Pages

Friday, March 25, 2011

पहिलो विश्व


ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो सांगीतिक महोत्सवका क्रममा पत्रकारहरूको मतदानद्वारा अर्जेन्टिनाकी मोडल एन्डेरा डेलाकासा 'प्रेस  क्विन' घोषित भइन् । सन् १९६० देखि आयोजना हुँदै आएको यो महोत्सवमा प्रेस क्विन भएपछि सञ्चारमाध्यमलाई पोज दिँदै एन्डेरा ।



गाँजाका थप बेफाइदा


कानुनी रूपमा प्रतिबन्धित गाँजा विश्वमा अत्यधिक सेवन गरिने लागूपदार्थको सूचीमा पर्छ । धार्मिक कारणले होस् वा लतका कारण यसका  सेवनकर्ताहरू दक्षिण एसियामा प्रशस्तै छन् । चिकित्सा विज्ञानले गाँजाको सेवनले मस्तिष्कमा असर गर्ने कुरा धेरै अघि प्रमाणित गरिसकेको  छ । वैज्ञानिकहरू अझै पनि यसका थप असरहरूका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यसै क्रममा क्विन्स युनिभर्सिटीका वैज्ञानिकहरूको  समूहले गाँजाका थप असरका बारेमा अनुसन्धान गर्दा यसले पुरुष उत्तेजनामा समेत प्रतिकूल प्रभाव पार्ने कुरा पत्ता लगाए । उनीहरूले  आफ्नो प्रतिवेदन हालै 'जर्नल अफ सेक्सुअल मेडिसिन' मा प्रकाशित गरेका छन् । अनुसन्धानमा रहेका वैज्ञानिकहरूका अनुसार गाँजाको से वनले पुरुष उत्तेजनामा ह्रास आउनुका साथै त्यसले उत्तेजना बढ्ने कोषहरूमा समेत क्षति पुर्‍याउँछ । 



विवाह गर्ने काइदा


छोराछोरीले आफ्नो उमेर पुगेपछि प्रेमविवाह गरेनन् भने अविभावकलाई निकै हैरानी हुन्छ । सर्वाधिक बढी जनसंख्या भएको मुलुक चीनमा  प्रेमविवाह नगर्ने सन्तानका अविभावकले आफ्नो सन्तानको उमेर वृद्धिसँगै हैरानी भोग्नुपरिरहेको छ । यस्तै समस्याबाट गुजि्ररहेकी एक  आमाले हालै आफ्नो उमेर पुगेकी छोरीको निर्वस्त्र भिडियो खिचेर त्यसलाई वेबसाइटमा राखी वरको खोजी गरेकी छिन् । चिनियाँ वेबसाइटमा  अपलोड गरिएको उक्त भिडियोमा आमाले आफ्नी छोरीले नुहाएको तथा बेडरुममा अर्धनिर्वस्त्र अवस्थामा खिचेका दृश्यहरू राखेर उक्त  भिडियो तयार पारेकी थिइन् । सन् १९८५ मा जन्मिएकी छोरीको विवाह उमेर पुगेर पनि पुरुष नपाएका कारण आमाले छोरीको राशि, शिक्षा,  रुचि उल्लेख गर्दै उक्त भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा छोरी गान लुलुले पनि आफ्नो इच्छा र आफूले चाहेको जीवन साथीका  बारेमा उल्लेख गरेकी छिन् ।



आइसक्रिमलाई आफ्नै दूध


भिक्टोरिया हिलेले अहिले नियमित रूपमा लन्डनमा हालै सञ्चालनमा आएको आइसक्रिम पार्लरलाई आफ्नो दूध बिक्री गरिरहेकी छिन् ।  लन्डनको कोभेन्ट गार्डेनमा सञ्चालनमा आएको उक्त आईसक्रिम पार्लरले महिलाको दूधबाट आइसक्रिम निर्माण थालेपछि भिक्टोरियाले दूध  बिक्री गर्न थालेकी हुन् । इन्टरनेटको एक फोरममार्फत महिलाको दूधको माग भएको जानकारी पाएपछि उनले यो कार्य प्रारम्भ गरेकी हुन् ।  अहिले उनले दूध आउने महिलाहरूलाई आफ्नो दूध बिक्री गर्न प्रोत्साहनसमेत गर्न थालेकी छिन् । आइसक्रिमिस्टले अहिले पौने एक लिटर  दूधको १ हजार ६ सय रुपैयाँभन्दा बढी दिने गरेको छ । त्यहाँ दूध बिक्री गर्ने महिलाहरूको दूधमा रहेका गुणहरूको परीक्षण समेत गरिन्छ ।  आइसक्रिमिस्टका सञ्चालक म्याट कोनोरले आइसक्रिमको पछिल्लो एक शताब्दीमा कसैले पनि नयाँपन दिन नसकेको देखेर आफूले उक्त  सोच ल्याएको बताए । महिलाको दूधबाट बनेको आइसक्रिमको नाम 'बेबि गागा' राखिएको छ । यो आइसक्रिममा कुनै पनि रसायन मिसावट  नभएको र आमाको दूधजत्तिकै पोसिलो हुने हुँदा मानिसमा जनचेतना बढ्दै जाने क्रममा यसको पनि लोकप्रियता बढ्ने विश्वास कोनोरको  छ ।



मोबाइलमै कन्डम जानकारी


न्युयोर्कको स्वास्थ्य विभागले मोबाइल स्मार्टफोनमा कन्डम पाइने स्थानहरूको जानकारी राख्ने भएको छ । न्युयोर्कको स्वास्थ्य विभागले  आफ्नो सहरलाई सुरक्षित यौनक्षेत्रका रूपमा विकसित गर्न यो अभियान चलाएको हो । विभागका स्वास्थ्य निर्देशक डा. मोनिका स्वेनीका  अनुसार- बर्सेनि लाखौं मानिस न्युयोर्कको भ्रमणमा आउँछन् र उनीहरूलाई सुरक्षित यौनसम्पर्कका साधनका बारेमा जानकारी नहुने हुँदा पनि  यो अभियान चलाइएको हो । अहिले आईफोन तथा एन्ड्रोइड मोबाइल फोनका प्रयोगकर्ताहरूले न्युयोर्कमा निःशुल्क कन्डम पाइने स्थानहरूको  जानकारी आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् भने विभागले पनि निःशुल्क कन्डम पाइने सुविधा सहरका १ हजारभन्दा बढी स्थानमा  उपलब्ध गराएको छ । ग्लोबल पोजिसनिङ सिस्टमका आधारमा उपभोक्ताले आफू रहेको स्थानबाट नजिकको कुन स्थानमा निःशुल्क कन्डम  पाइन्छ भन्ने कुराको जानकारी आफ्नो मोबाइल फोनबाटै प्राप्त गर्न सक्छन् । न्युयोर्क सहरले पछिल्लो ५ वर्षदेखि निःशुल्क रूपमा कन्डम  वितरण गर्दै आएको छ । अहिले न्युयोर्कमा मासिक ३० लाख कन्डम निःशुल्क रूपमा वितरण हुँदै आएको छ ।



अन्त्यमा...

मानिसले शारीरिक श्रम गरेर कुन उमेरसम्म आम्दानी गर्न सक्छ ? यसमा सबैको फरक-फरक उत्तर आउन सक्छ, तर बेलायतकी ९६ मिली  कुपरले ९६ वर्षको उमेरमा पनि यौन व्यवसायवाट वाषिर्क ५८ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको बताएकी छिन् ।

सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धमा श्रीमान् गुमाएपछि मिलीले यौन व्यवसाय अँगालेको थिइन् । यौनव्यवसायकै सिलसिलामा अमेरिका  समेत पुगेकी मिलीले आफूले अहिलेसम्म ३ हजार ५ सयभन्दा बढी पुरुषलाई यौनसेवा दिएको बताइन् । उनले आफूकहाँ अझै पनि २९ वर्ष  देखि ९२ वर्षका पुरुषहरू यौनसेवा लिन आउने तथा आफूले उनीहरूलाई सन्तुष्ट बनाएर फर्काउने गरेको बताइन् । उनीहरूले आफ्नो यौ नसेवाबाट सन्तुष्ट भएबापत ९३ हजार रुपैयाँसम्म तिरेको कुपरले बताइन् । पहिलो पतिको मृत्युपछि दोस्रो पुरुषसँग विवाह गरेकी मिलीले  आफ्नो यौनव्यवसायबाट सन्तुष्ट नभएका कारण दोस्रो पति पनि छोडेको बताएकी छिन् ।

No comments: