Pages

Thursday, June 16, 2011

टेक्नो हेल्थ

मोबाइलले क्यान्सर


विश्व स्वास्थ्य संगठन (डव्ल्युएचओ) का क्यान्सर विशेषज्ञहरूका अनुसार मोबाइल फोनको प्रयोगका कारण मस्तिष्क क्यान्सरको खतरा बढेको छ। यसबाट बच्न इयरफोन जस्तै हेड्स फ्री उपकरण उपयोग गर्नुपर्ने वैज्ञानिकहरुको सुझाव छ। अध्ययनअनुसार दस वर्षको यो अवधिमा मानिसले प्रतिदिन औसत ३० मिनेट मोबाइल प्रयोग गर्छन्।



करियर टिप्स


रोजगारीका लागि कुनै कार्यालयमा दिइएको आवेदन अस्वीकार्य भएपछि हामी प्रायः निराश हुुन्छौं। हामीलाई लाग्छ, अब उक्त कार्यालय वा व्यक्तिबाट रोजगारी पाइँदैन, तर यस्तो सोच गलत हो। पहिलो पटक कुनै विशेष कारणले आफ्नो आवेदन अस्वीकार भएको हुनसक्छ। त्यसैले फेरी प्रयास गर्नुपर्छ।

कुनै बेला आफ्नै रवैया वा व्यवहारका कारण पनि रोजगारी नपाइएको हुनसक्छ। त्यसैले आफ्नो रवैया र व्यवहारको पनि विश्लेषण गर्नुपर्छ।

आफ्नो योग्यताको ख्याल गरेर रोजगारी खोज्नुपर्छ। हाम्रो योग्यता कम हुन्छ तर आकंक्षा ठूलो। यस्तो अवस्थामा पनि काम पाउन गाह्रो हुन्छ। त्यसैले आफ्नो योग्यता, क्षमता र रुचिअनुरूपको रोजगारी खोज्नु उपयुक्त हुन्छ।



ब्यूटि टिप्स

गर्मीबाट जोगिन


गर्मीको प्रकोपका कारण छालामा हुने क्षतिबाट जोगिन नुहाउने पानीमा गुलाफको केही पात हाल्न सकिन्छ। यसले छालालाई सुन्दर त बनाउँछ नै, पसिनाको दुर्गन्धबाट पनि बचाउँछ। घरबाहिर निस्कनु ३० मिनेटअघि एसपीएप ३० वा त्यसभन्दा बढी भएको सनस्किन क्रिम छालामा लगाउनुपर्छ। नरिवलको पानी, गाजरको रस वा चियाको पत्ती पानीमा मिसाएर लगाउँदा पनि छालाको सुरक्षा हुन्छ। घामबाट जोगिन सम्भव भएसम्म पूरा छाला ढाक्ने पहिरन लगाउनुपर्छ।



सोमत

कसरी खान बस्ने ?


सर्वप्रथम कहाँ बस्ने पर्खनुपर्छ। ठूलाले खाने काम सुरु गरेपश्चात् आफूले ग्रहण गर्ने। चम्चाको प्रयोग गरिएका बेला हातले खाना वा अन्य खाद्यपदार्थ टिप्नु हुँदैन। मासु खाँदा भने हडडीलाई अर्को प्लेटमा राख्नुपर्छ। थालमा भएका सबै चीज खाइसक्नु राम्रो हुन्छ, उबार्नँ राम्रो होइन। खाना खाइसकेपश्चात् थाललाई खाना प्रयोग गरिएको भाँडा भएको स्थानमा नराख्ने, अर्थात् छुट्टै स्थानमा राख्ने।



स्मार्ट टिप्स


मेसिनमा निर्भर रहनु हुँदैन।

युवाहरू जंग फुड, फास्ट फुड तथा फ्राइड फुड बढी खान्छन्। यसले पाचन प्रक्रियामा नकारात्मक असर गर्छ।

निश्चित समयमा भोजन र पर्याप्त निन्द्रा आवश्यक हुन्छ।

तनाव त सबैलाई हुन्छ। यद्यपि सकारात्मक रहन सकियो भने उमंगले भरिएको यो उमेरमा ऊर्जा वृद्धि हुन्छ।

आफ्ना हरेक काम स्वयंले गर्ने बानी बसाल्नुपर्छ। यसले परनिर्भर हुनबाट जोगाउँछ।



सेक्स पनि औषधी


कम्मर, पीठ एवं गर्दनको पीडाबाट पीडितहरू सम्भोगमा सहभागी हुने हो भने उनीहरूको पीडा कम हुन्छ। सिरदर्द, माइग्रेन, उन्माद, हिस्टिरियाजस्ता समस्याको सफल समाधान हो— सेक्स। सेक्सलाई यौन सम्बन्ध मात्र बनाउनु हुँदैन। यसमा आफ्नो दिनचार्यको छोटोमीठो कुराकानी, हँसीमजाक, स्पर्श, आलिंगन तथा चुम्बनलाई पनि सामेल गर्नुपर्छ तब मात्र सम्भोग क्रिया पूर्ण हुन्छ।



प्रेगेन्सी टिप्स


हिजोआज घरमा छोरी वा वुहारी गर्भवती छिन् भने पूरा आराम गर्न दिइन्छ, तर यो गलत हो। यो अवस्थामा पनि घरको सामान्य कामकाजमा व्यस्त रहनु दिनुपर्छ।

पौष्टिक तत्वले भरिपूर्ण भोजन गर्भस्थ शिशुका लागि आवश्यक हुन्छ।

पर्याप्त पानी पिउनुपर्छ। यसले कब्जियत हुन दिँदैन।



व्यक्तित्व विकास


अरूको अपमान नगर्नुहोस् र अनावश्यक दुख पनि नदिनुहोस्। किनभने अपमानको वदलामा अपमान नै पाइन्छ।

अर्काको राम्रो गुणको मन खोलेर प्रशंसा गर्नुहोस्। झूटो प्रशंसा कदापि नगर्नुहोस्। यदि कसैको प्रशंसा गर्न सक्नुहुन्न भने कमसे कम निन्दा पनि नगर्नुहोस्। त्यसबाट तपाईंलाई केही फाइदा हुनेछैन।

आफ्नो सद्भावबाट अरूलाई प्रभावित बनाउनुहोस्।

रोचक तथ्य


हाम्रो पैतालाको लम्बाइ त्यति नै हुन्छ जति लम्बाइ हाम्रो हत्केलाको हुन्छ।

औसत महिलाको मुटु पुरुषको भन्दा तीव्र गतिमा धड्कन्छ।