Pages

Thursday, September 29, 2011

पत्नीको आक्रमणमा झन्डै ज्यान गएन

 
लोग्नेले पत्नीलाई कुटपिट गरेको वा जिउँदै जलाइदिएको घटना धेरै सुनिन्छ, तर पत्नीबाट कुटिने वा मुस्किलले ज्यान जोगाउनेहरू कमै भेटिन्छन् । त्यस्तै अपवादमध्येका पत्नीपीडित रणबहादुर  चन्द बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालको

शैयामा दुई सातादेखि उपचार गराइरहेका छन् । पत्नी र सासूको संयुक्त आक्रमणबाट गम्भीर घाइते चन्दको दाहिने हात १६ ठाउँमा काटिएको छ भने  कुइनाभन्दा तल तीन ठाउँका नसा काटिएको छ । हातको माझी औंला आधा काटिएको छ । चिकित्सकहरू छुट्टएिको अवस्थाको साइली औंला जोड्ने प्रयासमा छन् । दाहिने आँखा तल ५ वटा टाँका लागेका  छन् ।

बायाँ हातको पाखुरा र दाहिने खुट्टा पनि काटिएको अवस्थामा छन् चन्द । 'पत्नीले लाठी र सासू कमलादेवी सिंहले खुर्पाले हानेर घाइते बनाए,' निर्मम यातना सहेका चन्दले भने, 'झन्डै ज्यानै गएन ।'  कञ्चनपुर जिल्लाको दैजी-६ स्थित वसन्तथलाका ५० वषर्ीय चन्द नेपाली सेनाबाट निवृत भएपछि स्थानीय एक कारखानामा ज्याला मजदुरी गर्दै आक्रमण गर्ने पत्नी र छोरा-छोरी पाल्दै आएका थिए । यद्यपि सैनिक तालिम लिएका चन्द महिलाबाट भएको घरेलु हिंसाको प्रतिकार गर्न भने नसकेको बताउँछन् ।

'एक्कासि समातेर धमाधम बजाए,' चन्दले भने । प्रायः ज्वाइँको घरमा बस्दै आएकी कमलादेवीले  छोरीलाई उचालेर कुटपिट गरेको चन्दको दाबी छ ।

'तीन-चार वर्षदेखि आउने जान्थिन्, 'घाईते चन्दले भने, 'छोरीलाई सुर्‍याउँदा घर बिगि्रन्छ, त्यसो नगर्नोस् भनेर सम्झाउँदा मनिनन्,' घाइते चन्दले झगडाको कारण उल्लेख गर्दै भने, 'आमा बसेको डाहा भयो  भन्दै अभद्र व्यवहारसँगै मार्ने उद्देश्यले आक्रमण गरे ।'

दुई छोरी र दुई छोराका बाबु चन्दले पत्नीलाई आमाको पछि लागेर नहिँड्न भनेपछि झगडा सुरु भएर र असारदेखि बोलचालसमेत नभएको बताए । भदौ १९ गते राति पत्नीले समाई सासूले खुर्पाले हिर्काएर  घाइते बनाएको चन्दको भनाई छ । लोग्नेलाई मरणासन्न हुने गरी कुटेर घाइते बनाए पनि लीला उनको माया लागेर अस्पतालमा भेट गर्न आएकी थिइन् । लीलाले आफूले लोग्नेलाई कुटपिट गरेको अस्वीकार  गरेकी छिन् । 'मैले हानेकी होइन,' उनले भनिन । घरेलु हिंसामा घाइते चन्दले रक्ताम्य अवस्थामा करिब १ किलोमिटर टाढाको बाटोमा पुगेपछि गुहार मागेका थिए । अर्धचेत अवस्थाका चन्द कराएको सुनेका  छिमेकीले प्रहरीलाई फोन गरी उपचारार्थ महाकाली अञ्चल अस्पताल पुर्‍याएका थिए । उक्त अस्पतालले नसा विशषज्ञलाई देखाउनुपर्ने भन्दै कोहलपुर रेफर गरेको थियो । शल्यक्रियापछि चन्द खतरामुक्त  भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । खाना नपाएको सामान्य कुरालाई लिएर भएको झगडा हिंसामा परिणत भएको हो । 'भोक लाग्यो, भात पाकेन भन्दा श्रीमतीले आफैं पकाएर खाऊ  भनिन्,' प्रहरीमा जाहेर मुद्दा दिन जाने हिँडेका चन्दले भने, 'त्यही रिसमा मैले चुल्ठो समातेर तान्नेबित्तिकै सासूले खुर्पाले हानिन् ।'

No comments: