पुरुषलाई इन्जेक्सन
परिवार नियोजनका अधिकांश उपाय महिलाहरूमा मात्र केन्दि्रत हुँदै आएको छ । सन्तान उत्पादनमा महिला तथा पुरुषको उत्तरदायित्व समान भए पनि स्थायी/अस्थायी परिवार नियोजनका उपायहरूमध्ये महिलाले प्रयोग गर्ने बढी छन् । यही असमानता हटाउन बेलायतको एडिनबरा युनिभर्सिटीका वैज्ञानिकहरू सफल भएका छन् । परीक्षणका रूपमा रहेको उक्त सुईले पुरुषहरूको शुक्रकीटमा कमी ल्याइ प्रजनन् क्षमता रो केको पाइएको छ । यो सुईमा केही सुधार गरेर चाँडै नै अन्तर्राष्ट्रिय बजारमा ल्याइनेछ ।
दिनको सुरुवात कसरी गर्ने ?

दिनको सुरुवात कसरी गर्ने ?

दिनको सुरुवात कसरी गर्ने भन्ने विषयमा सबैको आ-आफ्नै मत हुन सक्छ । सोचबाट काम थाल्ने कि कामबाटै कामको सुरुवात गर्ने भन्ने विषयमा सधैं दुई मत रहँदै आएको छ । अमेरिकाका अनुसन्धान वैज्ञानिक डा. डेबी हर्बेनिकले भने दिनको सुरुवात यौनसम्पर्कबाट गर्दा राम्रो हुने बताएका छन् । डेबीका अनुसार बिहान गरिने यौनसम्पर्कले दिनभर सकारात्मक सोचका साथै रोग प्रतिरोध शक्तिसमेत बढाउँछ । बिहानको समयमा चिया पिएर र नास्ता गरेर दिनको कामको सुरुवात गर्ने व्यक्तिको तुलनामा यौनसम्पर्क गर्ने व्यक्तिलाई बढी फाइदा हुन्छ । यस्ता व्यक्तिहरूलाई चिसोले कम समाउने तथा उनीहरूको केश, छाला र नङसमेत राम्रो हुने डेबीले बताए ।
डेबिका अनुसार बिहानको यौनसम्पर्कले शरीरमा फाइदा पुर्याउने रसायन उत्पादन हुन्छ । यसले दम्पतीमा सकारात्मक सोचको विकास गर्छ । यसैगरी यौनका विषयमा क्विन्स युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धान प्रतिवेदनमा सातामा तीन पटक यौनसम्पर्क गर्ने दम्पतीमा हृदयाघातको समस्या आधा कम हुने जनाइएको छ ।
हतियार साट्ने कार्यक्रम
डेबिका अनुसार बिहानको यौनसम्पर्कले शरीरमा फाइदा पुर्याउने रसायन उत्पादन हुन्छ । यसले दम्पतीमा सकारात्मक सोचको विकास गर्छ । यसैगरी यौनका विषयमा क्विन्स युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धान प्रतिवेदनमा सातामा तीन पटक यौनसम्पर्क गर्ने दम्पतीमा हृदयाघातको समस्या आधा कम हुने जनाइएको छ ।
हतियार साट्ने कार्यक्रम

अमेरिकाको राजमार्गमा पहिलो पटक सेक्स टोय पसल खोलेर चर्चामा आएकी सेरी विलियमले गएको भ्यालेन्टान डेमा नयाँ योजना ल्याइन्— कुनै पनि व्यक्तिले हतियार (बन्दुक) ल्याएर आफ्नो पसलबाट सेक्सटोय साट्न पाउने । भ्यालेन्टान डेको एक साताअघि सञ्चालनमा ल्याइएको यो योजना भ्यालेन्टान डेको दुई दिनपछि समाप्त भएको थियो । हाते बन्दुक लिएर आउने व्यक्तिले आफ्नो हतियारको मूल्य बराबरका सेक्सटोय लिएर जान पाउँथे ।
सेरी भन्छिन्- मेरो यो योजना हतियारद्वारा हुने हिंसालाई कम गरेर प्रेम बढाउनु हो । अहिले अलाबामा लाइसेन्स भएका हतियारलाई कानुनी मान्यता छ भने सेक्स टोयले कानुनी मान्यता पाउन सकेको छैन । यस्तो स्थितिमा उत्पादक तथा विक्रेताहरू सरकारको सेक्स टोय प्रतिको दृष्टिकोण परिवर्तन गर्ने पक्षमा छन् ।
महिलालाई मात्र
सेरी भन्छिन्- मेरो यो योजना हतियारद्वारा हुने हिंसालाई कम गरेर प्रेम बढाउनु हो । अहिले अलाबामा लाइसेन्स भएका हतियारलाई कानुनी मान्यता छ भने सेक्स टोयले कानुनी मान्यता पाउन सकेको छैन । यस्तो स्थितिमा उत्पादक तथा विक्रेताहरू सरकारको सेक्स टोय प्रतिको दृष्टिकोण परिवर्तन गर्ने पक्षमा छन् ।
महिलालाई मात्र

नेदरल्यान्डको डच टेलिभिजनले महिलाहरूलाई मात्र लक्षित गरेर वयस्क च्यानल सञ्चालन गर्न लागेको छ । महिलालाई मात्र लक्षित गरेर प्रसारणमा आउने यो युरोपकै पहिलो च्यानल हुनेछ । महिलालाई लक्षित गरेर चौबीसै घण्टा प्रसारणमा आउन थालेको यो च्यानलले पछिल्लो पटक देखा परेका वयस्क च्यानलका विषयभन्दा फरक प्रस्तुति दिनेछ । डुस्क च्यानलका मार्टिन्ज ब्रोएस्माका अनुसार यसलाई उनीहरूले पोर्ना नामकरण गरेका छन् । महिलालाई मात्र लक्षित गरेर वयस्क कार्यक्रम प्रसारण गर्नुपर्ने हुनाले अन्य वयस्क च्यानलको अवधारणालाई पच्छयाइएको छैन । तीन वर्षअघिदेखि प्रसारणको अभ्यास गरिरहेको यो च्यानललाई नेदरल्यान्डका दुई ठूला केबुल अपरेटरले प्रसारण गर्नेछन् । यो अपरेटरले १२ लाख घरमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । महिलाहरू यौनका विषयमा कृत्रिमता चाहँदैनन्, उनीहरू वास्तविकता हेर्न चाहन्छन् । त्यही मनस्थिति बुझेर यो च्यानलले त्यस्तै किसिमका कार्यक्रम उत्पादन गर्न थालेको छ ।
स्तनपानलाई मोडल
स्तनपानलाई मोडल

आफ्ना सन्तानलाई स्तनपान गराउँदा स्तनको सौन्दर्यमा ह्रास आउने आशंकाका कारण धेरै आधुनिक आमाले आफ्ना शिशुलाई स्तनपानबाट वञ्चित गरिरहेका छन् । आमाहरूको यो कार्यले बालबालिकाको नैसर्गिक अधिकार कुण्ठित भैरहेको देखेपछि भिक्टोरिया सेक्रेटका उत्पादनह रूमा मोडलिङ गरेर चर्चामा आएकी अस्ट्रेलियन मोडल मिराण्डा केरले वास्तविक स्तनपानको मोडलिङ गर्ने भएकी छिन् । श्रीमान् ओर्लान्डो ब्लुममार्फत् एक शिशुकी आमा बनेकी मिरान्डाले आफ्नो शिशु फिंगलाई स्तनपान गराएर जनचेतना जगाउन लागेकी हुन् । मिरान्डाले स्तनपान गराएका तस्बिरहरू इन्टरनेटमार्फत् सार्वजनिक भएपछि धेरै किसिमका प्रतिक्रिया आउन थालेका छन् । इन्टरनेटमा स्तनपान गराएको दृश्यलाई श्लील मान्ने कि अश्लील भन्ने विषयमा बहस पनि भैरहेको छ ।
No comments:
Post a Comment