This Blog iz Especially Design For to share the Information , Knowledge ,And Worlds Records Through Different magazines , News, Sites Etc......
Monday, December 27, 2010
करोडौंको प्रस्ताव अस्वीकार
नादिया सुलेमानले एकैपटक आठ सन्तान जन्माएपछि विश्वव्यापी चर्चा पाएकी थिइन् । नादियाका आठै सन्तान जीवित रहनु विश्वकै लागि नौलो घटना थियो । पहिले नै छ सन्तानकी आमा नादियाका काँधमा आठ सन्तान थपिएपछि उनलाई पतिले पारपाचुके दिए । एउटी आमाले १४ सन्तानको लालनपालनको जिम्मा लिनुपर्ने भएपछि उनको आर्थिक अवस्था कमजोर बन्दै गयो । उनको खस्कँदो आर्थिक अवस्थालाई राहत दिन अहिले अमेरिकामा कामोत्तेजक चलचित्र निर्माणमा ख्याति कमाएको भिभिड इन्टरटेन्टमेन्टले नादियासमक्ष आफ्नो चलचित्रमा काम गर्ने प्रस्ताव राखेको छ । भिभिडका संस्थापक स्टेभन हि्रस्टले पत्र पठाउँदै नादियालाई आफ्नो कम्पनीले निर्माण गर्ने चलचित्रमा खेल्ने प्रस्ताव राखेका हुन् । अमेरिकाको रियालिटी स्टार नादियालाई एक दृश्यबापत ५ लाख डलर -३ करोड ७५ लाख रुपैयाँ) दिने प्रस्ताव राखिएको छ । स्टेभनले नादियाले आफ्नो प्रस्ताव स्वीकार गरे अगि्रम भुक्तानी गर्नसमेत तयार रहेको बताएका छन् । भिभिडले यसअघि नै नादियालाई १० लाख डलर -७ करोड ५० लाख रुपैयाँ) सहित उनका बालबच्चाको लालनपालन गर्ने जिम्मासमेत लिने प्रस्ताव राखेको थियो । त्यो बेला पनि नादियाले भिभिडको प्रस्ताव अस्वीकार गरेकी थिइन् । अहिले नादियाको आर्थिक अवस्था पहिलेको भन्दा कमजोर भएका कारण पुनः प्रस्ताव गरिएको बताइन्छ ।
सस्तो ल्यापटप बजारमा
नेपाली बजारमा सर्वाधिक सस्तो माइक्रो ल्यापटप आएको छ । पहिलो पटक नेपाली ब्रान्डमा आएको ल्यापटपको बजार मूल्य ६ हजार ५ सय र ९ हजार रुपैयाँ छ । 'बलियो' ब्रान्डको माइक्रो ल्यापटप सस्तो भएकै कारण उपभोक्ताले अत्यधिक रुचाएको यसको आधिकारिक विक्रेता सागर इन्फोसिसको दाबी छ । इन्फोसिसका प्रबन्ध निर्देशक सागरदेव लाखेले साप्ताहिकसँग भने, 'अहिले जुन अनुपातमा माग भैरहेको छ त्यसअनुसार उत्पादन बजारमा ल्याउन सकिएको छैन ।' ७ इन्चको एलसीडी प्यानलसहितको माइक्रो ल्यापटपमा २ घन्टासम्मको ब्याट्री ब्याकअप क्षमता छ । 'एक नेपाली, एक ल्यापटप' नारासहित सार्वजनिक गरिएको यो ल्यापटप डब्लयूडब्लयूडब्लयू डट सागर डटकम डट एनपीमार्फत अनलाइन बुकिङसमेत गर्न सकिन्छ ।
सुरुमा ल्याइएका नमुना ल्यापटपमा केही खराबी देखिएपछि त्यसलाई सुधारेर पुनः बजारमा ल्याइएको हो । सुरुमा यसमा स्त्रिmन तात्तिने र चाँडै ब्याट्री सकिने समस्या देखिएको थियो । अहिले त्यस्तो समस्या छै न । सागर इन्फोसिसका अनुसार यसको गुणस्तर ग्राहकले नै परीक्षण गर्न सक्छन् ।
अहिले यसमा-२ र ४ जीबीको हार्डडिक्स भएको दुई किसिमका ल्यापटप उपलब्ध छ । ६ हजार ५ सय रुपैयाँको ल्यापटपमा २ जीबीको हार्डडिक्स र १ सय २८ एमबी र्याम छ भने ९ हजार रुपैयाँको ल्यापटपमा ४ जीबी हार्डडिक्स र ५ सय १२ एमबी र्याम छ । माइक्रो ल्यापटपले २ सय ५० जीबीसम्म बाहिरी हार्डडिक्स सपोर्ट गर्छ । यसमा इमेल/इन्टरनेट, माइक्रोसफ्ट वर्ड, पावर प्वाइन्ट, अडियो भिडियो प्लेयर सुविधा छ ।
डेक्सटप कम्प्युटरभन्दा अति सस्तो मूल्यमा उपलब्ध माइक्रो ल्यापटपको गुणस्तरमा धेरैले शंका पनि गरेका छन्, तर सस्तो भएका आधारमा नै गुणस्तरहीन भन्न नहुने तर्क सागर इन्फोसिसको छ । 'हामीले आधिकारिक निकायबाट गुणस्तर परीक्षणपछि मात्र यो ल्यापटप सार्वजनिक गरेका हौं,' लाखेले भने- 'त्यसैले खरिदकर्ताले गुणस्तरीय छ कि छैन भनेर आफैंले जाँच्न सक्नेछन् ।' योे ल्यापटप खरिदमा १ वर्षको वारेन्टीसमेत दिइएको छ । बजारमा आएको माइक्रो ल्यापटप खरिद गर्दा त्यसमा सिइ स्ट्यान्र्डड मार्क, आरओएचएस टेस्ट मार्क हेर्नुपर्ने उनको सुझाव छ । 'यी कुरा उल्लेख गरिएको छैन भने कमसल पनि पर्न सक्छ,' उनले भने ।
गत असारमा भृकुटीमण्डपमा सञ्चालित आईसीटी इन्फोट्रेडमा यो ल्यापटप सार्वजनिक गरिएको थियो । मेला अवधिमै ल्यापटपको माग उच्च थियो । इन्फोट्रेडकै स्टलमा १० हजारभन्दा बढी ल्यापटप बुकिङ भयो ।
ठूलो स्तन रहेन
शेला हर्से विश्वमै सर्वाधिक ठूलो स्तन भएकी महिला मानिन्थिन् । ब्राजिलियन मूलकी हर्सेले आफ्नो स्तनलाई विश्वकै सर्वाधिक ठूलो बनाउन ३० पटक प्लास्टिक सर्जरी गरेकी थिइन् । ठूलो स्तनको मोह राख्ने हर्सेले विभिन्न पटक आफ्नो स्तनमा सिलिकन प्रत्यारोपण गरेर आफूलाई विश्वकै सर्वाधिक ठूलो स्तन भएकी महिलाका रूपमा परिचित गराएकी थिइन् । पटक-पटक स्तन बढाउन गरिएको प्रत्यारोपणका कारण उनलाई स्तन पीडा हुन थालेको थियो । अमेरिकाको टेक्सासमा बस्दै आएकी हर्सेले अमेरिकाको मापदण्डअनुसार प्लास्टिक सर्जरी गरिसकेका कारण थप उपचार नहुने भएपछि उनी ब्राजिल नै फर्किएकी थिइन् । ब्राजिलका चर्चित प्लास्टिक सर्जनले उनको स्तन घटाउने उपचार गरेका थिए । पहिलो चरणको उपचारमा उनको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि चिकित्सकहरूले उनको थप उपचारलाई केही समय स्थगित गरेका छन् । उनको स्तन घटाउन चिकित्सकले न्यूनतम पनि चार पटक शल्यक्रिया गर्नुपर्ने बताएका छन् ।
साइबर अपराध अब अदालतमा
मुलुकमा साइबर अपराधसम्बन्धी कानुन निर्माण भएपछि उक्त कानुनलाई टेकेर न्यायालयसमक्ष पुगेको वीरगन्जको एउटा मुद्दा अहिले चर्चाको बिषय बनेको छ । साइबर अपराधका आरोपी एक युवक भदौ २३ गते पर्सा जिल्ला अदालतमा १ लाख ३० हजार रुपैयाँ धरौटी राखेर सामान्य तारेखमा छुटेका छन् । मुलुककै नौलो खालको तथा सम्भवतः पहिलो यो मुद्दाका आरोपी वीरगन्ज उपमहानगरपालिका-२, छपकैंयाका शैफ भनिने जहाँगिर आलम पर्सा जिल्ला न्यायाधीश विष्णुप्रसाद कोइरालाको आदेशमा धरौटी लिई तारेखमा रिहा भएका हुन् ।
२७ वषर्ीय जहाँगिरविरुद्ध वीरगन्जकै एक युवती रमा -नाम परिवर्तन) ले असार २ गते जिल्ला प्रहरी कार्यालय पर्सामा साइबर अपराध मुद्दाको किटानी जाहेरी दर्ता गरेकी थिइन् । ती युवतीले आफ्नो सेक्स टेपलाई जहाँगिरले इन्टरनेटका विभिन्न साइटमा राखेको तथा त्यसको सिडीसमेत बनाई बजारमा सार्वजनिक गरेको आरोप लगाएकी छिन् । गत जेठ २३ गते युट्युबलगायत विभिन्न अश्लील पोर्नसाइटमा ती युवतीसमेत सरिक सेक्सक्लिप राखिएको थियो ।
चरणबद्ध रूपमा दुई थरीका क्लिप इन्टरनेट साइटमा राखिएका थिए । तेस्रो क्लिप भने सिडीका रूपमा बजारमा आएको थियो । आगोझैं फैलिएको वीरगन्जसँग सम्बन्धित उक्त सेक्स टेप प्रकरण पछि जहाँगिर फरार भएका थिए । उनी एकैपटक अदालतमा उपस्थित भएका हुन् ।
युवतीले विवाहपूर्व आफ्नो प्रेमसम्बन्ध जहाँगिरसँग रहेको र त्यसै क्रममा उनीसँग राखिएको शारीरिक सम्बन्धको तस्बिर मोबाइलको क्यामेराबाट छायांकन गरी इन्टरनेट वेबसाइट तथा सिडीमार्फत सावर् जनिक गरिएको दाबी गरेकी छिन् । उक्त मुभीलाई जहाँगिरले एमएमएस तथा सिडी बनाई सार्वजनिक रूपमा बिक्री-वितरणसमेत गरेर आफूलाई हदैसम्मको ब्ल्याकमेलिङ गर्ने काम गरेको रमाले बताएकी छिन् । युवतीको माइती तथा घर दुवै पक्षका व्यक्तिहरूको नामै उल्लेख गरेर उक्त सेक्स प्रकरण सार्वजनिक भएपछि उनको माइती र घर दुवै पक्षले सामाजिक रूपमा ठूलो अपहेलना भोग्नुपर्यो । भारतमा उनको घर पक्ष आफू बस्दै आएको सहरबाट बसाइँ सरिसकेको छ ।
जहाँगिरले आफूसँग पटक-पटक शारीरिक सम्पर्क राख्न धम्की र दबाब दिएको तर आफूले नमान्दा उक्त मुभीको सिडी आफ्ना श्रीमान्को घर तथा माइतीमा पठाई आफ्नो बेइज्जती गरेको दाबी जाहेरीमा गरिएको छ । उक्त सेक्स टेप प्रकरणपछि आफ्ना बुबा पक्षघात भै हिडडुल गर्न नसकी अपाहिज भैसकेको तथा बहिनीहरू घरबाट बाहिर निस्कन नसकेको उनले आफ्नो जाहेरीमा उल्लेख गरेकी छिन् । हाल श्रीमान्ले आफूलाई बहिष्कार गरी माइतीमा छाडी गएको अवस्थामा समेत जहाँगिरले आफूलाई पटक-पटक धम्की दिइरहेको उनले आरोप लगाएकी छिन् । रमाले जहाँगिरसँग आफ्नो मित्रता एवं प्रेमसम्बन्ध एक कम्प्युटर इन्स्िटच्युटमा कम्प्युटर सिक्ने क्रममा भएको बताएकी छिन् । जहाँगिरले त्यस क्रममा आफूलाई नशालु पदार्थ ख्वाएर शारीरिक सम्पर्क राखेको तथा त्यसको तस्बिर खिचेको दाबी गरेकी छिन् । उक्त मुभी वीरगन्जकै छपकैयातिर खिचिएको हुन सक्ने उनको अनुमान छ ।
अविवाहित जहाँगिरले अदालतमा बयानका क्रममा आफूले हालसम्म रमासँग भेटघाट नगरेको र उनीसँग आफ्नो कुनै पनि खालको मित्रता तथा सम्बन्ध नरहेको बताएका छन् । रमाले जाहेरीमा आफूउपर लगाएका आरोप पूर्ण रूपले झूटो र निराधार भएको उनको जिकिर छ । जहाँगिरले आफूले कक्षा ८ सम्म मात्र पढेको र रमासँग कुनै सम्बन्ध र सरोकार नभएकाले उनी संलग्न सिडी तथा सेक्स क्लिप आफूले सार्वजनिक नगरेको जिकिर गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा उक्त मुद्दा प्रस्तुत गर्दै जहाँगिरले विद्युतिय -इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७-१) अनुसारको कसुर अपराध गरेकाले उनलाई हदैसम्मको सजायको माग गरेको छ । सरकारी वकिलको कार्यालयको अभियोगपत्रमा जहाँगिरले सामाजिक जातीय सद्भाव बिगार्ने, कसैप्रति घृणा वा द्वेष फैल्याउने वा विभिन्न जातजाति तथा साम्प्रदायिक सुमधुर सम्बन्ध खलल पार्ने कार्य गरेकाले उनलाई सजायको माग गरेको छ ।
न्यायाधीश कोइरालाको इजलासले थुनछेक प्रयोजनको बहसपछिको आदेशमा 'आरोपित जहाँगिर कसुरदार देखिए पनि निजलाई अदालती बन्दोबस्त ११८-२) अनुसार थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पछि प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुने गरी निज प्रतिवादीबाट अदालती बन्दोबस्तको ११८-५) समेतको आधारमा धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने' भनी उल्लेख छ ।
रमाका कानुन व्यवसायी अधिवक्ता सुधीर कर्णले अधिराज्यमै सम्भवतः कुनै पनि न्यायिक निकायमा दर्ता गरिएको सबैभन्दा पहिलो यस्तो खालको मुद्दामा आफूले चाहेर पनि बहस पैरवी गर्न नपाएको बताए । आफू कामविशेषले हेटौंडामा रहेको र रमालाई समेत उक्त मुद्दाको पेसी बुधबार परेको कुराको जानकारी नहुँदा अत्यन्त कम समयमा अदालती कारबाही सम्पन्न भएको उनले बताए । उनले सूचना र प्रविधिको वर्तमान युगमा यस्ता खाले मुद्दामा इजलासमै भिडियो, कम्प्युटर आदि राखेर न्याय निरूपण गर्न सकिने अवस्था विद्यमान हुँदाहँुदै पनि त्यसो नगरिएको गुनासो गरे । उनले प्रहरीले यो मुद्दामा गम्भीर रूपमा अनुसन्धान गर्न सक्ने अवस्था हुँदाहँुदै पनि त्यसो नभएको बताए । आरोपी एक्लैले उक्त टेप बनाउने, एडिटिङ गर्ने र वेबसाइटमा हाल्नेसम्मको काम गर्न नसक्ने अवस्था रहेको र उक्त कार्यमा कम्तीमा तीन-चार जनाको समूह लागिपरेको निश्चित हुँदाहँुदै पनि जहाँगिर एक्लैलाई अभियुक्त बनाउनु प्रहरी अनुसन्धानमा रहेको कमजोरीको प्रमाण भएको उनको आरोप छ । प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ भने यो मुद्दा हालसम्मकै अत्यन्त नौलो र जटिलसमेत भएकाले प्रहरीले अत्यन्त गम्भीरतापूर्वक लिएको जिकिर गर्छन् । उनले व्यापक अनुसन्धानपछि मात्र प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेको बताए ।
यता जिल्ला सरकारी वकिलको कायर्ालय जहाँगिरलाई धरौटीमा छाडने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गर्ने तयारीमा जुटेको कार्यालय स्रोतले बताएको छ । विवाहअघिको प्रेमसम्बन्ध र त्यस क्रममा भएका गतिविधिका कारण अनपेक्षित नतिजा बेहोरेकी रमा हाल बिस्तारै उक्त घटनाजनित सामाजिक अपहेलना, लाञ्छनाबाट आफूलाई सम्हाल्ने क्रममा छिन् । घरबाट बहिष्कृत भैसकेकी उनले अकल्पनीय घटना बेहोरेको र आफ्ना कारण माइती पक्ष पनि ठूलो पीडाको सिकार भएकाले आफू अत्यन्त दुःखित भएको बताएकी छिन् । यद्यपि रमाले पहाडजस्तो लामो जीवनलाई त्यत्तिकै घरमा बसेर खेर नफाल्ने मनस्थिति बनाएकी छिन् । विवाहका कारण आफ्नो उच्च शिक्षा अवरुद्ध भएकाले अब उच्च शिक्षालाई निरन्तरता दिने र स्वावलम्बी बन्न चाहेको उनी बताउँछिन्, तर यो कुरा समाजले सकारात्मक सहयोग र समर्थन गरिदिए मात्र सम्भव भएको कुरा उनलाई थाहा छ । कुनै सहृदयी संघसंस्थाले आफूलाई पुनर्जीवन दिने पहल गरे आफू त्यसका लागि तयार रहेको पनि उनको भनाइ छ । टेप प्रकरणको पात्र आफू एक्लै नभई आफूलाई बदनाम गर्ने युवक पनि उत्तिकै जिम्मेवार भएकाले पितृसत्तात्मक समाजले आफूलाई मात्र दोषी बनाइरहेको उनको गुनासो छ । समाजमा यस्ता क्रियाकलाप गर्ने पुरुष पनि उत्तिकै दोषी हुनुपर्ने र उसको सामाजिक बहिष्कार गर्न सक्नुपर्ने उनको भनाइ छ ।
यसअघि एक गायक तथा हास्यकलाकारको यस्तै खाले टेप सार्वजनिक हुँदा हालको ऐन बनिनसकेकाले उनलाई गाली बेइज्जती ऐनअनुसार कारबाही चलाइएको अधिवक्ता कर्ण बताउँछन् । त्यसैगरी चर्चित दुई मोडल तथा नायिका यस्तै खालका दुई फरक प्रकरणमा चर्चामा आए पनि उनीहरूले कुनै कानुनी उपचार खोजेनन् ।
वीरगन्जका लागि पनि यस्तो घटना पहिलो भने होइन । यसअघि पनि वीरगन्ज स्थानीय घर भएका एक अन्र्तराष्ट्रिय खेलाडीको भिडियो क्लिप्स सार्वजनिक भएको थियो । स्थानीय एक महिलासँगको उनको उक्त टेपले पनि आगाको झिल्कासरह चर्चा बटुलेको थियो । आधुनिकतासँगै बढ्दो साइबर अपराध यहाँका युवा पुस्ता र उनीहरूका अभिभावकका लागि पनि चिन्ताको विषय बन्दै गएको छ । फलस्वरूप साइबर अपराधसम्बन्धी कानुनलाई अझ बढी प्रभावकारी र बलियो बनाउनुपर्ने धारणा अधिकांश अभिभावकको छ ।
मुद्दा अरु पनि छन्
अश्लील इमेल गरेको अभियोगमा हिरासतमा परेका पोखराका दुई सञ्चार व्यवसायीलाई सोमबार काठमाडौं जिल्ला अदालतले जनही ४० हजार धरौटीसहित पुर्पक्षका लागि तारेखमा छाडिदिएको छ । पोखरा हटलाइनका अध्यक्ष राजु भण्डारी तथा मार्केटिङ म्यानेजर हरि पन्तले गालीगलौज गरी इमेल गरेको भन्दै पत्रकार होम गुरुङले उनीहरूविरुद्ध कास्की प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले उनीहरूलाई भदौ १७ गते अनुसन्धानका लागि हिरासतमा राखी आइतबार काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरेको थियो । अपराधको नयाँ कानुनी परिभाषाभित्र पर्ने विद्युतीय कारोबार ऐन काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने अधिकार पाएको छ । सोमबारै न्यायाधीश लेखनाथ घिमिरेको इजलासले पत्रकारद्वयलाई धरौटी तिरेर तारेखमा हाजिर हुने आदेश दिएको हो । कसुर प्रमाणित भए ऐनअनुसार पाँच वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना वा दुवै हुन सक्नेछ । 'हाम्रो गल्ती केही थिएन,' पत्रिकाका प्रधान सम्पादक माधव शर्माले भने, 'बिनाकसुर थुन्ने र धरौटी लिने काम भयो ।' विद्युतीय कारोबारमा काठमाडौं जिल्ला अदालतमा परेको यो नै पहिलो मुद्दा हो । यसैगरी नेपाल पत्रकार महासंघ, कैलाली शाखाका अध्यक्ष्ू दीर्घराज उपाध्यायले पत्रिकाका प्रकाशक तथा एबीसी टेलिभिजनका प्रतिनिधि प्रकाश शाहले नक्कली इमेल आईडीमार्फत आफ्नी श्रीमतीसहित केही महिलाको नाम जोडेर सन्देश पठाउने गरेको आरोप लगाएका छन् । यो प्रकरणमा पत्रकार शाहविरुद्ध उपाध्यायले मुद्दा दर्ता गराएपछि शाह अहिले प्रहरी हिरासतमा छन् ।
(कान्तिपुर दैनिकबाट)
Saturday, December 25, 2010
महिलाका दस कामोत्तेजक अंग
तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ। उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ। त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ। यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन्।
अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।
तिघ्राको भित्री भागः तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् ।
हातका भित्री भागः हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौनसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्तेजित गर्न पर्याप्त छ ।
कानः कान पनि महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ । यसबाहेक यौन सम्र्पकका बेला कामुक कुराकानी गर्दा पनि उनीहरू कामोत्तेजित हुन्छन् ।
गर्दनको पछाडिको भागः गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना जागृत हुन्छ र उनीहरूले यौनसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।
आँखाको परेलाः आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।
पाइतालाः प्रायः गरी मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामोत्तेजक अंगमध्येको एक हो । यो स्थान नर्व एन्डिङबाट भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामोत्तेजना जागृत गर्छ ।
हातः महिलाहरूको हात पनि उनीहरूलाई कामोत्तेजित गर्न सहायक हुन्छ । वास्तवमा हत्केलामा कैयन् दबाबबिन्दु हुन्छ । जसलाई दबाउनाले आनन्दमा वृद्धि हुन्छ ।
अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ ।
तिघ्राको भित्री भागः तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् ।
हातका भित्री भागः हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौनसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्तेजित गर्न पर्याप्त छ ।
कानः कान पनि महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ । यसबाहेक यौन सम्र्पकका बेला कामुक कुराकानी गर्दा पनि उनीहरू कामोत्तेजित हुन्छन् ।
गर्दनको पछाडिको भागः गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना जागृत हुन्छ र उनीहरूले यौनसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।
आँखाको परेलाः आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ । परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।
पाइतालाः प्रायः गरी मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामोत्तेजक अंगमध्येको एक हो । यो स्थान नर्व एन्डिङबाट भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामोत्तेजना जागृत गर्छ ।
हातः महिलाहरूको हात पनि उनीहरूलाई कामोत्तेजित गर्न सहायक हुन्छ । वास्तवमा हत्केलामा कैयन् दबाबबिन्दु हुन्छ । जसलाई दबाउनाले आनन्दमा वृद्धि हुन्छ ।

जिब्रोः जिब्रो यौन सम्पर्कका सन्दर्भमा सबैभन्दा संवेदनशील अंग हो । जिब्रोमा चुम्बन गर्ने, चुस्ने वा चाट्ने कामले महिलाहरूमा कामवासना जागृत हुन्छ ।
घुँडाको पछाडि भागः यहाँको छाला पातलो भएका कारण घुँडा पछाडिको भाग पनि अत्यन्त कामोत्तेजक हुन्छ । यो भागमा मुहार वा हातले रगड्नाले कामोत्तेजना सिर्जना हुन्छ र महिलाहरू यौनसम्पर्कप्रति अग्रसर हुन्छन् ।
पेटको तल्लो भागः महिला शरीरको यो भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा महिलामा कामोत्तेजना बढ्छ र उनीहरू यौनसम्पर्कका लागि तत्पर हुन्छन् ।
घुँडाको पछाडि भागः यहाँको छाला पातलो भएका कारण घुँडा पछाडिको भाग पनि अत्यन्त कामोत्तेजक हुन्छ । यो भागमा मुहार वा हातले रगड्नाले कामोत्तेजना सिर्जना हुन्छ र महिलाहरू यौनसम्पर्कप्रति अग्रसर हुन्छन् ।
पेटको तल्लो भागः महिला शरीरको यो भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा महिलामा कामोत्तेजना बढ्छ र उनीहरू यौनसम्पर्कका लागि तत्पर हुन्छन् ।
पहिलो नजरमा पुरुषको के हेर्छन् युवतीहरू ?
सुन्दर वस्तु सबैलाई मन पर्छ । आँखाले प्रायः सुन्दर वस्तु नै खोज्छन् । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत 'फूलको आँखामा फूलै संसार...' ले पनि दृष्टिकै वर्णन गर्छ । हेर्ने दृष्टिकोण फरक हुनसक्छ, तर हेर्नुपर्ने वस्तु एउटै भयो भने मानिसको पहिलो नजर केमा पर्ला ? आधुनिक समाजका ने पाली महिलाहरूको आँखामा के होला ? विवाहित तथा अविवाहित महिलाहरू पुरुषमा सबैभन्दा पहिले के हेर्न चाहन्छन् ? साप्ताहिकले करिब दुई दर्जन सेलिब्रेटी तथा केही छात्रामाझ पुरुषको कुन कुरा सबैभन्दा बढी हेर्छन् भनेर एउटा संक्षिप्त सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणका क्रममा एक युवती पहिलो नजरमा पुरुषमा के हेर्न चाहन्छिन् ? भन्ने ज्ञिजासा राखिएको थियो, जसको जवाफमा विविधता पाइएको छ । सहभागी सबै युवतीको जवाफ एकै ठाउँमा भेला पर्दा यस्तो निष्कर्ष निस्कियो- 'क्युट, फन्नी, गुड लुकिङ, स्मार्ट, खुसी दिन सक्ने, आत्मविश्वासी, पैसा भएको, राम्रो बडी ल्याङ्वेज तथा स्टाइलिस ।'
सर्वेक्षणले केही आश्चर्यजनक परिणाम पनि देखायो । सबै वर्गका महिला समेटिएको यो सर्वेक्षणमा झन्डै ८० प्रतिशत महिलाले पुरुषको व्यक्तित्वलाई सबैभन्दा बढी हेर्ने वस्तुका रूपमा लिएका छन् ।
'झट्ट हेर्ने भनेकै पुरुषको समग्र व्यक्तित्व नै हो, दीपाश्री निरौला भन्छिन्- 'बोल्दै नबोली पुरुषको बानी-बेहोरा कस्तो छ भन्ने कुरा थाहा पाइँदैन । मेरो मात्र होइन, प्रायः सबैको पहिलो नजर पुरुषको व्यक्तित्वमै जान्छ । म त सबैभन्दा पहिले अर्थात् झट्ट हेर्दा पुरुषको आउटलुक राम्रो हुनुपर्छ भन्छु ।' दीपाश्रीका अनुसार पुरुष बाहिरबाट हाइफाइ भएर मात्र हुँदैन, भित्री आवरण पनि राम्रो हुनुपर्छ । नारीलाई इज्जत गर्छ कि गर्दैन, माया गर्ने स्वभावको छ कि छैन र मनको धनी छ कि छैन ? किनभने मलाई सफा मन भएका पुरुष मन पर्छन् ।
बिनिता बरालको धारणा केही पृथक् छ । उनको पनि पहिलो नजर त पुरुषको व्यक्तित्वमा नै छ, तर उनी पुरुषको महिलाप्रति हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छिन् । 'पुरुषको पहिरनले पनि ऊ कस्तो परिवारको हो, कस्तो पेसामा छ भन्ने कुरा अनुमान गर्न सकिन्छ, बरालको तर्क छ- 'एउटी युवतीले पुरुषको आकर्षक व्यक्तित्वमा मात्र भर पर्नु हुँदैन, उसको पारिवारिक पृष्ठभूमि पनि हेर्नु उत्तिकै अनिवार्य छ ।'
जिया केसीको पहिलो नजर भने पुरुषको व्यक्तित्वमा त जान्छ नै, 'तर म उसको ड्रेसअपमा पनि म उत्तिकै ध्यान दिन्छु,' जिया भन्छिन्- 'पहिरनले नै पुरुषको व्यक्तित्व झल्काउने हुँदा उसले कस्तो पहिरन लगाएको छ, त्यसैअनुसार उसको बानीबेहोरा, पारिवारिक पृष्ठभूमि थाहा पाउन सजिलो हुन्छ ।'
सबी कार्की यो कुरामा अलि पृथक् छिन् । 'पहिलो नजरमा कुनै पनि पुरुष कस्तो छ भन्न गाह्रो छ,' सबी भन्छिन्— 'झट्ट हेर्ने त अनुहार नै हो, तर अनुहारले मात्र ऊ कस्तो प्रकारको मानिस हो, निक्र्योल गर्न सकिँदैन ।'
जयन सुब्बा मानन्धर भने आकर्षक अनुहार भएको पुरुषको व्यक्तित्व पनि आकर्षक हुने धारणा व्यक्त गर्छिन् । 'व्यक्तित्वचाहिं आकर्षक छ तर अनुहार हेर्नै नहुने छ भने त्यो व्यक्तित्वको कुनै अर्थ हुँदैन, जयनको तर्क छ- 'चकलेटी पुरुषमा सबैको नजर जान्छ भन्ने पनि होइन । तर कुनै पनि युवतीले पुरुषको अनुहारलाई नै बढी प्राथमिकता दिन्छन् जस्तो लाग्छ ।'
आगन्तुक खरेलको पहिलो नजर पुरुषको ड्रेसअपमा पर्छ । 'राम्रो ड्रेसअप गरेको पुरुषको व्यक्तित्व नै अलग हुन्छ,' आगन्तुक भन्छिन्- 'त्यसैले म पहिले उसको ड्रेसअप हेर्छु अनि मात्र व्यक्तित्व । अनुहारचाहिं तेस्रो स्थानमा पर्छ । चौथो र पाँचौं स्थानमा उसको पारिवारिक पृष्ठभूमि तथा सवारी साधन
पनि पर्छ ।'
सर्वेक्षणका क्रममा नेहा निरौलाले जवाफ दिइन्— 'कुनै नयाँ पुरुषलाई झट्ट हेरेर मूल्यांकन गर्न असाध्यै गाह्रो छ, त्यसरी हेरेर मूल्यांकन गर्नै पर्यो भने म उसको व्यक्तित्व हेर्छु ।' नेहाको तर्क छ, राम्रो व्यक्तित्व भएको मानिस गुडलुकिङ हुन्छ, ड्रेसअप पनि राम्रै गरेको हुन्छ । पारिवारिक तथा आर्थिक पृष्ठभूमि पनि सुदृढ हुन्छ । 'वास्तवमा सबैभन्दा पहिले पुरुषको अनुहारमा मेरो आँखा जान्छ,' नेहा भन्छिन्- 'तर अनुहारले मात्र पुरुषको मूल्यांकन गर्न गाह्रो पर्ने भएकाले मैले सम्पूर्ण व्यक्तित्व नै छनोट गरेकी हुँ ।'
दुर्गा खरेलका अनुसार उनको पहिलो नजर पुरुषको व्यक्तित्वमा जान्छ । उनलाई पुरुषको अनुहारले खासै फरक पार्दैन । 'अनुहार ठिकै भए पनि हुन्छ,' दुर्गा भन्छिन्— 'तर उ स्मार्ट हुनु अनिवार्य छ ।' पहिलो भेटमा थाहा पाउन नसकिए पनि मलाई ट्यालेन्ट, स्मार्ट, शिक्षित तथा प्रोफेसनल पुरुष मन पछर् न्, दुर्गाका अनुसार अधिकांश युवती जीवन साथी बन्ने पुरुषलाई नियालेर मात्र हेर्छन् । दुर्गाको तर्क छ- 'जीवनसाथी नै बन्ने पुरुष छ भने मेरा लागि ऊ क्युट हुनु पर्दैन । अरुका अगाडि उभिन सक्ने हुनुपर्छ, चलचित्रको हिरो झैं हुनु पर्दैन ।'
नलिना चित्रकार पहिलो नजरमा पुरुषको व्यक्तित्व त हेर्छिन् नै, साथै ऊ कत्तिको निट एन्ड क्लिन छ, त्यो पनि हेर्छिन् । 'हेर्दै फोहोरी, भद्दा देखिने पुरुष कसैलाई पनि मन पर्दैनन्, नलिना भन्छिन्- 'राम्रो व्यक्तित्व भएको मानिसमा ड्रेसअप गर्ने शैली कस्तो छ, त्यो पनि हेर्छु ।'
कला सुब्बाले भने युवतीहरूको उमेरले उनीहरूले पुरुषलाई हेर्ने दृष्टिकोणमा विविधता पाइने धारणा व्यक्त गरिन् । कला भन्छिन्— 'उमेरअनुसार युवतीहरूले पुरुषको मूल्यांकन गर्छन् । टिनएजरहरूलाई राम्रो ड्रेसअप गर्ने, चकलेटी अनुहार भएका पुरुष मन पर्छन् । २० वर्ष कटेका युवतीहरू पुरुषको व्यक्तित्वका साथै उसले आफ्नो करियरलाई कसरी अघि बढाइरहेको छ त्यो पनि हेर्छन् । ३० वर्ष कटेका युवतीहरू भने घरजम गर्नकै लागि पुरुषलाई हेर्छन् । आर्थिक रूपले सक्षम छ कि छैन, भविष्य कस्तो हुने हो भन्ने कुरा हेर्ने युवतीहरू यो उमेर समूहमा पर्छन् ।' कला आफैंचाहिं कुन समुहमा पर्छिन् त ? उनको जवाफ थियो— 'म त पक्कै पनि घरजम गर्नैका लागि हेर्छु नि !'
कुञ्जना घिमिरेलाई पुरुषको व्यक्तित्वले आकषिर्त गर्छ । उनी सर्वप्रथम पुरुषको आउटलुक नै हेर्छिन् । 'त्यसपछि उसको आँखा हेर्छु,' कुञ्जना भन्छिन्— ' त्यसपछि मात्र मनभित्र छिरेर हेर्ने कि नहेर्ने तय हुन्छ ।' कुञ्जनाका अनुसार युवतीहरू पुरुषको बोल्ने शैली तथा उसको स्टाइललाई पनि उत्तिकै ध्यान दिन्छन् ।
सलिना खड्का भने सबैभन्दा पहिले पुरुषको अनुहार हेर्छिन् । त्यसबाहेक उसको बोल्ने तथा ड्रेसअप गर्ने शैलीमा ध्यान दिन्छिन् । 'राम्रो व्यक्तित्व पुरुषले महिलाप्रति गर्ने व्यवहारमा पनि भर पर्छ । पहिलो भेटमै पुरुषको व्यवहार थाहा पाउन गाह्रो पर्छ । त्यसैले म मात्र होइन, अधिकांश युवती पहिलो नजरमा पुरुष आकर्षक छ कि छैन भन्ने कुरामा ध्यान दिन्छन् ।
शंखमूलस्थित एसभी एकेडेमीमा स्नातक तह दोस्रो वर्ष अध्ययनरत छात्राहरू अप्सरा कार्की, सरिता खनाल, शर्मिला थेबे तथा सोनम राईले पनि पहिलो नजर पुरुषको व्यक्तित्वमा नै पर्ने बताए । एउटा टेलिशृंखलामा अभिनय गरिरहेकी सरिता खनाल भन्छिन्— 'पहिलो भेटमा त पुरुषको व्यक्तित्व र अनुहार त हेर्ने हो नि !'
Subscribe to:
Posts (Atom)