Pages

Monday, March 28, 2011

यौनजीवनमा उमेर भिन्नताको प्रभाव

अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको  भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको  आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन ।

कुन हो सही उमेर ?

यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र  यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ ।

कति ग्याप हुनु ठीक ?

यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको  सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने  महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति  समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ ।

पुरुष उमेरमा जेठो भए

यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस  स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ ।

महिला उमेरमा जेठी भए

यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई  सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् ।

यदि दुवैको उमेर बराबर भए


यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् ।

उमेर र यौन

 १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८  देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको

उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी  आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।

 

पहिलो विश्व

विद्यालयको साम्बा

ब्राजिलको लोकपि्रय साम्बा नृत्य प्रस्तुत गर्ने महोत्सव राजधानी रियो दि जेनेरियोमा सम्पन्न भएको छ । साम्बा नृत्यसम्बन्धी प्रशिक्षण दिने विद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता हेर्न रंगशालामा करिब १ लाख मानिस उपस्थित थिए ।

महिला दूध आइसक्रिममा छड्के

लन्डनमा हालै सञ्चालनमा आएको महिलाको दूधद्वारा निर्मित आइसक्रिमको बिक्री-वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । बेबी गागा नामको उक्त आइसक्रिम वितरणमा आएपछि प्रशासनले त्यसको गुणस्तरप्रति चासो देखाउँदै बिक्रीमा उक्त  प्रतिबन्ध लगाएको हो । मानिसको दूधबाट विभिन्न किसिमका भाइरस र हेपाटाइटिसजस्ता रोग सर्न सक्ने देखिएपछि प्रशासनले त्यसको गुणस्तर परिक्षण गर्न बिक्रीमा प्रतिबन्ध लगाएको बताइन्छ । विक्रेता आइरक्रिमिस्टले भने दूधको परीक्षण गरेर मात्र आइसक्रिम  बनाउने गरेको बताएका छन् । उक्त कम्पनीले निर्धारण गरेको भाडामा महिलाले आफ्नो दूध जम्मा गरेर कम्पनीलाई बुझाउनुपर्छ । कम्पनीले प्रतिबोतल १ हजार ६ सय रुपैयाँभन्दा बढीमा दूध खरिद गर्दै आएको छ ।

बेलायतको कानुनअनुसार मानिसको दूधबाट बनेको परिकार बिक्री गर्नुलाई गैरकानुनी नमानिने हुँदा यसको बिक्रीलाई कुनै किसिमको रोक नलाग्ने कम्पनीले जनाएको छ । अहिले यो कम्पनीलाई भिक्टोरिया हिलीले दूध आपूर्ति गर्दै आएकी छिन् । दैनिक ३० बोतल  दूध आपूर्ति गर्दै आएकी भिक्टोरियाको दूधबाट ५० जनालाई पुग्ने आइसक्रिम उत्पादन हुने गरेको छ । कम्पनीले अनलाइनमार्फत पनि महिला दूधको माग गरिरहेको छ । आइसक्रिम पार्लरले अहिले बेबी गागा आइसक्रिमका साथमा दूध पनि बिक्री गर्न थालेको छ ।



कुक चाहियो

हङकङबाट प्रसारण भैरहेको एक वयष्क टेलिभिजनको परिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न महिला कुक चाहिएको सूचना आएको छ । फ्लोरा चेङद्वारा सञ्चालित ३० मिनेटको उक्त कार्यक्रममा उनी लुगा लगाएर प्रस्तुत हुन्थिन् । चेङद्वारा सञ्चालित उक्त  कार्यक्रम लोकपि्रय थियो । उनी घरमा पुरुषले पनि खानेकुरा बनाउनुपर्छ भन्ने मान्यताको विकास गर्न चाहन्थिन् । अहिले निर्माताले कार्यक्रमलाई अझ रोमाञ्चक र लोकपि्रय बनाउन कुकले लगाउने पोसाकमा परिवर्तन गर्ने सोच ल्याएका छन् । उनको सो चअनुसार कुकले पारदर्शी एप्रोन लगाएर खानेकुरा निर्माण गर्नुपर्नेछ । यो कार्यक्रमको प्रसारण भएपछि पुरषको पनि कार्यक्रमप्रति आकर्षण बढ्ने विश्वास टेलिभिजनको छ ।



महिला यौन दिवस मनाइयो

विश्वभर विभिन्न दिवस मनाइने क्रममा यो वर्षदेखि महिला यौन दिवस पनि थपिएको छ । पहिलो वर्ष भएका कारण खासै चर्चामा आउन नसकेको यो दिवसको विषय र उद्देश्यहरूका बारेमा इन्टरनेटमा भने प्रशस्तै चर्चा भयो । महिलाहरूले आफ्नो यौनलाई  सधंै गुम्स्याएर राखेका हुन्छन्, उनीहरू आफ्नो यौन समस्या र आनन्दलाई पुरुषहरूले झंै खुलेर व्यक्त गर्न सकिरहेका हुँदैनन् भन्ने मान्यतालाई पच्छयाउँदै आएका महिलाहरूले यो दिवसको प्रारम्भ गरेका हुन् । यौन लेखिका र्‍याविट राइटले आफ्नो वेबसाइट  तथा टि्वटरमार्फत् महिलाको यौन समस्यालाई खुलेर व्यक्त

गराएकी थिईन् ।



अन्त्यमा...

 

यौनलाई लिएर सर्वाधिक बढी हिंसा कहाँ हुन्छ भनेर इन्टरनेसनल मेन एन्ड जेन्डर इक्विलिटीले गरेको सर्वेक्षणमा भारत शीर्ष स्थानमा देखा परेको छ । उक्त सर्वेक्षणअनुसार भारतमा प्रत्येक ४ जना पुरुषमा एक जनाले महिला माथी यौनजन्य हिंसा गर्छन् भने  प्रत्येक ५ लोग्नेमध्ये एक जनाले आफ्नो श्रीमतीलाई यौनसम्पर्क गर्न बाध्य तुल्याउँछ । १८ वर्ष देखि ५९ वर्ष उमेरका करिब ११ हजारभन्दा बढी महिलामा गरिएको सर्वेक्षणअनुसार सबैभन्दा कम यौन हिंसा ब्राजिलमा २ प्रतिशत हुने गरेको पाइयो भने चिली,  क्रोएसिया र रुवान्डामा ९ प्रतिशत महिला हिंसा हुने गरेको पाइयो । श्रीमती र महिला साथीहरूसँग यौनसम्बन्धका बेला सम्मान गर्नेमा क्रोएसियनहरू शीर्ष स्थानमा देखा परे । त्यहाँका ८२ प्रतिशत पुरुषले महिलालाई यौनसम्पर्कका लागि सम्मान प्रकट गर्ने गरे को पाइयो भने ब्राजिल, चिली र मेक्सिकोका ५० प्रतिशत पुरुषले मात्र महिलालाई सम्मान गर्ने गरेको पाइयो । सर्वेक्षणमा भारतका ६५ प्रतिशत पुरुष परिवारको सम्बन्ध बिगि्रन नदिन पनि महिलाले यौनजन्य हिंसाहरू सहनुपर्ने मान्यता राखेको देखियो । विभिन्न ६  देशमा गरिएको सर्वेक्षणमा भारतका पुरुषहरू यौनजन्य हिंसाको क्षेत्रमा सर्वाधिक बढी अपराध गर्ने व्यक्तिको सूचीमा परेका छन् । घरमा हिंसा गर्ने पुरुषहरू बाहिर कुनै पनि किसिमको हिंसा नगर्ने किसिमका समेत देखिए ।

Friday, March 25, 2011

महिलाले बलात्कार गर्दैनन्

पुरुषद्वारा धेरै महिला बलात्कृत हुँदै आएका छन् । कानुनले त्यसलाई अपराधको कोटिमा राखेर कडा सजायको व्यवस्था पनि गरेको छ, फलस्वरूप सयौं पुरुषले वर्षौंदेखि जेलसजाय भोगिरहेका छन् । त्यसैले बलात्कार भन्नेबित्तिकै पुरुषद्वारा महिलामाथि हुने यौनजन्य हिंसा भन्ने  मात्र बुझिन्छ । कानुनको यो परिभाषाप्रति असहमति व्यक्त गर्दै दोलखाका कानुन व्यवसायी श्यामकृष्ण मास्केले दुई वर्षअघि सर्वोच्चमा मुद्दा  दायर गरेका थिए । मास्केको जिकिर थियो, 'बलात्कार पुरुषले मात्र होइन, महिलाले पनि गर्न सक्छन् । बलात्कारको दायराभित्र यौनजन्य हिंसा  पनि पर्ने भएकाले धेरै पुरुष महिलाको यौनजन्य हिंसाबाट पीडित छन् । त्यसैले कानुनमा भएको असमान व्यवस्थाको खारेजी हुनुपर्छ ।'

अधिवक्ता मास्केले आफ्नो मुद्दालाई बलियो बनाउन केही वर्षअघि भारतमा महिलाहरूको एक समूहले ६७ जना पुरुषलाई अपहरण गरी  बन्दक बनाएको प्रसङ्ग उल्लेख गरेका थिए । ती महिलाहरूले आकर्षक युवाहरूलाई बाँधेर बन्दुक देखाई यौनसम्पर्क राखेका थिए । उक्त  घटनालाई महिलाद्वारा गरिएको  दक्षिण एसियाकै सबैभन्दा ठूलो पुरुष हिंसाका रूपमा लिइएको छ । यो घटनापछि कतिपय हिन्दी चलचित्रमा  यस्ता दृश्य राखिएका थिए । अधिवक्ता मास्केले भारतमा भएको उक्त घटना नेपालमा पनि घट्न सक्ने उल्लेख गर्दै नेपालमा पुरुषले मात्र  बलात्कार गर्न सक्छन् भन्ने कानुनी दृष्टि परिवर्तन गर्नुपर्ने जिकिर गरेका थिए । त्यसो त उनले पोखरा तथा झापामा तीन वर्षअघि महिलाले  किशोरमाथि जबरजस्ती करणी गर्न लगाएका समाचारका कटिङ पनि पेस गरेका थिए । जबरजस्ती करणी महलले अन्तरिम संविधानको  समानतासम्बन्धी हकको अपहेलना गरेको तथा दर्जनौ बलात्कृत पुरुषले न्याय नपाएको जिकिर उनको थियो ।

झट्ट सुन्दा पुरुषमाथि अन्याय परेको हो कि भन्ने देखिएपछि सर्वोच्चले यो मुद्दालाई गम्भीर रूपमा हेरेको थियो । दुई वर्ष लामो गरमागरम  बहस, तर्क र तथ्य केलाएर सर्वोच्चले गत साता एउटा फैसला गरेको छ । फैसलामा भनिएको छ, 'महिलाहरूद्वारा पुरुषमाथि यदाकदा यौ नजन्य हिंसा भए पनि त्यो अपवाद मात्र भएकाले त्यसलाई बलात्कारको परिभाषाभित्र राख्न मिल्दैन ।' अर्थात् सर्वोच्चको फैसलाले महिलाह रूले बलात्कार गर्न सक्छन् भन्ने कुरालाई अस्वीकार गरेको छ ।

यो फैसलासँगै आफू महिलाद्वारा बलात्कृत भएको बताउँदै प्रहरीमा उजुरी दिने पोखरा र झापाका दुई व्यक्तिको दाबी पनि स्वतः खारेज  भएको छ । कानुनविद्हरूले सर्वोच्चको यो फैसला बरु एक दुई दोषी छुटून् तर कोही निर्दोष नफसून् भन्ने अभिप्रायले आएको हुन सक्ने  बताएका छन् । महिलाहरूले बलात्कारविरोधी कानुनको सामना गरेको अवस्थामा धेरै महिला फस्न सक्ने अवस्था आउने भएकाले सर्वोच्चमा  परेको रिटप्रति धेरै महिलावादी चिन्तित थिए । महिलाहरूले बलात्कार गर्न सक्दैनन् भन्ने सर्वोच्चको फैसलापछि पीडितहरू निराश भएका  छन् । सर्वोच्चले यो मुद्दाको फैसला गर्दा भने निकै होस पुर्‍याएको देखिन्छ । मुद्दाको संवेदनशीलता बुझेर प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरू खिलराज रेग्मी एवं अवधेशकुमार यादवले यो मुद्दालाई करिब दुई वर्षसम्म नजिकबाट अध्ययन गरेको बताइन्छ ।

पहिलो विश्व-II

पुरुषलाई इन्जेक्सन

परिवार नियोजनका अधिकांश उपाय महिलाहरूमा मात्र केन्दि्रत हुँदै आएको छ । सन्तान उत्पादनमा महिला तथा पुरुषको उत्तरदायित्व समान  भए पनि स्थायी/अस्थायी परिवार नियोजनका उपायहरूमध्ये महिलाले प्रयोग गर्ने बढी छन् । यही असमानता हटाउन बेलायतको एडिनबरा  युनिभर्सिटीका वैज्ञानिकहरू सफल भएका छन् । परीक्षणका रूपमा रहेको उक्त सुईले पुरुषहरूको शुक्रकीटमा कमी ल्याइ प्रजनन् क्षमता रो केको पाइएको छ । यो सुईमा केही सुधार गरेर चाँडै नै अन्तर्राष्ट्रिय बजारमा ल्याइनेछ ।

दिनको सुरुवात कसरी गर्ने ?

 
दिनको सुरुवात कसरी गर्ने भन्ने विषयमा सबैको आ-आफ्नै मत हुन सक्छ । सोचबाट काम थाल्ने कि कामबाटै कामको सुरुवात गर्ने भन्ने  विषयमा सधैं दुई मत रहँदै आएको छ । अमेरिकाका अनुसन्धान वैज्ञानिक डा. डेबी हर्बेनिकले भने दिनको सुरुवात यौनसम्पर्कबाट गर्दा राम्रो  हुने बताएका छन् । डेबीका अनुसार बिहान गरिने यौनसम्पर्कले दिनभर सकारात्मक सोचका साथै रोग प्रतिरोध शक्तिसमेत बढाउँछ ।  बिहानको समयमा चिया पिएर र नास्ता गरेर दिनको कामको सुरुवात गर्ने व्यक्तिको तुलनामा यौनसम्पर्क गर्ने व्यक्तिलाई बढी फाइदा हुन्छ ।  यस्ता व्यक्तिहरूलाई चिसोले कम समाउने तथा उनीहरूको केश, छाला र नङसमेत राम्रो हुने डेबीले बताए ।

डेबिका अनुसार बिहानको यौनसम्पर्कले शरीरमा फाइदा पुर्‍याउने रसायन उत्पादन हुन्छ । यसले दम्पतीमा सकारात्मक सोचको विकास गर्छ ।  यसैगरी यौनका विषयमा क्विन्स युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धान प्रतिवेदनमा सातामा तीन पटक यौनसम्पर्क गर्ने दम्पतीमा हृदयाघातको समस्या आधा कम हुने जनाइएको छ ।

हतियार साट्ने कार्यक्रम


 
अमेरिकाको राजमार्गमा पहिलो पटक सेक्स टोय पसल खोलेर चर्चामा आएकी सेरी विलियमले गएको भ्यालेन्टान डेमा नयाँ योजना ल्याइन्—  कुनै पनि व्यक्तिले हतियार (बन्दुक) ल्याएर आफ्नो पसलबाट सेक्सटोय साट्न पाउने । भ्यालेन्टान डेको एक साताअघि सञ्चालनमा  ल्याइएको यो योजना भ्यालेन्टान डेको दुई दिनपछि समाप्त भएको थियो । हाते बन्दुक लिएर आउने व्यक्तिले आफ्नो हतियारको मूल्य  बराबरका सेक्सटोय लिएर जान पाउँथे ।

सेरी भन्छिन्- मेरो यो योजना हतियारद्वारा हुने हिंसालाई कम गरेर प्रेम बढाउनु हो । अहिले अलाबामा लाइसेन्स भएका हतियारलाई कानुनी  मान्यता छ भने सेक्स टोयले कानुनी मान्यता पाउन सकेको छैन । यस्तो स्थितिमा उत्पादक तथा विक्रेताहरू सरकारको सेक्स टोय प्रतिको दृष्टिकोण परिवर्तन गर्ने पक्षमा छन् ।

महिलालाई मात्र

 
नेदरल्यान्डको डच टेलिभिजनले महिलाहरूलाई मात्र लक्षित गरेर वयस्क च्यानल सञ्चालन गर्न लागेको छ । महिलालाई मात्र लक्षित गरेर  प्रसारणमा आउने यो युरोपकै पहिलो च्यानल हुनेछ । महिलालाई लक्षित गरेर चौबीसै घण्टा प्रसारणमा आउन थालेको यो च्यानलले पछिल्लो  पटक देखा परेका वयस्क च्यानलका विषयभन्दा फरक प्रस्तुति दिनेछ । डुस्क च्यानलका मार्टिन्ज ब्रोएस्माका अनुसार यसलाई उनीहरूले पोर्ना  नामकरण गरेका छन् । महिलालाई मात्र लक्षित गरेर वयस्क कार्यक्रम प्रसारण गर्नुपर्ने हुनाले अन्य वयस्क च्यानलको अवधारणालाई  पच्छयाइएको छैन । तीन वर्षअघिदेखि प्रसारणको अभ्यास गरिरहेको यो च्यानललाई नेदरल्यान्डका दुई ठूला केबुल अपरेटरले प्रसारण गर्नेछन् । यो अपरेटरले १२ लाख घरमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । महिलाहरू यौनका विषयमा कृत्रिमता चाहँदैनन्, उनीहरू वास्तविकता हेर्न  चाहन्छन् । त्यही मनस्थिति बुझेर यो च्यानलले त्यस्तै किसिमका कार्यक्रम उत्पादन गर्न थालेको छ ।

स्तनपानलाई मोडल

 
आफ्ना सन्तानलाई स्तनपान गराउँदा स्तनको सौन्दर्यमा ह्रास आउने आशंकाका कारण धेरै आधुनिक आमाले आफ्ना शिशुलाई स्तनपानबाट  वञ्चित गरिरहेका छन् । आमाहरूको यो कार्यले बालबालिकाको नैसर्गिक अधिकार कुण्ठित भैरहेको देखेपछि भिक्टोरिया सेक्रेटका उत्पादनह रूमा मोडलिङ गरेर चर्चामा आएकी अस्ट्रेलियन मोडल मिराण्डा केरले वास्तविक स्तनपानको मोडलिङ गर्ने भएकी छिन् । श्रीमान् ओर्लान्डो  ब्लुममार्फत् एक शिशुकी आमा बनेकी मिरान्डाले आफ्नो शिशु फिंगलाई स्तनपान गराएर जनचेतना जगाउन लागेकी हुन् । मिरान्डाले  स्तनपान गराएका तस्बिरहरू इन्टरनेटमार्फत् सार्वजनिक भएपछि धेरै किसिमका प्रतिक्रिया आउन थालेका छन् । इन्टरनेटमा स्तनपान  गराएको दृश्यलाई श्लील मान्ने कि अश्लील भन्ने विषयमा बहस पनि भैरहेको छ ।

युवायुवतीमा बढ्दो आत्महत्या


हालैको एक साता दुई दिनको फरकमा जिल्ला प्रहरी कार्यालय धनकुटाले आत्महत्यासम्बन्धी दुईबटा घटना दर्ता गर्‍यो । दुवै  घटनामा झुन्डिएर आत्महत्या गरिनुका साथै अन्य धेरै समानता जोडिएका थिए । आत्महत्या गर्ने दुवै जना १६ वर्षीया युवती थिए भने दुवै  विद्यालय स्तरका छात्रा । एक जना कक्षा ९ मा र अर्की कक्षा ७ मा अध्ययनरत थिइन् । मृत्यु हुनेमा एक जना धनकुटा नगरपालिका वडा नं.  ३ घर भएकी अनु राई र अर्की भीरगाउँ ८ घर हुने रुद्रा कुमारी विक ।

अनुले आत्महत्या गर्नुको कारण सामान्य देखिन्छ, उनलाई अभिभावकले घरनजिकै लागेको मेलामा नसोधी किन गएकी भनेर हप्काएकै  आधारमा आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी रहे पनि छिमेकीहरू उनी कुलतमा फसेकाले आवेगमा आई आत्महत्या गरेको हुनसक्ने  बताउँछन्, तर त्यसका साथ साथै उनमा धेरै महत्वकंक्षा रहेको र त्यो महत्वकांक्षालाई परिवारले पूर्ति गर्न नसक्ने अवस्थाका कारण उनले  आत्महत्या गरेको अनुसन्धानले देखाएको धनकुटा प्रहरी प्रमुख अरुण कुमार बीसी बताउँछन् । उनलाई नजिकबाट चिन्ने साथीहरू भने उनले  प्रेममा धोका पाएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्छन् ।

अर्को घटनामा अघिल्लो दिनभरि सँगै हिँडेकी साथीले भोलिपल्ट झुन्डिएर आत्महत्या गरेपछि भीरगाउँका दुई युवती पनि प्रहरीको निसानामा  परे । भीरगाउँकी १६ वर्षीया रुद्राकुमारी विकले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेपछि अनुसन्धानका लागि उनीहरूलाई जिल्ला  प्रहरी कार्यालय, धनकुटाले दुई दिन हिरासतमा राख्यो र बोलाएका बेला उपस्थित हुने सर्तमा छाडिदियो । अनुसन्धानमा दुई जना साथीसहित  अन्य तीन जना युवा पनि सँगै रहेको देखियो र त्यही घटनालाई लिएर तीन युवकलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

समातिएका युवकमध्ये नेपाली सेनामा कार्यरत मंगल विक मृतक रुद्राको प्रेमी रहेको र दिनभर सँगै घुमफिर गरेका कारण परिवारले  हप्काएपछि उनले आत्महत्या गरेको उनले प्रहरीसामु बयान दिएका छन् भने छुटेका युवतीहरू ती युवकले रुद्रासँग प्रेमको नाममा यौनसम्पर्क गरेको र त्यसपछि आफु विवाहित भएकाले स्वीकार गर्न नसक्ने बताएपछि  उनले आत्महत्या गरेको बताउँछन् ।

त्यसैगरी छ महिनाअघि झुन्डिएर आत्महत्या गरेको एउटा घटना पनि प्रेमसँग जोडिएको छ । खोकुकी २६ वर्षीया जयकुमारी राईले पनि प्रे मीबाट धोका पाएपछि आत्महत्या गरेकी भन्ने कुरा सतहमा आए पनि उनको शव भेटिएपछि पक्राउ परेका एकल राईले नेपाली सेनाको भो जपुर घोडेटारमा कार्यरत शम्भु सिक्देन राईले मादक पदार्थ सेवन गरी घाँटी थिची झुन्ड्याएर मारेको बयान दिएका छन् । मुख्य अभियुक्त  शम्भु हालसम्म फरार छन् ।

गत वैशाखदेखि जिल्ला प्रहरी कार्यालय, धनकुटामा आत्महत्याका घटनाको दर्ता हेर्दा प्रतिमहिना दुईवटासम्म भएको देखिन्छ । आत्महत्या गनेर् मा अधिकांश टिनएजका देखिन्छन् ।

११ वर्षकै उमेरमा आत्महत्या गर्नेमा पाख्रीवासका पारस गुरुङ छन् । उनले झुन्डिएर आत्महत्या गर्नुको कारण अझै पनि खुलेको छैन ।  हात्तीखर्कका ४० वर्षीय भूपराज तामाङले भने पारिवारिक तनावका कारण आत्महत्या गरेको प्रहरीको दाबी छ । उनी तीन वर्ष वैदेशीक रो जगारी गरेर फर्किएका थिए ।

गएको १० महिनामा प्रहरीमा हत्यासम्बन्धी दर्ता भएका १३ वटा घटनामा ८ वटा आत्महत्याका घटना छन् । त्यसमा ११ वर्षीय  पाखि्रवासनिवासी पारस गुरुङ, १७ वर्षीय प्रकाश गुरुङ, धनकुटा नगरपालिकाका १९ वर्षीय नगेन्द्र भण्डारी, बूढीमोरङकी २१ वर्षीया रोजवीना  लिम्बु, खोकुकी २६ वर्षीय जयकुमारी राई, धनकुटाकी १६ वर्षीया अनु राई, भीरगाउँकी १६ वर्षीया रुद्राकुमारी विक तथा हात्तीखर्कका भूपराज  तामाङ छन् ।

आत्महत्याका घटना दोहोरिँदै जाने हो भने आगामी वर्षसम्ममा धनकुटाले आत्महत्यामा पूर्वाञ्चलमै पहिलो स्थानमा रहेको इलामलाई पनि  उछिन्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख अरुण कुमार बीसी बताउँछन् । बीसीका अनुसार धनकुटा यस वर्ष  पूर्वाञ्चलमा इलाम र झापालाई पछ्याउँदै तेस्रो स्थानमा आइपुगेको छ ।

यसरी दिन प्रतिदिन जिन्दगीबाट नैराश्यता जाग्दै आत्महत्याको बाटो रोज्न प्रेरित गर्नुको मुख्य कारण युवा अवस्थामा अन्य साथीहरूको  हाइफाई जीवनअनुसार आफू समायोजन हुन नसक्ने देखेर जिन्दगीप्रति नै वितृष्णा जागेकोे प्रहरी प्रमुख बीसीको विश्लेषण छ । बीसी भन्छन्-  'अर्को जटिल समस्या भनेको लभ ट्रेजेटी पनि हो ।' सानै उमेरमा प्रेममा फस्ने र पछि प्रेम सफल नभएपछि आत्महत्याको बाटो रोजेका घटना  सबैभन्दा बढी छन् । भर्खरै एसएलसी दिएर सहर पसेका युवायुवतीले बढी आत्महत्या गरेको देखिन्छ । युवा र वृद्धावस्थामा आत्महत्याका  घटना बढी हुने गरेको धनकुटा अस्पतालका चिकित्सक देवेन्द्र भट्टराई बताउँछन् ।

विद्यालय वा प्लस टुमा विषयगत अध्ययनसँगै सामाजिक नैतिकताका विषयमा बहस हुनुपर्ने प्रहरी प्रमुख बीसी बताउँछन् भने डा. भट्टराई  त्यसका साथै सरकारले आत्महत्याका सम्बन्धमा अध्ययन गरी के कारणले आत्महत्याका घटना बढ्दैछन् पत्ता लगाई छलफल चलाउनुपर्ने  बताउँछन् ।

पहिलो विश्व


ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो सांगीतिक महोत्सवका क्रममा पत्रकारहरूको मतदानद्वारा अर्जेन्टिनाकी मोडल एन्डेरा डेलाकासा 'प्रेस  क्विन' घोषित भइन् । सन् १९६० देखि आयोजना हुँदै आएको यो महोत्सवमा प्रेस क्विन भएपछि सञ्चारमाध्यमलाई पोज दिँदै एन्डेरा ।



गाँजाका थप बेफाइदा


कानुनी रूपमा प्रतिबन्धित गाँजा विश्वमा अत्यधिक सेवन गरिने लागूपदार्थको सूचीमा पर्छ । धार्मिक कारणले होस् वा लतका कारण यसका  सेवनकर्ताहरू दक्षिण एसियामा प्रशस्तै छन् । चिकित्सा विज्ञानले गाँजाको सेवनले मस्तिष्कमा असर गर्ने कुरा धेरै अघि प्रमाणित गरिसकेको  छ । वैज्ञानिकहरू अझै पनि यसका थप असरहरूका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यसै क्रममा क्विन्स युनिभर्सिटीका वैज्ञानिकहरूको  समूहले गाँजाका थप असरका बारेमा अनुसन्धान गर्दा यसले पुरुष उत्तेजनामा समेत प्रतिकूल प्रभाव पार्ने कुरा पत्ता लगाए । उनीहरूले  आफ्नो प्रतिवेदन हालै 'जर्नल अफ सेक्सुअल मेडिसिन' मा प्रकाशित गरेका छन् । अनुसन्धानमा रहेका वैज्ञानिकहरूका अनुसार गाँजाको से वनले पुरुष उत्तेजनामा ह्रास आउनुका साथै त्यसले उत्तेजना बढ्ने कोषहरूमा समेत क्षति पुर्‍याउँछ । 



विवाह गर्ने काइदा


छोराछोरीले आफ्नो उमेर पुगेपछि प्रेमविवाह गरेनन् भने अविभावकलाई निकै हैरानी हुन्छ । सर्वाधिक बढी जनसंख्या भएको मुलुक चीनमा  प्रेमविवाह नगर्ने सन्तानका अविभावकले आफ्नो सन्तानको उमेर वृद्धिसँगै हैरानी भोग्नुपरिरहेको छ । यस्तै समस्याबाट गुजि्ररहेकी एक  आमाले हालै आफ्नो उमेर पुगेकी छोरीको निर्वस्त्र भिडियो खिचेर त्यसलाई वेबसाइटमा राखी वरको खोजी गरेकी छिन् । चिनियाँ वेबसाइटमा  अपलोड गरिएको उक्त भिडियोमा आमाले आफ्नी छोरीले नुहाएको तथा बेडरुममा अर्धनिर्वस्त्र अवस्थामा खिचेका दृश्यहरू राखेर उक्त  भिडियो तयार पारेकी थिइन् । सन् १९८५ मा जन्मिएकी छोरीको विवाह उमेर पुगेर पनि पुरुष नपाएका कारण आमाले छोरीको राशि, शिक्षा,  रुचि उल्लेख गर्दै उक्त भिडियो सार्वजनिक गरेकी हुन् । भिडियोमा छोरी गान लुलुले पनि आफ्नो इच्छा र आफूले चाहेको जीवन साथीका  बारेमा उल्लेख गरेकी छिन् ।



आइसक्रिमलाई आफ्नै दूध


भिक्टोरिया हिलेले अहिले नियमित रूपमा लन्डनमा हालै सञ्चालनमा आएको आइसक्रिम पार्लरलाई आफ्नो दूध बिक्री गरिरहेकी छिन् ।  लन्डनको कोभेन्ट गार्डेनमा सञ्चालनमा आएको उक्त आईसक्रिम पार्लरले महिलाको दूधबाट आइसक्रिम निर्माण थालेपछि भिक्टोरियाले दूध  बिक्री गर्न थालेकी हुन् । इन्टरनेटको एक फोरममार्फत महिलाको दूधको माग भएको जानकारी पाएपछि उनले यो कार्य प्रारम्भ गरेकी हुन् ।  अहिले उनले दूध आउने महिलाहरूलाई आफ्नो दूध बिक्री गर्न प्रोत्साहनसमेत गर्न थालेकी छिन् । आइसक्रिमिस्टले अहिले पौने एक लिटर  दूधको १ हजार ६ सय रुपैयाँभन्दा बढी दिने गरेको छ । त्यहाँ दूध बिक्री गर्ने महिलाहरूको दूधमा रहेका गुणहरूको परीक्षण समेत गरिन्छ ।  आइसक्रिमिस्टका सञ्चालक म्याट कोनोरले आइसक्रिमको पछिल्लो एक शताब्दीमा कसैले पनि नयाँपन दिन नसकेको देखेर आफूले उक्त  सोच ल्याएको बताए । महिलाको दूधबाट बनेको आइसक्रिमको नाम 'बेबि गागा' राखिएको छ । यो आइसक्रिममा कुनै पनि रसायन मिसावट  नभएको र आमाको दूधजत्तिकै पोसिलो हुने हुँदा मानिसमा जनचेतना बढ्दै जाने क्रममा यसको पनि लोकप्रियता बढ्ने विश्वास कोनोरको  छ ।



मोबाइलमै कन्डम जानकारी


न्युयोर्कको स्वास्थ्य विभागले मोबाइल स्मार्टफोनमा कन्डम पाइने स्थानहरूको जानकारी राख्ने भएको छ । न्युयोर्कको स्वास्थ्य विभागले  आफ्नो सहरलाई सुरक्षित यौनक्षेत्रका रूपमा विकसित गर्न यो अभियान चलाएको हो । विभागका स्वास्थ्य निर्देशक डा. मोनिका स्वेनीका  अनुसार- बर्सेनि लाखौं मानिस न्युयोर्कको भ्रमणमा आउँछन् र उनीहरूलाई सुरक्षित यौनसम्पर्कका साधनका बारेमा जानकारी नहुने हुँदा पनि  यो अभियान चलाइएको हो । अहिले आईफोन तथा एन्ड्रोइड मोबाइल फोनका प्रयोगकर्ताहरूले न्युयोर्कमा निःशुल्क कन्डम पाइने स्थानहरूको  जानकारी आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् भने विभागले पनि निःशुल्क कन्डम पाइने सुविधा सहरका १ हजारभन्दा बढी स्थानमा  उपलब्ध गराएको छ । ग्लोबल पोजिसनिङ सिस्टमका आधारमा उपभोक्ताले आफू रहेको स्थानबाट नजिकको कुन स्थानमा निःशुल्क कन्डम  पाइन्छ भन्ने कुराको जानकारी आफ्नो मोबाइल फोनबाटै प्राप्त गर्न सक्छन् । न्युयोर्क सहरले पछिल्लो ५ वर्षदेखि निःशुल्क रूपमा कन्डम  वितरण गर्दै आएको छ । अहिले न्युयोर्कमा मासिक ३० लाख कन्डम निःशुल्क रूपमा वितरण हुँदै आएको छ ।



अन्त्यमा...

मानिसले शारीरिक श्रम गरेर कुन उमेरसम्म आम्दानी गर्न सक्छ ? यसमा सबैको फरक-फरक उत्तर आउन सक्छ, तर बेलायतकी ९६ मिली  कुपरले ९६ वर्षको उमेरमा पनि यौन व्यवसायवाट वाषिर्क ५८ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको बताएकी छिन् ।

सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धमा श्रीमान् गुमाएपछि मिलीले यौन व्यवसाय अँगालेको थिइन् । यौनव्यवसायकै सिलसिलामा अमेरिका  समेत पुगेकी मिलीले आफूले अहिलेसम्म ३ हजार ५ सयभन्दा बढी पुरुषलाई यौनसेवा दिएको बताइन् । उनले आफूकहाँ अझै पनि २९ वर्ष  देखि ९२ वर्षका पुरुषहरू यौनसेवा लिन आउने तथा आफूले उनीहरूलाई सन्तुष्ट बनाएर फर्काउने गरेको बताइन् । उनीहरूले आफ्नो यौ नसेवाबाट सन्तुष्ट भएबापत ९३ हजार रुपैयाँसम्म तिरेको कुपरले बताइन् । पहिलो पतिको मृत्युपछि दोस्रो पुरुषसँग विवाह गरेकी मिलीले  आफ्नो यौनव्यवसायबाट सन्तुष्ट नभएका कारण दोस्रो पति पनि छोडेको बताएकी छिन् ।