत्वलाई प्रस्ट पार्छ।

एसएलसी उत्तीर्ण भएलगत्तै युवाहरू मोटरसाइकल चढ्ने चाहना राख्छन्। स्पोर्टिज लुक्स त उनीहरूको पहिलो प्राथमिकता नै हो। 'यदि भने जस्तो स्टाइलिस्ट बाइक चढ्न नपाए,' छिरिङ फुन्सोक भन्छन्- 'प्लस टु सकेपछि किन्दिनु तर मैले भने जस्तै किन्दिनु भनेर डिमान्ड गरेको पनि देखेको छु।' प्लस टु जेनरेसन पहिलो प्राथमिकतामा स्पोर्टिज लुक्सका यामाहा, बजाज, टिभिएस, हिरो होन्डा तथा होन्डाका बाइक खरिद गर्छ, त्यसपछि उनीहरूमा आयस्रोत अनुसार स्पोर्ट्स स्टाइलिस्ट बाइकको मोह बढ्दै जान्छ। डिकम, डुकाटी, होसुङ, हार्लि डेभिड्सन जस्ता स्टाइलिस्ट हेभि बाइक चलाउने मोह त्यसपछि बढ्छ।

रेसिङ र स्टन्टको क्रेज भएकैले चर्चित अमेरिकन स्टन्टम्यानलाई नेपाल ल्याउन लागिएको छ। हेभी सीसी बाइकमा स्टन्ट गर्ने कला ती अमेरिकन स्टन्टम्यानले पेश गर्ने अटोमोबाइल कन्सल्ट्यान्ट आशिष प्रसाईं बताउँछन्। स्पोर्टिज बाइक धनीहरूले जथाभावी ढंगले सवारी चलाउन थालेपछि अनुभवी बाइकर्सहरूले त्यसलाई रोक्न ड्राइभ सेफ, रुल फलो जस्ता क्याम्पेन पनि चलाउन थालेका छन्। छिरिङ भन्छन्- 'स्टाइलिस्ट बाइकर्सहरूलाई व्यवस्थित गर्न हामीले स्वस्थ प्रतिस्पर्धालाई अघि सारेका हौं।'

युवाहरूमा स्टाइलिस्ट बाइकप्रति मोह बढाउन 'मोटाजिपी' को पनि उत्तिकै भूमिका छ। विकसित मुलुकहरूमा आयोजना हुने मोटरबाइक रेस मोटाजिपी टेलिभिजन स्क्रीनमा हेरेर रमाउने युवा पुस्ता व्यावहारिक रूपमै आफूमा उक्त प्रयोग गर्न चाहन्थ्यो। मोटाजिपी मात्र होइन ग्रान्ड पिक्स जस्तो रेसले पनि स्टाइलिट बाइक सयर गर्न चाहनेहरूको जमात बढाएको हो। नेपालमै बाइक रेसिङ हेर्दा कति मज्जा आयो त ? यामाहा राइड टेक च्यालेन्ज हेरिरहेका १९ वर्षीय रिवेल पान्डेले भनेका थिए 'टेलिभिजनमा हेरिरहेको रेस लाइभ हेर्न पाउनु धेरै गुणा रोमाञ्चक हुँदो रहेछ।' काठमाडौंमा सेफ्टी ड्राइभका लागि ट्रयाक नहुनु बाइकर्स ग्रुपहरूको चिन्ताको विषय हो। रिवेल पनि यही गुनासो गरिरहेका थिए, उनका अनुसार स्पोर्ट्स बाइकको सयर सौख त हुँदै हो, एडभेन्चर पनि हो।

मोटाजिपी रेसको कथा छुट्टै छ, यो रेसमा सहभागी हुने बाइक कमर्सियलभन्दा पनि बाइक उत्पादक कम्पनीहरूबीच टेक्निकल्ली को कति स्ट्रङ भन्ने पुष्टि गर्नु हो। मोटाजिपीमा कम्पनीले बेस्ट टेक्नोलोजी देखाउने समय पनि हो, जुन प्लेटर्फममा सफल अवतरणपछि त्यसको केही आकर्षक पक्ष कमर्सियल स्पोर्ट्स बाइकमा प्रयोग गरिन्छ। मोटाजिपीमा देखेको बाइक चलाउने लत मेट्न पनि युवाहरू त्यस्तै देखिने बाइक चलाउने इच्छा राख्छन्, —कन्सल्टेन्ट प्रसाईं बताउँछन्।

बाइक मोडिफाईको कुरा

अमेरिकामा केही कम्पनीले मोटरसाइकललाई कस्टमाइजेसन गर्छन् जसमध्ये अरेन्ज काउन्टी चपर मुख्य हो । उक्त कम्पनीले अमेरिकन आर्मीका लागि स्पेसल बाइक डिजाइन गरेको थियो। त्यतिबेला कस्टमाइजेसन प्रोसेसबाट बाइकको साइलेन्सरमा लडाकु विमानको जस्तै गोली वर्षा गर्ने तथा गि्रनेड प्रहार गर्न मिल्ने सिस्टम जडान गरेको थियो। ग्राहकहरूले भनेबमोजिमकै थिममा आफ्नै शैलीमा बाइक कस्टमाइज गर्नु नै अमेरिकामा सामान्य मानिन्छ।

नेपालमा बाइक मोडिफाइ गर्नु कानुनविपरीत हो, तर विदेशमा नियममा रहेर उपभोक्ताले आफूले चाहेको मोडलमा बाइकलाई मोडिफाइ गर्न लगाएर खरिद गर्न सक्छन्। नेपाली युवाहरू स्पोर्टिज लुक्सका लागि पछाडिको सिट उचाल्ने, पछाडिको टप्स हटाउने तथा काट्ने, हेन्डिल बंग्याउने, साइलेन्सर पाइप फोड्ने आदि काम गर्छन्। ट्राफिकले यसका लागि उनीहरूलाई कारबाही पनि गर्छ। पछिल्ला दिनमा स्पोर्टिज लुक्समै बाइक आएपछि यस्तो मोडिफिकेसन कम भएको छ।

स्पिड क्रेज

 
नेपाली बजार स्टाइलिस्ट बाइक पारखीहरूका निम्ति फराकिलो बन्दै गएको छ। प्रत्येक महिना स्पोर्ट्स सेरिजका बाइकका नयाँ-नयाँ शोरुमहरू खुलिरहेका छन्। होसुङ, डिमक, डुकाटी यसका प्रमाण हुन्। यामाहा, हिरोहोन्डा, बजाजजस्ता कामकाजी वर्गलाई लक्षित गरेर बाइक उत्पादन गर्ने कम्पनीले समेत स्पोर्ट्स लुकमा ध्यान दिएर त्यस्तै बाइक ल्याइदिएपछि स्टाइलिस्ट बाइक चढ्न चाहने उपभोक्तालाई थप सजिलो भएको छ। नेपालमा चाइनिज, कोरियन, जापानिज बाइकहरूको पनि उत्तिकै वर्चस्व छ। कोरियन स्टाइलिस्ट बाइक डेलिमका नेपाली उपभोक्ता पनि उत्तिकै छन्। कोरियन बाइक भी-आर अग्लो घोडामा सयर गर्न चाहनेहरूका लागि सही रोजाइ हो। होन्डाले ६५० सीसीदेखि १००० सीसीको रेन्जमा सिबिआर हर्नेट ल्याएको छ। यामाहाको आर वान फाइभ १ सय ५० सीसी र आरवान १००० पनि उत्तिकै बिक्री भएका बाइक हुन्। बिजनेसम्यान, हाइक्लास अफिसर तथा उनीहरूका छोराछोरी स्टाइलिस्ट बाइकका उपभोक्ता हुन्। स्टाइलिस्ट स्पोर्ट्स बाइकले खासै माइलेज दिँदैनन्, १ लिटर पेट्रोल २० किलोमिटर गुड्न पनि अपुग हुनसक्छ। 'स्पोर्ट्स बाइक किनेर सर्कलका युवतीहरूको अगाडि 'सो-अप' गर्ने हो।' उज्जन शेर्पा भन्छन्- 'स्टाइलिस्ट बाइक चढ्नेहरूले माइलेजको ख्याल गर्ने होइन र गर्दैनन् पनि, तेल अभाव हुँदा चाहिँ गाह्रो पर्छ।'

यामाहाका बिग बाइक मर्कन्डाइजका म्यानेजर छिरिङ फुन्सोकका अनुसार पहिलो श्रेणीका स्टाइलिष्ट बाइकमा यामाहाको एफजेड सेरिज, आरवानफाइभ, टिभिएसको अपाचे, बजाजको पल्सर, डेलिमको रोडविन, हिरो होन्डाको करिज्मा, जेडएमआर, सिबिजेड, चाइनिज बाइक मिगेली, तथा कावासाकीको निन्जा पर्छन्। जुन बाइकको मूल्य १ लाख ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म छ। निन्जाको मूल्य ७ देखि ८ लाख रुपैयाँ पर्छ। मोटरसाइकल जति बढी सीसीको हुन्छ त्यो त्यति नै महँगो हुन्छ।

होसुङ ब्रान्डका बाइक २५० सीसीदेखि ६५० सीसीसम्म पाइन्छन्। २५० सीसीको मूल्य ५ लाख ५० हजार रुपैयाँको हाराहारी पर्छ भने ६५० सीसी ११ लाख रुपैयाँको हाराहारीमा। सुजुकी ब्रान्डका स्पोर्ट्स बाइक पनि उत्तिकै लोकप्रिय छन्। सुजुकीका दुई मोडल एउटा फूल बडी कभर्ड स्पोर्ट्स बाइक र दोस्रो उस्तै इन्जिन भएको न्याकेड बडी स्ट्रक्चरको स्टि्रट बाइक। सुजुकीको फूल बडि कभर्डमा हायाबुसा पर्छ भने न्याकेड स्ट्रीट बाइकमा बि-किङ। न्याकेड सेरिजको हेन्डल अलि सहज देखिने खालको हुन्छ, भने फुल बडी कभर्डको घोप्टिएको स्टाइलमा हुन्छ।  यी बाइकहरू ६०० सीसीदेखि १३०० सीसीसम्मका हुन्छन्। यी बाइकहरू २२ देखि २५ लाख रुपैयाँको हाराहारीमा खरिद गर्न सकिन्छ। सुजुकीकै जीएसआर ६०० सीसी, जिएसएक्स आर ६०० तथा जिएसएक्सआर १००० सीसीका स्पोर्ट्स लुक्सका बाइक पनि बाइकर्सहरूले मनपराएका छन्। जिएसएक्सआर फुलबडी स्पोर्ट्स बाइक हो। जिएसआर ६०० को मूल्य १६ लाखको हाराहारीमा छ भने जिएसएक्सआर ६०० को २१ लाखभन्दा बढी पर्छ। यामाहाको आरवान १००० सीसी बाइकको मूल्य २४ लाख रुपैयाँ पर्छ भने आरसिक्स ६०० सीसी को २१ लाख रुपैयाँ पर्छ। इटालियन ब्रान्डको डुकाटीको ६९६ मोनस्टर, ७९६ मोनस्टर, ७९६ हाइपरमोटार्ड पछिल्लो समयमा युवाहरूको ध्यान खिच्न सफल बाइक हुन्।  ९ महिना अघि नेपाली बजारमा आएको डुकाटी ६९६ मोनस्टरको मूल्य १६ लाख ८० हजार रुपैयाँ पर्छ भने ७९६ हाइपर मोटार्डलाई करिब १८ लाख पर्छ। युरोपकै लोकप्रिय डुकाटीको स्टाइलिस्ट स्पोर्ट्स बाइकको नेपालमा आधिकारिक विक्रेता टर्बो मोटर्स ट्रेडिङ हो। 'स्पोर्ट्स सेरिजका बाइकप्रति नेपाली युवाहरूमा अचम्म लाग्दो आकर्षण छ,' टर्बो मोटर्सका अध्यक्ष अभिनवशमशेर जबराले भने- 'छोटो अवधिमै डुकाटीले नेपाली बजारमा पाएको सफलताले पनि यसलाई पुष्टि गर्छ।' युरोपियन ब्रान्ड केटिएमको ६०० सीसीका सुपर मोटा र केटिएम ड्युकको नेपाली बजारमा आधिकारिक प्रवेश नभए पनि यो बाइक चढ्नेहरू पनि थुप्रै छन्।

अफरोडका लागि डिमक

सुलुत्त परेको पिचका लागि भन्दा पनि अफरोड (ग्राभल तथा बिग्रिएको सडक खासगरी पहाडी एरिया) का लागि मलेसियन ब्रान्डको डिमक बाइक नेपाली बजारमा भित्र्याइएको हो। ट्रायल बाइक पनि भनिने यो बाइक नेपाली उपभोक्ताका लागि सही हुने नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट प्रालीले बताएको छ। कोरियन हार्डफोर्ड भिआर, होन्डाको एक्सल आर, सुजुकीको डीआरसँग यसको प्रकृति मिल्छ। कम्पनीका अनुसार  मोटरसाइकल बजारमा ल्याउनुअघि तीन महिना नेपालमै परीक्षण गरिएको थियो। परीक्षणको नतिजा राम्रो भएकाले यो मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। सुरुमा डिमकका दुई मोडलमा डीएमएक्स-आर र कोउजर-२५० ल्याइएको थियो। अन्य स्टाइलिस्ट मोटरसाइकलभन्दा डिमकका बाइक तुलनात्मक रुपमा सस्तो भएको कम्पनीले बताएको छ। मोटरसाइकल  एडभेञ्चर मन पराउनेहरूका लागि डिमक सही छनोट हुनसक्छ।

हार्ले ग्याङ र पूर्वयुवराज पारस


हार्ले डेभिड्सन मोटरबाइक दिवसको अवसरमा स्पेनको बार्सिलोनामा यो बाइकका पारखीहरूको र्‍याली नै निस्किएको थियो। कम्पनीले आयोजना गरेको उक्त र्‍यालीमा युरोपभरका हार्ले डेभिड्सन बाइक प्रयोगकर्ताहरू बार्सिलोनामा भेला भएका थिए। 'हार्ले ग्याङ' हार्ले डेभिड्सनले भित्र्याएको मोटरसाइकल संस्कृतिका कार्यकर्ताहरू हुन्। विश्वभर चर्चित हार्ले ग्याङका सदस्यहरू मोटरसाइकलकै लागि बाँच्छन् र मोटरसाइकलकै लागि ज्यान दिन पनि तयार हुन्छन्। हार्ले डेभिड्सनका एक उपभोक्ता पूर्वयुवराज पारस पनि हुन्। हङकङ भ्रमणका क्रममा पारसले आफ्नो प्रयोगका लागि १६०० सीसीको हार्ले डेभिड्सन ल्याएका थिए। युवराज रहँदै कहिलेकाहीँ उनी हार्ले डेभिड्सनमै काठमाडौंको सडकमा हुइँकिएका देखिन्थे। पारसले चढ्ने गरेको उक्त बाइकको मूल्य अहिले ३० लाखभन्दा बढी पर्छ। युरोप र अस्ट्रेलियाको सिड्नीमा यस्ता बाइक हाक्नेहरूको ग्याङ देखिन्छ। बाक्लो छालाको पहिरन, कालो चस्मा, स्लिबलेस अंगमा भरिएको ट्याटु हार्ले ग्याङका सदस्यहरूको विशेषता हो। हार्ले डेभिड्सन संस्कृतिलाई अँगालेका यो ग्याङका सदस्यहरू कन्टि्रसाइडबाट केही क्षणमै सहर आइपुग्छन्। नेपालमा हार्ले डेभिड्सनको आधिकारिक विक्रेता नभए पनि स्वदेश र्फकनेहरूले आफैं यो बाइक लिएर आउने गरेका छन्। ८०० सीसीको हार्ले डेभिड्सन चलाएका छिरिङ भन्छन्- 'मैले १९ लाखमा हार्ले डेभिड्सन किनेको थिएँ।



पावर र स्टाइलका लागि होसुङ


दक्षिण कोरियाली कम्पनी एसएनटी मोटर्सले उत्पादन गरेको होसुङ ब्रान्डको मोटरसाइकल अहिलेका युवाहरूको रोजाइको बाइक हो। बतास समूहको बतास मोटर्स प्रालिले यसको बिक्री थालेको हो। युरोप र अमेरिकी बजारमा राम्रो ब्यापार गरेकाले नेपालमा पनि यो मोटरसाइकल भित्र्याएको कम्पनीले जनाएको छ। हाल युरोपेली बजारमा यो मोटरसाइकलको बिक्री हिस्सा ४३ र अमेरिकी बजारमा २८ प्रतिसत भएको कम्पनीले बताएको छ। बतास मोटर्सले होसुङको जिटि ६५० आर, जिटि २५० आर, आरटी १२५ डी, आरएक्स १२५ एसएम, आरएक्स १२५ डी मोडल बिक्रीका लागि राखेको छ। यी सबैमध्ये ६५० सीसीको मोटरसाइकल सबैभन्दा पावरफुल छ। यो पावर सेग्मेन्टको मोटरसाइकल हो र पावर मन पराउनेहरूका लागि यही मोटरसाइकल उपयुक्त भएको कम्पनीको दाबी छ। यसलाई रोड स्पोर्ट्स मोटरसाइकल मानिन्छ। ह्योसुङको २५० सीसीको बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाा हाराहारी छ भने ६५० सीसीको मूल्य ११ लाख रुपैयाँ पर्छ।



कहाँ कुदाउने हेभी बाइक ?


अक्सर दरबारमार्ग, चक्रपथ, ठमेल तथा न्युरोडमा युवाहरू सो अपकै लागि भए पनि हेभी बाइक कुदाइरहेका हुन्छन्। खासगरि शुक्रबार गुड फ्राइडे र शनिबार ह्याप्पी होलिडेका दिन काठमाडौंमा हेभी बाइक गुड्छन्।  काठमाडौंको जाम उनीहरूका निम्ति सबैभन्दा ठूलो शत्रु हो, फराकिलो सडक नहुनु अर्को दुर्भाग्य। 'हेभी बाइक भन्नेबित्तिकै हाइस्पीडमै कुदाउनुपर्छ भन्ने होइन' हार्ले डेभिड्सन चलाउने छिरिङले भने- 'आफ्नो प्यासन पूरा गर्न र इज्जत बढाउन हेभी बाइक चढ्ने हो' अरूभन्दा आफूलाई पृथक् देखाउन हेभी बाइक चढ्ने गरेको उनको भनाइ थियो। छिरिङले भने- हामी ४ पांग्रेभन्दा पनि स्टाइलिस्ट २ पांगे्रमै सन्तुष्ट छौं। हेभी बाइक दिनहुँ अफिस आउन प्रयोग गर्ने होइन, उनले थपे- 'बिदाको दिन वा अन्य कुनै अवसरमा ग्रुपसँग मिलेर चलाउने हो।' राति काठमाडौंको खुल्ला सडकमा थुप्रै हेभी बाइक गुड्ने गरेका छन्। कतै-कतै अन्डरग्राउन्ड रेस पनि आयोजना गरिन्छ, तर यसको आधिकारिक पुष्टि भने भएको छैन।



क्रुजको आकर्षण भिन्दै


क्रुजलाई आरामदायक बाइक मानिन्छ। यामाहाको इन्टाइसर, बजाजको एभेन्जर सिम्पल लक्जरियस क्याटोगरिका बाइक हुन्। लो-राइडिङ तथा कम्र्फटेबल फिलिङका लागि उपभोक्ताहरू यस्तो बाइक रोज्छन्। क्रुज बाइक टुरिङ तथा हाइवेका लागि उपयुक्त हुन्छन्। लङ ट्राभलका लागि क्रुजको छनौट सही हुनसक्छ। क्रुज बाइक पनि हेभि सीसीमा उपलब्ध छन्। यामाहाकै बी म्याक्स १७०० सीसी, ड्रागस्टर ११०० सीसी हुन् तर यी बाइक नेपालमा छैनन्। हाइयर सीसी क्रुजहरू सुलुत्त परेको सडकमा गुड्ने भएकाले होला नेपालमा यी बाइक त्यति देखिएका छैनन्। बि्रटिस बाइक बुलेट क्रुजको क्याटोगरिमा पर्दैन तर यसको छुट्टै इज्जत छ। ३५० देखि ५०० सीसीसम्म उपलब्ध बुलेट स्पोर्ट्स बाइक क्याटोगरीमा पनि पर्दैन्। यो स्टाइलिस्ट बाइकका आफ्नै पारखी छन्। आवाज र लुकिङ बुलेटका विशेषता हुन्।

Wednesday, July 20, 2011

फेसवुकको प्रतिद्वन्दी बनेर आयो गुगलप्लस

 
इन्टरनेटका पारखीहरूलाइ नयाँ नयाँ स्वाद चखाउँदै आएको गुगलले फेसबुकलाई चुनौति दिँदै सोसियल साइट लन्च गरेको छ ।
गुगलको आधिकारिक ब्लगमा यस्तो घोषणा गरिएअनुसार ‘गुगल प्लस’ नामक नयाँ वेवसाइटमा आफ्नो तस्वीर, सन्देश तथा प्रतिक्रिया बाँढ्ने सुविधा उपलव्ध छ । साथै गुगलको नामचित्र र तस्वीर पनि यसमा जोड्न सकिनेछ । वेवसाइटमा उपभोक्ताभित्र आफ्नो समूह खोज्न पनि सहज सुविधा छ ।
यसअघि पनि गुगलले फेसबुकलाइ चुनोति दिन नखोजेको होइन । उसले ल्याएको गुगल वेव र गुगल बजले उसले सोचेजति लोकप्रियता कमाउन सकेनन् ।
गुगलले आफ्नो नयाँ सेवालाई स्थापित गर्न चार विशेषता राख्रेको दावी गरेको छ ।


सर्कल्सः ‘गुगल +’ मा एउटा यस्तो सुविधा छ, जसको माध्यमबाट आफ्ना साथीहरुलाई एक समूहमा राख्न सकिन्छ र आपसाम सामाग्रीहरुको आदान प्रदान गर्ने सुविधा छ । यसमा साथीहरु र नातेदारहरुको विभिन्न समूह बनाउने सुविधा हुनेछ। यसमा तपाईँले एउटा समूहमा बाँडिने विषय अर्को समूहमा नदेखिने बनाउन सकिनेछ। उदाहरणका लागि तपाईँले नातेदारहरुको समूहमा बाँडेको फोटो साथीहरुको समूहले हेर्न नपाउने बनाउन मिल्छ।
ह्याङआउटः यस सुविधा अन्तरगत उपभोक्ताहरुले एक साथ भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।
हडलः यस सुविधामा आफ्नो समूहमा रहेकाहरलाई तत्काल सन्देश पठाउन सकिनेछ ।
स्पार्कस् : यसले इन्टरनेटमा भेटिएका लिङ्कहरु बाँड्ने सुविधा दिनेछ ।
गुगल प्लसको मोबाइलले भने सुरुमा एन्ड्रोइड प्रयोग भएका स्मार्टफोनले खिचेका फोटोहरु मात्र बाँड्ने सुविधा दिनेछ।

टेलिकमले ल्याउने भो फेसबुकजस्तै चौतारी


 
फेसबुक र ट्विटरजस्ता इन्टरनेट सामाजिक सञ्जाल संसारभरि लोकप्रिय भइरहेका बेला त्यस्तै नेपाली साइट तयार भएको छ। ‘चौतारी’ नाम दिइएको सञ्जाल नेपाल टेलिकमले आन्तरिक परीक्षण गरिरहेको छ।
‘यो फेसबुकजस्तै सामाजिक सञ्जाल हो, नेपालमै कन्टेन्ट बनाएर यसलाई सञ्चालन गर्न लागेका छौँ,’ टेलिकम सूचना प्रविधि निर्देशनालयका डेपुटी मेनेजर सरोजकुमार शाक्यले भने।
फेसबुक, ट्विटर, माइस्पेसजस्ता साइटको सर्बर अमेरिकामा रहे पनि चौतारीको नेपालमै राखिएको छ।
http://chautari.ntc.net.np ठेगाना रहेको यो साइटमा फेसबुकका सबै सुविधा उपलब्ध हुनेछन्। साथी बनाउने, च्याट रुम, ग्रुप बनाउने, फोटो सेयर गर्नेमात्र होइन, चौतारीबाट नेपाल टेलिकमका मोबाइल ग्राहकले निःशुल्क एसएमएस आदानप्रदान गर्न पाउनेछन्।
‘चौतारीमा सदस्य बनेपछि दैनिक १० वटा मोबाइल एसएमएस निःशुल्क पठाउने सुविधा राखिएको छ,’ शाक्यले भने।
सुरुमा १० लाख सदस्य अटाउन सक्ने गरी यसको क्षमता बनाइएको छ। आवश्यकताअनुसार क्षमता बढाउँदै लैजाने योजनामा टेलिकम छ।
फेसबुक अहिले नेपालमा सबैभन्दा बढी हेरिने साइट हो। यस सञ्जालले टेलिकमको इन्टरनेट ब्यान्डविथ खपत ह्वात्तै बढाएपछि नेपालभित्रै सर्बर राखेर चौतारी बनाइएको हो।
फेसबुकलगायत साइट खोल्न पहिले अमेरिकामा रहेको फेसबुक सर्बर पुग्नुपर्छ। यो बाध्यताले डलरसमेत बाहिरिने गरेको छ।

टेलिकमका अधिकांश इन्टरनेट ग्राहक कम्प्युटरमा बस्नेबित्तिकै फेसबुक खोल्ने गरेको पाइएको छ। ‘अनलिमिटेड’ इन्टरनेटका ग्राहक अधिकांश समय फेसबुक अनलाइनमा हुन्छन्। फेसबुक खोलेर अरू साइट हेर्ने र अरू नै काम गर्ने बढ्दो प्रवृत्तिले ब्यान्डविथको खपत बढेको छ।

फेसबुक अहिले टेलिकमकै समस्या बनेको छ। भर्खरै टेलिकमले थपेको तीन जिबी ब्यान्डविथसमेत फेसबुकले गर्दा सबै खपत भएर इन्टरनेट सुस्त भएको छ।

टेलिकममा फेसबुक ब्लक
अत्यधिक ब्यान्डविथ लिएर समस्या बढाएपछि नेपाल टेलिकमका कार्यालयहरूमा फेसबुक ‘ब्लक’ गरिएको छ।

नेपालभित्रै सर्भर भएको र यहीँको कन्टेन्ट भएको साइट तयार नभएसम्म महँगो ब्यान्डविथ खपत बढिरहने समस्या हटाउन नेपाली साइट चौतारी सुरु गर्न लागेको टेलिकमले जनाएको छ। यो सामाजिक सञ्जालको अवधारणादेखि सञ्चालनका लागि टेलिकमको सूचना प्रविधि निर्देशनालयले एक दर्जन प्राविधिक परिचालन गरेको छ।
साइट सुरु गर्न दुई महिना लाग्ने शाक्यले बताए। यसमा दर्ता भएपछि ग्राहकको गोपनीयता सुरक्षित हुने विश्वास जगाउन केही समय लाग्ने भएकाले अहिले कर्मचारीबीच नै प्रयोग गरेर प्रतिक्रिया लिइरहेको टेलिकमले जनाएको छ।
टेलिकमले नेपालबाट बढी हेरिने साइटबारे विवरण लिएर त्यस्तै कन्टेन्ट राखेर नेपालमै नेपाली साइट विकास गर्ने तयारी गरिरहेको छ। टेलिकमले गुगलसँग मिलेर भिडियो साइट युट्युबको ‘गुगलकेच’ सर्भर नेपालमा राख्ने अन्तिम तयारीमा छ।
‘गुगलले गुगलकेचको अन्तिम तयारी गरिरहेको छ, त्यसपछि यही साइटबाट भिडियो डाउनलोड, अपलोड गर्न सकिन्छ,’ उनले भने। टेलिकमले माइक्रोसफ्टसँग विन्डोजको अपडेटसमेत नेपालबाटै हुने प्रविधि राखेको छ। माइक्रोसफ्टका कुनै पनि अपडेटका लागि अब अमेरिकामा रहेको यसको सर्भर पुग्नुपर्दैन। नेपाल टेलिकममा रहेको यसको सर्वरले नै अटोमेटिक काम गरिदिन्छ।

Tips Of Life....

पर्फेक्ट श्रीमान्

 

प्रेम व्यक्त गर्दा सानो हुन्छु भन्ने सोच्नु हुँदैन।

अर्काका सामु श्रीमतीको कमजोरी बताउनु हुँदैन।

श्रीमतीको पीडामा सहानुभूति राख्नुपर्छ।

आवश्यक परे वा फुर्सद छ भने श्रीमतीलाई घरेलु काममा सहयोग गर्न सकिन्छ।

श्रीमतीलाई शारीरिक समस्या छ भने आराम गर्न दिनुपर्छ।

उनलाई खुसी रहन प्रेरित गर्नुपर्छ।

श्रीमतीलाई नम्रतापूर्वक उक्त कुरा बताउनुपर्छ।

श्रीमतीले कुनै कुरामा गुनासो गरिरहेकी छिन् भने त्यसलाई गम्भीरताका साथ सुन्नुपर्छ।

श्रीमतीका नातेदार पनि आफ्नै नातेदार हुन्। यसबाट उनले पनि आफ्ना नातेदारलाई उत्तिकै सम्मान दिनेछिन्।

एक-अर्काका साथ रमाइला पल बिताउनुपर्छ।

सेक्स फ्याक्ट

 

सेक्सुअल पावर बढाउन प्रयोग हुने भियाग्राले सुन्ने शक्ति कम गर्न सक्छ। भर्खरै वि्रटेनमा भएको एक अध्ययनमा यो कुरा बाहिर आएको हो। वि्रटेन, अमेरिका, इस्ट एसिया तथा अस्ट्रेलियामा सडेन हियरिग लस का ४७ समस्या आएका थिए। त्यसैले भियाग्रा जस्तै अन्य औषधी प्रयोग गर्नेहरूलाई पनि सर्तक गराइएको छ। एफडीएले भनेको छ यदि कसैलाई अचानक सुन्नमा समस्या छभने तुरुन्तै भियाग्राको प्रयोग रोकेर चिकित्सकसँग सम्र्पक गर्नुपर्छ। अनुसन्धानकर्ताहरूलाई अहिलेसम्म कै थाहा छैन भने कसरी भियाग्राले यसरी मानिषलाई बहिरा बनाउँछ तर पनि उनीहरू केमिकलको रिएक्शनले यस्तो भएको अनुमान गरिन्छ।

यात्रामा मेकअप


 

यात्राका क्रममा हल्का मेकअप गर्नु राम्रो हुन्छ। यात्रामा बढी पसिना आउन सक्छ। त्यसैले यस्तो मेकअप गर्नुपर्छ जसलाई पसिनाले नबगाओस््। गाडीमा यात्रा गरिरहेको बेला हावाले केश उडाउन सक्छ, तसर्थ हेयर स्पे्र लगाएर केश बाँध्नुपर्छ। यात्रा गर्नु चार पाँच दिनअघि आई ब्रो बनाउनु, फेसियल वा वाक्सिङ गर्नु उपयुक्त हुन्छ।

सोमत

 

सार्वजनिक स्थल र मिटिङमा रहेका बेला मोबाइल साइलेन्समा राख्नुपर्छ । आफूलाई मन पर्ने रिङटोन छनौट गर्नु राम्रो हुन्छ।

ठूलो आवाजमा कराउनुभन्दा पनि नम्रतापूर्वक बोल्नुपर्छ।

लिफ्ट, लाइब्रेरी, म्युजियम, रेस्टुराँ, थेटर, धार्मिक स्थल एवं सार्वजनिक स्थलमा मोबाइलमा कुराकानी गर्नु राम्रो हुँदैन।

सवारी साधनमा रहेका बेला मोबाइलमा बोल्नैपरे ह्यान्ड्स फ्री गरेर बोल्नुपर्छवा इयर फोन प्रयोग गर्नुपर्छ ।

कलको समयमा ध्यान दिएर कुरा सुन्नु उचित हुन्छ।

रोचक तथ्य

 

पृथ्वीको तौल लगभग ६५,८८,००,००,००,००,००,००,००० टन छ।

अंग्रेजी भाषामा लगभग ५,४०,००० शव्द छन्, जसको संख्या अझ बढिरहेको छ।

विश्वमा धूमपानका लागि प्रतिदिन१५ अर्ब सिगरेट प्रयोग हुन्छ।

टेलीभिजन मुटुका लागि खतरा

 
यसको साइड इफेक्टलाई वास्ता नगरी केटाकेटी घण्टौ सम्म टेलिभिजनमा टाँसिइरहेका हुन्छन्। यसमा अभिभावकहरू सचेत रहनुपर्छ। किनभने उनीहरूको यो बानी मुटुका लागि खतरनाक हुनसक्छ। सिड्नी युनिभर्सिटीका वैज्ञानिकहरूका अनुसार यदि छ वर्षको शिशुले घन्टौं टेलिभिजन हेर्छ वा भिडियो गेम खेल्छ भने पछि उसमा मुटुरोग देखिन सक्छ। करिब १ हजार ४ सय ९२ बालबालिकामा गरीएको अनुसन्धानमा घन्टौं टेलिभिजन हेर्ने शिशुको आंखाको रगतनली सुकेको पाईयो जुन मुटु रोग र ब्लडप्रेसर हुने उच्च सम्भावना हो।

इन्टरनेट कम्पनीः बढी ऊर्जा खपत गर्ने पाँचौं देश ?

 
          यदि विश्वका सबै इन्टरनेट कम्पनीले खपत गर्ने ऊर्जाको परिमाणलाई एक ठाउँमा राख्ने हो भने त्यस्ता कम्पनीको समूह बढी ऊर्जा खपत गर्ने पाँचौं देश बन्छ। झट्टा सुन्दा पत्याउन गाह्रो हुन्छ तर वातावरणको क्षेत्रमा क्रियाशील संस्था गि्रनपिसको पछिल्लो अध्ययनअनुसार इन्टरनेट कम्पनीको ऊर्जा खपत रूसको भन्दा बढी छ।

ग्रिनपिसले गरेको पछिल्लो अध्ययनबाट फेसबुक, टि्वटर तथा जिमेललगायतका इन्टरनेट सेवा प्रदायकहरूले विश्वको कुल ऊर्जा खपतको २ प्रतिशत हिस्सा ओगट्ने देखाएको छ। इन्टरनेट सेवाप्रदायकहरूको डाटा सेन्टरमा डाटा भण्डारण तथा सेवा सञ्चालनमा यतिधेरै ऊर्जा खपत हुने गरेको र यस्तो उर्जाको खपत बर्सेनि १२ प्रतिशतले बढ्दै गएको देखिन्छ। यस्ता इन्टरनेट कम्पनीहरूले स्वच्छ ऊर्जाको प्रयोग एवं उत्पादनतर्फ ध्यान नदिएको तथा ऊर्जा मितव्ययी प्रविधिको विकासमा पनि लगानी नगरेको गि्रन पिसको भनाइ छ।

अध्ययनका क्रममा लिइएका १० वटा इन्टरनेट कम्पनीमध्ये सबैजसोले जीवांश इन्धन तथा आणविक ऊर्जा प्रयोग गरेको पाइयो। इन्टरनेट कम्पनीले कुल ऊर्जा खपतमध्ये ५० देखि ८० प्रतिशत ऊर्जा निकै प्रदूषक मानिएको कोइलाबाट प्राप्त गर्ने गरेका छन्। याहु र गुगलले भने स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिएका र वायु तथा सौर्य ऊर्जामा समेत लगानी गरेको गि्रनपिसको प्रतिवेदनमा उल्लेख छ।

इन्टरनेट सेवाप्रदायकहरू आफूले प्रयोग गर्ने ऊर्जा र उत्सर्जन गर्ने हरितगृह ग्यासका विषयमा पारदर्शी नभएको गि्रनपिसको आरोप छ। यस्ता कम्पनीहरूले जहाँ सस्तो प्रदूषक ऊर्जा पाइन्छ त्यहीँ आफ्ना कार्यालय तथा सेवा केन्द्र स्थापना गरेका छन्।

इन्टरनेट कम्पनीमध्ये अकामाइ सबैभन्दा बढी पारदर्शी रहेको र याहुसँग मात्र कार्वन उत्सर्जनको अद्यावधि तथ्यांक रहेको गि्रनपिसले उल्लेख गरेको छ। गि्रनपिसले इन्टरनेटको बढ्दो विस्तारसँगै बढेको ऊर्जाको खपत एवं प्रदूषणलाई क्लाउड कम्प्युटिङको नाम दिएको छ। प्रतिवेदनअनुसार गुगलले महिनाको २ लाख ६० हजार किलो कार्वन डाइअक्साइड उत्सर्जन गर्छ।

विभिन्न इन्टरनेट सेवा प्रदायक तथा सूचनाप्रविधि सस्थाको स्वच्छ ऊर्जा प्रयोग दरः

  • याहुः ५५.९ प्रतिशत
  • गुगलः ३६.४ प्रतिशत
  • अमाजोन डट कमः २६.८ प्रतिशत
  • माइक्रोसफ्टः २५ प्रतिशत
  • टि्वटरः २१ प्रतिशत
  • फेसबुकः १३.८ प्रतिशत
  • आइबीएमः १०.९ प्रतिशत
  • एचपीः ९.९ प्रतिशत
  • एप्पलः ६.७ प्रतिशत

बढे नागराज

 
                  एकताका भनिन्थ्यो- काठमाडौंमा सर्प पाइँदैनन्, तर यो भनाइ किंवदन्ती सावित हुने दिन आएजस्तो छ। काठमाडौंमा सर्पले टोकेका घटनाहरूमा आएको वृद्धिले पनि यो कुरालाई पुष्टि गर्छ। कमसेकम टेकुस्थित ट्रोपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकले त यसै भन्छ। भनिन्छ, अहिले उक्त अस्पतालमा दैनिक पाँच जनासम्म सर्पदंशका बिरामी पुग्ने गरेका छन्। गत जेठ महिनामा मात्र ३४ जना सर्पदंशका बिरामी टेकु अस्पताल पुगेका थिए भने गत वर्ष त्यही महिनामा १४ जना मात्र सर्पदंशका बिरामी अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार आर्थिक वर्ष २०६३/०६४ मा १ सय ७१ तथा ०६५/०६६ मा १ सय ७८ जना मानिस सर्पले टोकेर अस्पताल पुगेका थिए।

यति धेरै मानिसलाई सर्पले टोके पनि कसैको मृत्यु भने नभएको बताइन्छ। यसको एक मात्र कारण हालसम्म काठमाडौंमा पाइएका सर्प विषालु नहुनु नै हो। उपत्यकामा बढ्दो गर्मी एवं जनघनत्वका कारण काठमाडौंमा सर्पको संख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ। बढ्दो गर्मीका कारण जमिनमुनि लुकेर बसेका सर्प जमिनमा आएकाले सर्पदंशका घटनामा वृद्धि भएको हो। उपत्यकाभित्र पनि खेतीपाती बढी हुने भक्तपुरमा सर्पदंशका घटना बढी छन्। जानकारहरू भन्छन्- तराईबाट ट्रकमा आउने काठ दाउरा, पाइप आदिका माध्यमबाट विषालु सर्प पनि काठमाडौं भित्रिरहेका छन्।

Friday, July 15, 2011

नेपाली जोक्स अनी चुट्किला (best nepali jokes)

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

****************************************************************
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

***************************************************************************
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

**************************************************************************
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

******************************************************************************
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।

*********************************************************************************
एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।

***************************************************************************
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

*************************************************************************
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

**********************************************************************************
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......

*******************************************************************************
३ जना गफाडीबच्चाहरु गफगर्दापहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।
*****************************************************************************
शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।
********************************************************************************
एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन
***********************************************************************************
"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
**********************************************************************************
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
**************************************************************************
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
************************************************************************
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
****************************************************************************
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
********************************************************************************
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!
**************************************************************************
"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।
************************************************************************************
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।
*******************************************************************************
एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...
**********************************************************************
युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।
***************************************************************************
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?राम : ३ प्रकारको सरशिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ तराम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।
**********************************************************************************
शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।दुई जना पागल कुरा गर्दै थिएपहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?एउटा केटीले आफ्नो दिदी सँग सोधेछनबहिनी : दिदी यो दुल्हा भनेको के हो ?दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
*********************************************************************************
प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
***************************************************************************
माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
******************************************************************************
शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?
********************************************************************************
भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?
*****************************************************************************
स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?लोग्ने : शार्जहा जतीस्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
**********************************************************************************
"रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....
***************************************************************************************
बाबु : छोरा तैले गधा देखेको छस ??छोरा : देखेको छु ड्याडी ..बाबु : अनी उल्लु नि ??छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?बाबु : तँ त्यस्तै छस त्यसैलेछोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...
************************************************************************
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...
*****************************************************************************
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो रपहिलो : दाई तपाईं किन रुनु भएको ?दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............
********************************************************************************
डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...रोगी: किन डाक्टरसाप -डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।
*********************************************************************************
जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।
********************************************************************************
बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -पाहुना: किन र बाबु -बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
*******************************************************************************
आफूलाई यहाँ कस्तो भोक लागिसक्योप्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले । 
******************************************************************************

निर्वस्त्रताका लागि लडाइँ

अमेरिकाको न्युयोर्क सहर निर्वस्त्र हुने विषयमा कहिले कठोर हुन्छ भने कहिले उदार हुन्छ। यो लडाइँ विगत दुई दशकदेखि चलिरहेको छ। स्थानीय राज्यको कानुनले महिला र पुरुषलाई समान मानेको र पुरुषले कम्मरभन्दा माथिको भाग देखाएर हिँड्डुल गर्न पाउने भएपछि महिलाले पनि उक्त अधिकारको प्रयोग गरेका थिए, तर प्रहरीले पुरुषको छातीभन्दा महिलाको छाती संवेदनशील हुने भएकाले महिलाले निर्वस्त्र हुन नहुने जिकिर गरिरहेको छ।

सन् १९९२ मा दुई युवतीलाई निर्वस्त्र हिँडेको अभियोगमा पक्राउ गरेपछि यो बहस प्रारम्भ भएको थियो। सन् २००५ मा छाती देखाएर हिँड्ने एक महिलालाई पक्राउ गरेपछि उनले २९ हजार डलर क्षतिपूर्ति तिर्नुपरेको थियो। न्युयोर्कमा प्रहरीको मुडअनुसार महिलाले निर्वस्त्र हिँड्न पाउने भएपछि अधिकारवादी महिलाहरू कानुनमा समानता ल्याउनुपर्ने माग गरिरहेका छन्। यसका लागि उनीहरूले आगामी अगस्ट २१ मा स्थानीय प्रशासनलाई दबाब दिन महिलाहरूलाई निर्वस्त्र हुन आह्वानसमेत गरेका छन्।

शुक्रकीट संकलक

 
एक कम्पनीले पुरुषको शुक्रकिट संकलन गर्ने मेसिनको विकास गरेको छ। चीनमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय चिकित्सा उपकरण महोत्सवमा उक्त मेसिन सार्वजनिक गरिएको हो।

अस्पताल र शुक्रकीट बैंकलाई उपयोगी हुने उक्त मेसिनले पुरुषलाई यौनसम्पर्कको आनन्द दिँदै शुक्रकीट निकाल्न सहयोग गर्छ। उक्त मेसिनको प्रविधि योनिसँग मिल्दोजुल्दो छ। यो मेसिसमा शुक्रकीट परीक्षण गर्न वा दान गर्न चाहने पुरुषले आनन्द लिँदै आफ्नो शुक्रकीट निकाल्न सक्छन्।

खाल्डोमा ४५ दिन निराहार तपस्या

 
मानिस खाना नखाई कति दिन बस्न सक्ला ? दुई-चार दिन अथवा बढीमा एक हप्ता, तर धेरैको यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ३१ वर्षीय सरोज अधिकारीले। रूपन्देहीको पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा आफूलाई शान्तिदूत बताउने अधिकारीले वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म ४५ दिनसम्म निराहार भूगर्भ तपस्या बसेर सबैलाई अचम्मित तुल्याउँदै नयाँ कीर्तिमान बनाएका हुन्। अर्घाखाँची घर भै बुटवल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक अध्ययनरत अधिकारीले विश्व शान्तिको कामना, संविधान निर्माणमा दबाब, पर्यटन वर्ष सफल पार्न टेवा पुर्‍याउने एवं योगको महत्त्व दर्साउन निराहार तपस्या गरेको बताएका छन्। वन विहारमा ९ फिट गहिरो र ९ फिट चौडा खाल्डोमा बसेर तपस्या गरेका अधिकारीले हरेक दिन बिहान ३ बजे पानी मात्र पिउने गरेका थिए।

सुरुमा ४० दिन निराहार बस्ने घोषणा गरेका अधिकारीले जेठ १० गते ५ दिन थप गरेका थिए। अधिकारीले यसअघि दाङमा २१ दिन निराहार तपस्या गरेका थिए। नेपालमा हालसम्मकै सबैभन्दा लामो दाबी गरिएको र विश्वमा समेत दुर्लभ मानिने निराहार तपस्याका कारण चर्चामा आएका अधिकारी विश्वमा चुलिँदै गएको खाद्यान्न संकट कम गर्न र मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि हरेक व्यक्ति सातामा कम्तीमा एक दिन निराहार बस्नुपर्छ भन्छन्।

सपनामा सम्भोगको अर्थ

भनिन्छ, वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्रस्फुटित हुन्छन्। यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन्। विभिन्न अध्ययनअनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस्। त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ। हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन्। कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।

पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे

यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।

पूर्वप्रेमीसँग सम्भोग गरेको देखे

यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।

कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे

यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखे

यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन्।

प्रेमीसँग बिछोड भएको सपना देखे

प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन्।

विश्वकै सेक्सी महिला

 
भारतीय मूलकी दक्षिण अफ्रीकी मोडल शशि नायडू विश्वकै सर्वाधिक सेक्सी महिला चुनिएकी छिन्। पुरुषहरूको अग्रणी पत्रिका एफएचएमले करिब १५ लाख पाठकबाट संकलन गरेको मतदानमार्फत नायडूलाई २०११ मा विश्वकै सबैभन् दा सेक्सी महिला चुनिएको हो। पत्रिकाले आफ्नो दक्षिण अफ्रिकी संस्करणमा विश्वका सर्वाधिक १ सय सेक्सी महिलाको नामावली प्रकाशित गरेको थियो। नायडूको प्रतिस्पर्धामा एन्जेलिना जोली, क्रिष्टिना एगुइलेरा आदि पनि सहभागी थिए। पत्रिकाका सम्पादक हेजन एंगलर भन्छन्— 'नायडुमा ती सबै कुरा छन् जो एउटा पुरुषले महिलामा चाहन्छ।'

निर्वस्त्रतामा अर्को कीर्तिमान



यसअघि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा एकैपटक २ सय ५० व्यक्तिले निर्वस्त्र डुबुल्की मारेको कीर्तिमान थियो। यो कार्यक्रमको उद्देश्य  कीर्तिमान तोड्नु मात्र नभै समुन्द्री क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई हुने क्यान्सरबाट बचाउन अर्थ संकलन गर्नु पनि थियो। यो कार्यक्रममार्फत  ५ हजार पाउन्ड संकलन भएको बताइन्छ।
निर्वस्त्रताप्रति आममानिसको आकर्षण बढी भएका कारण पनि यससँग जोडिएका विभिन्न कीर्तिमान कायम हुन थालेका छन्। दक्षिणी वेल्सको  रोसिली समुन्द्री तटमा हालै ४ सय महिला र पुरुषले निर्वस्त्र भएर एकै पटक डुबुल्की मारी नयाँ कीर्तिमान कायम गरेका छन्। चिसो क्षेत्रमा  बिहानै ८ बजे भेला भएका मानिसहरूले त्यसरी डुबुल्की मारेका थिए। यो कीर्तिमान कायम गर्न आयोजकहरूले विभिन्न देशबाट सहभागीह रूलाई पनि निमन्त्रणा गरेका थिए।

वयस्क कार्यक्रम

 
स्वीजरल्यान्डको राजधानी ज्युरिचस्थित एक रेडियो स्टेसनले वयस्क रेडियो कार्यक्रम प्रसारण गर्न थालेको छ। दुईवटा फ्रिक्वेन्सीबाट प्रसारण  थालिएको उक्त कार्यक्रमले दम्पतीहरू बीच माया प्रगाढ बनाउने खालका कार्यक्रमहरू प्रसारण गर्छ। राति ५ घन्टा प्रसारण हुने उक्त कायर् क्रममा क्लासिकल संगीतका साथै यौन उत्तेजना बढाउने कार्यक्रमहरू पनि प्रसारण हुन्छन्। त्यसबाहेक यौन समस्यामा रहेका व्यक्तिहरूका  लागि चिकित्सकको परामर्शसमेत प्रदान गरिन्छ।  स्वीट्जरल्यान्डवासी प्रेममा लिप्त हुन् भनेरै उक्त कार्यक्रम तयार पारिएको निर्माता ओलिभर  स्कोटोनी बताउँछन्।

फोके बाजेको कथा

 


उदयपुर बेल्टार-१, श्रीपञ्चमीका प्रेमबहादुर राई (५२) को जीउभरि फेाकैफोका देखा परेको छ। जन्मिएको ६ महिनादेखि नै घमौराजस्तो  मसिना फोका जति उमेर बढ्दै गयो त्यति बढदै गएपछि उनलाई यो फोका पिरलो बनेको छ।

मजदुरी गर्न भारतको केरलामा जाँदा स्थानीय प्रहरीको सहायतामा अस्पतालमा पुगे पनि शरीरमा केही रोग देखा नपरेको र नेपालका विभिन्न  अस्पताल तथा मेडिकलहरूमा देखाउँदा रोग पत्ता नलागेको उनकी दिदी भद्रमाया राईले बताइन्।

आर्थिक अवस्था कमजोर भएका राईको शरीरका फोका हिँडडुल गर्दा दुख्न थालेको आमा भीमकुमारी राईले बताइन्। अविवाहित प्रेमबहादुरलाई  अहिले गाउँका सबैले उनको नामले भन्दा पनि फोके बाजेका रूपमा चिन्ने गरेका छन्।

नेपाली परम्परामा समलिंगी विवाह

 

अमेरिकाबाट नेपालमा विवाह गर्न आएकी कोर्टेनी मिचेल र सराह बेल्टनले दक्षिणकालीमा नेपाली परम्पराअनुसार विवाह सम्पन्न गरे। ढाकाको  दौरा-सुरुवाल, टोपी र कम्मरमा पटुको बाँधेर दुलाहका रूपमा कोर्टेनी प्रस्तुत भएकी थिइन् भने सितारा जडित रातो साडीमा घुम्टो ओडेर  सराह दुलही भएकी थिइन्। विदेशीले नेपाली शैली र संस्कारमा गरेको विवाहले निम्तालुहरूलाई मात्र नभएर दक्षिणकालीको दर्शन गर्न आएका  श्रद्धालुहरूलाई समेत आकषिर्त गरेको थियो। झट्ट हेर्दा यो विवाह आफैंमा नौलो देखिए पनि कोर्टेनी र सराहले पहिलो पटक दक्षिणकाली  हातामा समलिंगी विवाह गरेपछि यो विवाहप्रतिको कौतूहलता थप बढेको थियो।

पिस कोरको स्वयंसेवक भएर ६ वर्षअघि नेपाल आएकी कोर्टेनीलाई यहाँका मानिसको मिजासिलो बानीले गर्दा नै नेपालमा आएर विवाह गर्ने  सोच पलाएको थियो। अमेरिकाबाटै १२ जना आफन्त लिएर आए पनि उनीहरूको विवाहमा सभासद् सुनिलबाबु पन्तले अभिभावकको भूमिका  निभाएका थिए। कोर्टेनी र सराहको भेट ५ वर्षअघि एक पार्टीमा भएको थियो। कोर्टेनीले आफूभन्दा ७ वर्षले जेठी सराहसमक्ष प्रेम प्रस्ताव  राखेपछि उनले त्यसलाई सहर्ष स्वीकार गरेकी थिइन्।