This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Monday, December 27, 2010
करोडौंको प्रस्ताव अस्वीकार
नादिया सुलेमानले एकैपटक आठ सन्तान जन्माएपछि विश्वव्यापी चर्चा पाएकी थिइन् । नादियाका आठै सन्तान जीवित रहनु विश्वकै लागि नौलो घटना थियो । पहिले नै छ सन्तानकी आमा नादियाका काँधमा आठ सन्तान थपिएपछि उनलाई पतिले पारपाचुके दिए । एउटी आमाले १४ सन्तानको लालनपालनको जिम्मा लिनुपर्ने भएपछि उनको आर्थिक अवस्था कमजोर बन्दै गयो । उनको खस्कँदो आर्थिक अवस्थालाई राहत दिन अहिले अमेरिकामा कामोत्तेजक चलचित्र निर्माणमा ख्याति कमाएको भिभिड इन्टरटेन्टमेन्टले नादियासमक्ष आफ्नो चलचित्रमा काम गर्ने प्रस्ताव राखेको छ । भिभिडका संस्थापक स्टेभन हि्रस्टले पत्र पठाउँदै नादियालाई आफ्नो कम्पनीले निर्माण गर्ने चलचित्रमा खेल्ने प्रस्ताव राखेका हुन् । अमेरिकाको रियालिटी स्टार नादियालाई एक दृश्यबापत ५ लाख डलर -३ करोड ७५ लाख रुपैयाँ) दिने प्रस्ताव राखिएको छ । स्टेभनले नादियाले आफ्नो प्रस्ताव स्वीकार गरे अगि्रम भुक्तानी गर्नसमेत तयार रहेको बताएका छन् । भिभिडले यसअघि नै नादियालाई १० लाख डलर -७ करोड ५० लाख रुपैयाँ) सहित उनका बालबच्चाको लालनपालन गर्ने जिम्मासमेत लिने प्रस्ताव राखेको थियो । त्यो बेला पनि नादियाले भिभिडको प्रस्ताव अस्वीकार गरेकी थिइन् । अहिले नादियाको आर्थिक अवस्था पहिलेको भन्दा कमजोर भएका कारण पुनः प्रस्ताव गरिएको बताइन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment