Pages

Friday, September 23, 2011

बोनसमा चार औँला ः कमाइखाने भाँडो

 

सामान्य मानिसका हरेक हात-खुट्टामा ५-५ वटा गरी २० वटा औँला हुन्छन्, तर क्यूवामा एक यस्ता मानिस छन् जसका हरेक हात र खुट्टामा ६-६ वटा औँला छन्। २४ वटा औँला भएका योआन्द्री हर्नान्डेज ग्यारिडोलाई भगवानले बोनसका रूपमा दिएका ४ वटा थप औँलाप्रति ठूलो गर्व छ। बोनसमा औँला पाउँदा ग्यारिडोलाई जिवन निर्वाह गर्न सहज भएको छ, किनभने आफ्नो तस्बिर खिच्नेहरूबाट पैसा असुलेरै उनले सानदार जीवन बिताएका छन्। नगरून् पनि किन ? ग्यारिडोले कसैले आफ्नो फोटो खिच्न चहर्‍यो भने १० डलर लिएर एकपटक क्लिक्क पार्न अनुमति दिन्छन्। जबकि क्यूवाका सामान्य नागरिकको औसत मासिक आम्दानी २० डलर मात्र छ। 'मेरो जागिर छैन, त्यसैले यिनै औँलाका कारण बाँचेको छु,' ग्यारिडो भन्छन्।

मानिसमा छ औँला हुनु सामान्य हो तर हरेक हातखुट्टामा १-१ ओटा थप सग्ला औँला हुनु भनेको निकै दुर्लभ मानिन्छ। झ्वाट्ट हेर्दा उनका हातका औँला नगनेसम्म थप औँला छ भन्ने छुट्याउन पनि गाह्रो हुन्छ।

No comments: