
३५ वषर्ीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा सिलवालका अतिरिक्त १७ वषर्ीय लक्ष्य थापा पनि उनीसागै थुनामा छन्। थापालाई सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएको आरोप छ। यसरी जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुनसक्छ। बलात्कारका धेरै घटना अदालतमा आउाछन्, जिल्ला न्यायाधिवक्ता गो विन्द गिरीले भने- 'पोखरामा यस्तो प्रकृतिको मुद्दा भने पहिलो हो।' ३० वर्षदेखि वकालत गर्दैर् आएका अधिवक्ता रामप्रसाद घिमिरेले श्रीमतीमाथि जबर् जस्ती गर्ने र आफ्नै श्रीमान्विरुद्ध उजुरी परेको यो मुद्दा अनौठो भएको बताए।
श्रीमान्ले श्रीमतीको इच्छाविपरित जबर्जस्ती करणी गर्ने घटना वैवाहिक बलात्कार भए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाउनु वेश्यावृत्ति हो। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौनसम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने कुरा उल्लेख छ। यसो भए जबर्जस्ती करणी महलको ३ को ६ अनुसार दोषीलाई कारबाही हुन्छ।
सिलवाल रोजगारीको खोजीमा चितवनबाट पोखरा आएका थिए। तीन छोराछोरी घरमै छाडेर मजदुरी गर्न पोखरा आइपुगेको यो दम्पती काम नपाएपछि भौंतारिरहेको थियो। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूले सागै न्युरोडस्थित पूणिर्मा सिनेमा हलमा चलचित्र हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सकडपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेको र थापालाई पनि करणी गर्न लगाएको आरोप छ।
No comments:
Post a Comment