This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Monday, December 27, 2010
सस्तो ल्यापटप बजारमा
नेपाली बजारमा सर्वाधिक सस्तो माइक्रो ल्यापटप आएको छ । पहिलो पटक नेपाली ब्रान्डमा आएको ल्यापटपको बजार मूल्य ६ हजार ५ सय र ९ हजार रुपैयाँ छ । 'बलियो' ब्रान्डको माइक्रो ल्यापटप सस्तो भएकै कारण उपभोक्ताले अत्यधिक रुचाएको यसको आधिकारिक विक्रेता सागर इन्फोसिसको दाबी छ । इन्फोसिसका प्रबन्ध निर्देशक सागरदेव लाखेले साप्ताहिकसँग भने, 'अहिले जुन अनुपातमा माग भैरहेको छ त्यसअनुसार उत्पादन बजारमा ल्याउन सकिएको छैन ।' ७ इन्चको एलसीडी प्यानलसहितको माइक्रो ल्यापटपमा २ घन्टासम्मको ब्याट्री ब्याकअप क्षमता छ । 'एक नेपाली, एक ल्यापटप' नारासहित सार्वजनिक गरिएको यो ल्यापटप डब्लयूडब्लयूडब्लयू डट सागर डटकम डट एनपीमार्फत अनलाइन बुकिङसमेत गर्न सकिन्छ ।
सुरुमा ल्याइएका नमुना ल्यापटपमा केही खराबी देखिएपछि त्यसलाई सुधारेर पुनः बजारमा ल्याइएको हो । सुरुमा यसमा स्त्रिmन तात्तिने र चाँडै ब्याट्री सकिने समस्या देखिएको थियो । अहिले त्यस्तो समस्या छै न । सागर इन्फोसिसका अनुसार यसको गुणस्तर ग्राहकले नै परीक्षण गर्न सक्छन् ।
अहिले यसमा-२ र ४ जीबीको हार्डडिक्स भएको दुई किसिमका ल्यापटप उपलब्ध छ । ६ हजार ५ सय रुपैयाँको ल्यापटपमा २ जीबीको हार्डडिक्स र १ सय २८ एमबी र्याम छ भने ९ हजार रुपैयाँको ल्यापटपमा ४ जीबी हार्डडिक्स र ५ सय १२ एमबी र्याम छ । माइक्रो ल्यापटपले २ सय ५० जीबीसम्म बाहिरी हार्डडिक्स सपोर्ट गर्छ । यसमा इमेल/इन्टरनेट, माइक्रोसफ्ट वर्ड, पावर प्वाइन्ट, अडियो भिडियो प्लेयर सुविधा छ ।
डेक्सटप कम्प्युटरभन्दा अति सस्तो मूल्यमा उपलब्ध माइक्रो ल्यापटपको गुणस्तरमा धेरैले शंका पनि गरेका छन्, तर सस्तो भएका आधारमा नै गुणस्तरहीन भन्न नहुने तर्क सागर इन्फोसिसको छ । 'हामीले आधिकारिक निकायबाट गुणस्तर परीक्षणपछि मात्र यो ल्यापटप सार्वजनिक गरेका हौं,' लाखेले भने- 'त्यसैले खरिदकर्ताले गुणस्तरीय छ कि छैन भनेर आफैंले जाँच्न सक्नेछन् ।' योे ल्यापटप खरिदमा १ वर्षको वारेन्टीसमेत दिइएको छ । बजारमा आएको माइक्रो ल्यापटप खरिद गर्दा त्यसमा सिइ स्ट्यान्र्डड मार्क, आरओएचएस टेस्ट मार्क हेर्नुपर्ने उनको सुझाव छ । 'यी कुरा उल्लेख गरिएको छैन भने कमसल पनि पर्न सक्छ,' उनले भने ।
गत असारमा भृकुटीमण्डपमा सञ्चालित आईसीटी इन्फोट्रेडमा यो ल्यापटप सार्वजनिक गरिएको थियो । मेला अवधिमै ल्यापटपको माग उच्च थियो । इन्फोट्रेडकै स्टलमा १० हजारभन्दा बढी ल्यापटप बुकिङ भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment